Monday, July 9, 2012

के Twitter भीड हो?

नेपालमा इन्टरनेटको बढ्दो प्रयोग संगै सामाजिक संजालमा रमाउनेहरुको संख्या निकै पुगिसकेको छ। केही बर्ष अगाडि Hi5 र तेसपछि Facebook मा अभ्यस्त नेपाली पुस्ता अचेल Twitter मा जम्न थालेका छन्। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका कतिपय मुलुकमा यिनै सामाजिक संजालले जनताको आवाज विश्वमाझ पुर्याउन ठुलै भूमिका खेलेका छन्। म आफु पनि twitter मा छु धेरै अगाडिदेखि, तर खासै सक्रिय भने होइन। धेरै नेपाली पत्रकारहरुलाई twitter मा follow गरेको हुनाले संबिधानसभाको अन्त्य हुँदाताका भने मैले पनि twitter लाइ यस्तो अवस्थामा समाचार जान्न उपयुक्त ठानें। तर नेपाली twitter प्रयोगकर्ताहरु बढीरुपमा व्यक्तिगत गालीगलौचमा उत्रेको पाएँ। हुन त मलाई twitter एउटा भीड जस्तै लाग्छ। भीडमा राम्रा-नराम्रा सबै खाले मान्छे हुन्छन। भनिन्छ नि भीडको विवेक हुदैन, तेसैले होला सही विचार बोकेका व्यक्तिहरु पनि भीडको मानसिकताबाट निर्देशित भएको देखिन्छ कहिलेकाँही। अनि अर्को कुरा हामी नेपालीहरु अरुले गरेको कामलाइ राम्रो भन्न सक्तैनौ, त्यो हाम्रो सामुहिक चरित्र नै होला सायद। हामी समालोचना होइन बढी आलोचना गर्छौ। अझ गाली गर्छौ नै भनौंन। अनि राजनीतिले हामीलाई यसरी गाँजिसकेको छ कि हामी स्वतन्त्र भएर बोल्नै छाडीसक्यौ। कुनै र कुनै राजनीतिक पार्टीसंग आग्रह/पूर्वाग्रह सबैको देखिन्छ। अर्को कुरा, नेपालका सबैजसो पत्रकारहरु twitter मा छन्। हुन त मैले नेपालमा पत्रकार कसलाई भनिन्छ भन्ने कुरो राम्ररी बुझेको छैन। रेडियोमा अरुले लेखेका समाचार वाचन गर्नेले पनि आफुलाई पत्रकार भनेकै छन्, समाचार संकलन गर्नेले पनि भनेकै छन्, कसैलाई टिभीमा अन्तर्वार्ता लिनेले पनि भनेकै छन्। जे सुकै होस्, देशको चौथो अंग भनिने पत्रकारहरु पनि राजनीतिक पार्टीको झन्डामुनि छन्, अनि निस्पक्ष समाचारको के आशा गर्नु र। अनि देशमा सामान्य नागरिकले दुख पाउँदा, उसको हत्या गरिंदा, उसले खान नपाउँदा समाचार बन्दैन, अनि तिनै पत्रकारहरुलाइ छिसिक्र केही हुन नपाउंदै देशभरि हल्लाखल्ला मचाउँछन्। नेपालका राष्ट्रपतिले त एकपटक भनेका पनि हुन क्यारे, डाक्टर, Engineer हुन पढेर जाँच पास गर्नुपर्ने हुन्छ, पत्रकार हुनलाई सजिलो छ भनेर। तेसको अर्थ सबै पत्रकारहरु उस्तै छन् भनेको त होइन तर बहुसंख्यक भने त्यति जिम्मेवार देखिन्नन्। बिषयतिरै प्रवेश गरौँ, पत्रकारिताको बारेमा अर्कोपाली कुरा गरौला।

Twitter कै कुरा गर्दा केही प्रसङ्गहरु सम्झिन मन लाग्यो। केही समय अगाडि बंगलादेशकी लेखिकाले एसो भनिन भनेर नेपालका twitter प्रयोगकर्ताहरु उफ्रेका थिए। कुरो थियो, उनले नेपाललाई विदेश ठानिनन रे। कुरो राम्रै हिसाबले पनि भनिएको हुनसक्थ्यो, नेपालका Twitterati हरु गाली गलौचमा उत्रिहाले। अन्तत: उनी नेपाल आइनन। उनी नआएर पनि खासै केही त भएको होइन तर राष्ट्रियता चाहिने ठाउमा प्रकट गर्नु राम्रो हो तर अनावश्यक ठाउँमा होइन।यो त भीडले र्हितिक रोशनको नाममा गरेको दंगा जस्तै भैगो। अर्को प्रसङ्ग हालसालै विजयकुमारको कार्यक्रममा उठेको mobile फोन बारेमा थियो। त्यो तेत्रो ठुलो issue नै थिएन, त्यो पनि उक्त कार्यक्रममा त्यो प्रसङ्ग उठेकोले सान्दर्भिक पनि थियो। तर फेरी भीड शुरु भैहाल्यो। यसमा पत्रकार भन्ने जमात पनि मिसियो, ethics को कुरा गर्दै। यो निरर्थक बहसले केही भएन, भयो के भन्दा विजयकुमार सामाजिक संजालबाट हराए। यो निश्चय नै राम्रो थिएन, तर भीड खुशी भयो, सायद बिजय ठान्यो होला। भर्खरै भएको हरिवंश र धरावासीको बिहेको प्रसङ्गमा पनि भीड लाग्यो माया र प्रेमको परिभाषा सिकाउनमा। तेसमा भएर बिधवाका बिहे जस्ता कुराका सकारात्मक सोचतिर भन्दा गाली गरेर आत्मारतिमा रमायो भीड। त्यो पनि पीडा भोग्नेलाइ मात्र थाहा हुन्छ, हेरेर अनुभव गरिने कुरो पनि होइन। अनि अर्को कुरा यो समुहलाई केही भन्नुहोस, तपाईकै बिरुद्ध खनिन्छन। पत्रकार किशोर नेपालले यिनीहरुलाइ केही भनेका थिए, व्यक्तिगत गालीमा उत्रियो भीड। आजैको मात्र पनि प्रसंग हो, प्रचण्डको छोरो यिनीहरुको मुख्य विषय छ। कसले कसलाई बिहे गर्यो र को को संग भाग्यो भन्दा पनि धेरै मुद्धाहरु छन् देशमा तेतातिर युवा भनिने(?) समुहले ध्यान दिए राम्रो हुन्थ्यो। युवा उमेर उर्जाशील समय पनि हो, अरुलाई गाली गर्ने भन्दा पनि अरु उत्पादनमुलक कुरामा उर्जा खर्च गरियो भने सबैको भलो नै गर्ला तेसले।

पुनश्च: म पत्रकार होइन :)