Thursday, April 14, 2011

गफै त हो

लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि, यस्तो सोचिन्थ्यो आफु पनि। के नै बुझिएको छ र बुझ्ने कुरो लेख्नलाई त। कति कुरो बुझ्नु, संसार अथाह छ बुझेरै पनि के सकिन्छ र। बुझ्नेले पनि के नै नाप्या छन र। देशको बारेमा कुरो के गर्नु गरिसाध्य भए पो। वास्तै नगरिकन पनि बस्न नसकिने, वास्ता गर्यो भने झनै बस्न नसकिने। कुरा यस्तो छ। नेतालाई कति गाली गर्नु, अरुलाई खै कसलाई पो गालि गर्नु, जानेको काम तेही हो अरुलाई गाली गर्ने। आफुले केहि गर्न सक्या होइन, ठाउमा बसेका तिनै नेता छन तिनैलाई त हो नि गाली गर्ने। धान भाको भए बरु कति बालि हुन्थ्यो होला यो संबिधान त खै आउने पो हो कि होइन। भ्रस्टाचारी नेता जेलमा पर्यो रे, राम्रो समाचार हो रे। खै सबै जनता नै भ्रस्ट भएको ठाउँमा एउटा नेतालाई थुनेर के पो होला र। घुस खाएर चारतल्ले घर ठड्याउने खरदारलाई प्रगति गरेको भन्ने समाजले तेही घुस नखाने एउटा अधिकृतलाई मुर्ख भनेर तक्मा दिन्छ भने। उसैपनि एकवर्षपछि एउटा किताब हातमा लिएर जेलबाट निस्कने त होला। छाप्न खोज्नेको पनि लाइन होला। राम्रा लेखकका किताब छाप्न त उही हो।

रिसर्च भन्ने कुरो गरिदैछ, कहिले सिध्दिने हो अत्तोपत्तो छैन। गीत पनि बजिराको छ। नारायणदाइको गीत, जति सुने पनि वाक्क नलाग्ने, शब्द पनि गहन, संगीत पनि र स्वर पनि। यो Tensor को नोटेशन भन्दा त संगीतको नोटेशन पो रमाइलो होला बरु। तेसो भनू त खै Guitarमा पनि त Chord भन्दा पर पुगीएन। Notation को त कुरै नगरुं। स्वर पनि राम्रै लाग्थ्यो खै पिकनिकबाट अगाडी पुगिएको होइन। लौ अब त break पनि लिनु पर्यो, तितो कफी सुरुप्प परेपछि पो जाँगर चल्छ कि। हुँदा हुँदा यस्तो तितो पनि खान सकिने पो भैयो त गाँठे। यी मोटा किताबका ठेली भन्दा त उपन्यास पढ्न नै रमाइलो बरु। कर्णाली ब्लुज पनि सिदिगो, John Wood पनि पढेर सिदिगो, खालिद होसनी पनि सिदिगो अब के पो पढ्ने होला। हुन त पढेर के पो सिदिन्छ र। यत्रा लेखक छन्, यत्रा किताबहरु छन्। लौ Midnight Children पो शुरु गरियो त। हुन त धेरै पढेर पनि के नै हुने हो र। हात्ती पढेर ठुलो भाको हो र ? पढेर ज्ञान हासिल पो हुन्छ कि भनौ भने बढी बदमासी गर्ने, भ्रस्टाचारीहरु सबै धेरै पढेलेखेका भेटिन्छनGeneralize गर्न खोज्या होइन है, एउटा कुरो नि मनमा आको। Internet बन्द गरे रे ISP हरुले, अर्को समाचार आयो फेरि। जसले जे गरि पनि हुन्छ नि लोकतन्त्र आको छ देशमा। Call Bypass गर्नेलाई कारवाही गर्ने भनेको रे, आफै गर्दा रैछन जस्तो छ, दुख पाउने आखिर जनता। उसै त बिजुली कम, आको Time मा पनि इन्टरनेट कम भयो भने त गार्हो पो पर्ला त। हुन त के नै गार्हो होला र, सबै सहने बानि जो परिसक्यो। गर्नु पनि के र, ४६ मा पनि आन्दोलन गरेकै हुन् , ०६२/०६३ मा पनि गरेकै हुन्। कति गर्नु अब त आन्दोलन पनि।

के हो निराशावादी कुरो मात्र पो गरियो कि के हो? मान्छे त म तेस्तो होइन त। नयाँ वर्ष आएको बेला अब सबै नयाँ र राम्रो होस् भन्नु पर्ने बेलामा के JPT पो लेख्न गइएछ। एउटाले सोध्यो फेरि, तैले त Facebook को Wall मा २०६८को शुभकामना लेख्या छस नि? हामी अरु कुरामा पछि भएपनि Time मा त तिमीहरु भन्दा अघि रहेछौ नि  देखिस। मैले पनि गफ दिएँ। गफ त दिइयो, यो विक्रमादित्य भन्ने कुन चरो को नाउँ हो त्यो त आफुलाई पनि थाहा छैन। जे होस् नयाँ वर्ष आयो, जमघट गर्ने एउटा बहाना त मिल्यो सबै भन्दा खुशीको कुरो तेही हो। नेपालीहरुले चियापसलमा बसी बसी जानेको कुरो नै तेही गफ गर्न हो, त्यो त गर्नै पर्यो नि। आफु पनि त खाँटी नेपाली परियो। धन्न यतातिर चिया पसल छैन, नत्र त तेती पो बास हुन्थ्यो होला। नेताले देश बिगारे, यो देशमा System नै छैन भन्यो, पत्रिका पढ्यो अनि आफुले पनि दिनभरी गर्ने भने केहि होइन। यसरि नै चलेकै छ चल्न दिउ न, आखिर पशुपतिनाथले चलाएको देश न हो, फेरि पनि उनैले हेर्लान नि। System को कुरा गर्दा काम गर्दै गरेको System मा कुन्नि के जाति Error आयो। ल धन्यबाद! अब यहि त बाँकी थियो। उताबाट पनि गुनासो आयो फेरि खालि Computer मा झुन्डीएर हुन्छ र? के गर्ने त तेस्तो निराश पनि छैन डोरीमै झुन्डीउ भने पनि। हे हे हे,  आखिर गफै त हो। लौ त, नयाँ वर्ष २०६८ सबैको शुभ होस्।