Skip to main content

Posts

Showing posts from 2016

छापहरु

हिउँ परिरह्यो
शहर सेतै भयो

तेही सेताम्मै शहरको कुनै एक गल्लीमा
जिम्मेवारी बोकेका शरीरमा
लुगाका थप भारी बोकेर
म हिड्दैछु
मेरा ४० नम्बरमा जुत्ताहरु
छाप छोडिरहेछन् हिउँमा

केही पाइला अगाडि बढ्छु
यसो पछाडि फर्केर हेर्छु
छैनन ती छापहरु

जति जोड बल गरेपनि
गार्हो रै'छ छाप बनाउन

उस्तै गार्हो रै'छ छाप मेटाउन पनि