Skip to main content

Posts

Showing posts from October, 2012

गुरिल्ला ट्रेकको सम्बन्धमा

हालै केही समय पहिले एनेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले गुरिल्ला ट्रेकको उद्घाटन गरेका छन्। कसैले यसको विरोध गरिरहेका छन् भने कसैले भने समर्थन। विरोध गर्नेहरुको अनुसार यो माओवादीले आफ्नो हिंसात्मक जनयुद्धलाई Justify र Glorify गर्नका लागि गरेका भनेका छन्।हुनत माओवादीले भन्ने गरेको यो जनयुद्ध सत्तामा जाने छोटो बाटो थियो वाजनताले गरेको वास्तविक विद्रोह थियो भन्ने कुरामै वहस गर्न सकिएला। तर जनताले चुनावमा सबैभन्दा बढी मत दिएर तेसलाई एक किसिमले अनुमोदन भने गरेका हुन्। यद्धपि त्यो चुनावको परिणाममानै माओवादीसंग भएको हतियारको डर-त्रासले कतिको योगदान गर्यो भन्ने कुरा अलग छ।कसैले तेसको पनि मुल्यांकन गरेका होलान। जे-जस्तो भएता पनि यो युद्धले नेपाली जनतामा राजनीतिक चेतना भने अवश्य पनि बढाएको हो र देशलाई गणतन्त्र भने बनाएको हो। तर तेसले सामान्य मानिसको जीवनमा कतिको प्रभाव पर्यो तेसको मुल्यांकन भने विस्तारै हुँदैजाला।
हाम्रो धेरैजसो कुरामा विरोध गर्ने चरित्रनै जस्तो भैसक्यो। हुन त राजनीतिक दलले कहिले पनि गतिला काम नगरेकोले पनि तेस्तो अवस्था सिर्जना भएको होला केहि हदसम्म त। हालसालै पुराना नेता रामराज…