Friday, November 23, 2012

यो हल्लाको परिधिभित्र मेरो आवाजको महत्व छैन




मलाइ मनपर्ने गीतहरुको सुचीमा पर्ने एउटा गीत यो पनि हो‌‌। पहिले शब्दहरु ध्यान दिएर कमै सुनिने  गरिन्थ्यो होला, तैपनि मन पर्थ्यो, अहिले भने शब्दको अर्थ अलि-अलि बुझिने भएकोले अझै पनि मन परेको होला। हुन त हाम्रोमा खूशी सुखका गीतहरु कम छन्, सायदै मान्छेले सधैँ दु:ख पाइराखेकोले पनि हो कि। जे होस्, तेतिखेर सुन्दाखेरीको याद आयो। क्यासेट चक्कामा सुनिथ्यो गीतहरु, A र B दुइ साइड हुन्थ्यो। अब त त्यो पनि कहानी पो हुने बेला भो त। तेही क्यासेट चक्का पनि किन्न महँगो हुन्थ्यो, गरिन्थ्यो के भने आफुलाई मन परेका ८-१० गीतहरु लिस्ट बनायो, खाली क्यासेट किन्यो अनि भर्यो एउटा गीतलाई २-३ रुपिया तिरेर। यो गीतको कुरा गर्दा यो प्रसङ्ग पनि किन आयो भन्दा यो भने पुरै क्यासेटनै ५० रुपिया तिरेर किनिएको थियो, कतैबाट पैसा पाएको अवसर थियो, खैर तेतातिर नजाउँ अहिले। दीपक खरेलको गाएको यो गीतमा शब्द सायद नीर शाहको हो, संगीत भने शम्भुजीत बाँस्कोटाको। गीत कुन प्रसङ्गमा लेखिएको हो थाहा भएन तर आजको उपभोक्तावादी समाजमा एउटा मान्छेको आवाजको के नै महत्व हुँदो हो र, तैपनि बोल्न/लेख्न छोडिएको छैन। हो, यो हल्लाको परिधिभित्र मेरो आवाजको महत्व छैन।

यो हल्लाको परिधिभित्र मेरो आवाजको महत्व छैन
मलाई हेर्न बनेका आँखाहरुमा निस्वार्थ पवित्रता छैन

मेरो भूल कहाँ छ भनेर औल्याउने औंलाहरु काँपेका हुन्छन
जाडोका रातहरुमा मेरो आत्मा बालेर आगो तापेका हुन्छन

कसरी बाँच्नुपर्ने हो सास फेर्ने तरिका नै जानिएन
मेरो बाँच्नु या मर्नु यहाँ महत्वपुर्ण ठानिएन


(यो भिडियोमा गायकको नाम सुरेश कुमार भनिएको रहेछ, तर गायक भने दिपक खरेल नै हुन् है।)