Friday, February 25, 2011

घृणा-लिप्सा

हामी स्कुल पढ्दा गोरखापत्र संस्थानले निकालेको पत्रिकाहरु खुब पढिन्थ्यो। विषेशगरि युवामंच। तेस्तै साहित्यिक पत्रिका मधुपर्क पनि पढिन्थ्यो कहिलेकहिँ। तेस्तै बेलामा पढेको एउटा कथा(लघु) सम्झिए अहिले। कसले लेखेको भने याद छैन, तर शिर्षक भने यहि नै हो जस्तो लाग्छ। आफुले लेखेको नभए पनि रमाइलो लागेर यहाँ प्रस्तुत गर्दैछु।

आज मोटे थाकेर घर आएकोछ। हुन त कहिले पो थक्दैन थियो र! सामान राखेर गाडा गुडाउनु त्यो पनि काठमाण्डौंको सडकमा। थाकेपछि कहिलेकहिँ यसो लोकल घुट्क्याएर पनि आउने गर्छ। आज पनि तेस्तै मध्ये एक दिन पर्यो। जे भए पनि मोटेलाई बेलुका भने भात नखाई सुत्ने बानी छैन। जुन स्थितिमा भए पनि घर आएर खाना खाएर सुत्छ। कान्छी अर्थात मोटेकि स्वास्नी। उ पनि कालिमाटीबाट तरकारी ल्याएर यतै चोकको एउटा कुनामा बेच्छे। काम त गर्ने पर्यो नत्र  काठमाण्डौं जस्तो ठाउमा डेरा गरेर कसरि बस्नु। कामबाट आएर खान तयार गरि बुढो कुर्दै बसेकी छे कान्छी। मोटे आएपछी खाना खाने बेला भो। खानासंगै मोटेको कराउने क्रम जारि भो। कस्तो नमिठो खाना बनाकी हँ? यत्रो दु:ख गरेर आउछु अलिकता मिठो पकाएर खुवाउन सक्तिनस!” “नुन पनि कत्ति हालेकी हो, खान नसक्नी बनाइँछे नि, छ्या अनुहार पनि हेर्न कस्ती छ, औसीको रातजस्तो। कुन साइतमा यस्तिसंग बिहे गर्न पुगेछु भने। आफ्नै कर्म यस्तो मोटे फत्फताउदै खाना खादै थियो, कान्छीले कुनै जवाफ दिइन। मान्छेलाई पो जवाफ दिन जांडलाई के दिनु भन्ने लाग्यो उसलाई। पच्न पनि पचिसक्यो उसलाई।

मैनबत्तिको उजेलोमा के गरेर बस्नु, बत्ति भए त यहि पुरानो थोत्रो टिभी भए पनि हेर्थे होलान। कान्छी सुत्न गइ। छिडीको तल्ला, चिसोको बेला सानो खाट भएपनि दुइजनालाई पुग्ने नै देखिन्छ। कान्छी भितापट्टी फर्केर सुत्छे। मोटे पनि बत्ति निभाएर आउछ। कान्छी, ए कान्छी, निदाइसकेकी। मोटे कान्छीलाई अँगालो हालेर सोध्छ, रिसाको हो मसंग, कति पर सुतेकी अलि एता आइज न!