Skip to main content

Posts

Showing posts from March, 2012

उहिलेको नेपाल

केही समय अघि एकजना संगै काम गर्ने नर्वेजियन साथीको सौजन्यबाट एउटा video प्राप्त भयो। video मा साठीको दशकको नेपाल देख्न सकिन्छ। शहरलाइ छोड्ने हो भने बाँकी नेपाल अझै पनि तेस्तै नै छ भन्दा होला।  उक्त साथीको भनाइ अनुसार उनको हजुरबा नेपालमा जुत्ता factory संचालनको सिलसिलामा नेपाल आएका थिए रे। यो video मा तेसको उद्घाटन राजा महेन्द्र बाट भएको देखिन्छ। त्यो कम्पनी त हाल बन्द भैसकेको भन्ने सुनियो। उक्त साथीको परिवारलाई भेटेपछि अझ तेसको बारेमा बिस्तृत रुपमा जान्न पाइएला। ति कुराहरु अरु कुनै पोस्टमा लेखौंला। यो video पुरानो प्रविधिमा भएकोले अहिलेको रुपमा ल्याउदा गुणस्तरमा कमी भएको छ। video मा कुनै दृश्यमा भारत पनि देख्न सकिन्छ। उनीहरुले गाडी नेपाल ल्याउनको लागि इंडिया बाट रक्सौल हुदै नेपाल आएको दृश्य पनि देख्न पाइन्छ। अहिलेको लागि video र तेसमा भएका गीत सुनौ र आनन्द लिउ, अरु विवरण पछि।