कार्यशील जिन्दगी बगिरहने नदी हो
जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन
जुन नदीमा बग्दैजाँदा कहिले फुल भेटिन्छन
जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन्
जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन
पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो
बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ
भन्ने कुरा सत्य हो पुर्खाहरु भन्ने गर्छन
कार्यशील जिन्दगी बगिरहने नदी हो
सानै छँदादेखि सुनेको बालगीत हो यो। तेतिखेर सायद शब्दमा ध्यान दिइएको थिएन। रामेशको संगीतमा रहेको हो यो गीत, शब्द भने मन्जुलको हुनुपर्छ तर पक्का भने छैन। नभन्दै कार्यशील जिन्दगी बगिरहने नदी नै त हो नि। केहि कार्य गर्ने जोश जाँगर नै त हो हाम्रो जीवनरुपी नदीको बग्नुको कारण। केही नगरिकनै जीवन बिताउन खोज्नु पनि एक प्रकारले रोकिनु त हो, नबगेपछि फोहोर हुनु स्वाभाविक नै त हो। तेसैले जीवनलाइ बग्ने नदीजस्तै बनाऔ र सफा र स्वच्छ बनौ।
yo artha ma ta tapai ko research ko bhagalo lai gati dina khojda, blog ko bhagalo ma fohor (ma chai fohor bhandina dhulo samma bhanna thik hola hai :) jameko hola. dhulo puchi rakhnus
ReplyDeleteteti bela sunda nabuje ni khub ramailo thyo, aile buje pachi artha bujhiyo, ramailo chai arkai bhagalo lagyo jasto lagyo malai. :D
ignorance is bliss bhanchan ho ki kyaho?
Thnks for the comment hawa!!
ReplyDeleteयसलाई पनि यसो पुछपाछ गर्नु पर्यो अब :)
:)
ReplyDelete