Skip to main content

Posts

Showing posts from 2011

जीवन Transit नै हो त!

आज transit मा flight कुरेर बस्दैछु, अलि अगाडी facebook मा लेखेको कुरा सम्झना आयो। जीवन एउटा transit त रहेछ, यात्राको शुरुवात जन्मबाट हुन्छ अनि अन्त्य मृत्युमा, बाँचुन्जेल त transit मै हो।यो यात्राको शुरुदेखि अन्त्यसम्म बालककाल, जवानी र बुढेशकालका विभिन्न transit मा त हुन्छौ हामी। यसैक्रममा धेरै मित्रहरु पनि भेटिन्छन जसले यात्रालाइ राम्रो गरी अगाडी बढाउन सजिलो बनाउछन। कहिले कुनै transit मै यसरी अल्मलिन पुगिन्छ कि, अर्को flight नै छुट्न पुग्छ; जीवनमा पनि तेही हो कहिलेकाहिँ बाटो नै भुल्न पुगिन्छ। हुन त जीवन कहिले एकदम सरल लाग्छ र कहिले भने यस्तो जटिल हुन पुग्छ कि यस्तो जस्तोसुकै परिभाषा पनि अपुग हुन पुग्छ।
ब्लगमा नलेखेको पनि धेरै भैसकेछ। आज यो airport मा Wifi free रहेछ, तेही बहानामा भए पनि लेखिने भइयो। भर्खर facebook हेर्दैथिएँ, एकजना भाईको message आएको रहेछ; खै त दाइ अचेल लेखाई हरायो त! केही अगाडि त अलि लेखिन्थ्यो नै; अचेल लेखाइ कम भएकै हो। लेख्ने बिषयको कमी त हैन, समयको कमी भने हो। हुन त यो समय भन्ने कुरो पनि मिलाउन नसकिने नै त होइन, एउटा बहाना त चाहिने हो आफ्नो कमजोरी लुकाउन को लागि; म…

कार्यशील जिन्दगी बगिरहने नदी हो

कार्यशील जिन्दगी बगिरहने नदी हो
जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन जुन नदीमा  बग्दैजाँदा कहिले फूल भेटिन्छन
जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन् जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन
पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ भन्ने कुरा सत्य हो पुर्खाहरु भन्ने गर्छन कार्यशील जिन्दगी बगिरहने नदी हो

सानै छँदादेखि सुनेको बालगीत हो यो। तेतिखेर सायद शब्दमा ध्यान दिइएको थिएन। रामेशको संगीतमा रहेको हो यो गीत, शब्द भने मन्जुलको हुनुपर्छ तर पक्का भने छैन। नभन्दै कार्यशील जिन्दगी बगिरहने नदी नै त हो नि। केहि कार्य गर्ने जोश जाँगर नै त हो हाम्रो जीवनरुपी नदीको बग्नुको कारण। केही नगरिकनै जीवन बिताउन खोज्नु पनि एक प्रकारले रोकिनु त हो, नबगेपछि फोहोर हुनु स्वाभाविक नै त हो। तेसैले जीवनलाइ बग्ने नदीजस्तै बनाऔ र सफा र स्वच्छ बनौ।

गफै त हो

लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि, यस्तो सोचिन्थ्यो आफु पनि। के नै बुझिएको छ र बुझ्ने कुरो लेख्नलाई त। कति कुरो बुझ्नु, संसार अथाह छ बुझेरै पनि के सकिन्छ र। बुझ्नेले पनि के नै नाप्या छन र। देशको बारेमा कुरो के गर्नु गरिसाध्य भए पो। वास्तै नगरिकन पनि बस्न नसकिने, वास्ता गर्यो भने झनै बस्न नसकिने। कुरा यस्तो छ। नेतालाई कति गाली गर्नु, अरुलाई खै कसलाई पो गालि गर्नु, जानेको काम तेही हो अरुलाई गाली गर्ने। आफुले केहि गर्न सक्या होइन, ठाउमा बसेका तिनै नेता छन तिनैलाई त हो नि गाली गर्ने। धान भाको भए बरु कति बालि हुन्थ्यो होला यो संबिधान त खै आउने पो हो कि होइन। भ्रस्टाचारी नेता जेलमा पर्यो रे, राम्रो समाचार हो रे। खै सबै जनता नै भ्रस्ट भएको ठाउँमा एउटा नेतालाई थुनेर के पो होला र। घुस खाएर चारतल्ले घर ठड्याउने खरदारलाई प्रगति गरेको भन्ने समाजले तेही घुस नखाने एउटा अधिकृतलाई मुर्ख भनेर तक्मा दिन्छ भने। उसैपनि एकवर्षपछि एउटा किताब हातमा लिएर जेलबाट निस्कने त होला। छाप्न खोज्नेको पनि लाइन होला। राम्रा लेखकका किताब छाप्न त उह…

घृणा-लिप्सा

हामी स्कुल पढ्दा गोरखापत्र संस्थानले निकालेको पत्रिकाहरु खुब पढिन्थ्यो। विषेशगरि युवामंच। तेस्तै साहित्यिक पत्रिका मधुपर्क पनि पढिन्थ्यो कहिलेकहिँ। तेस्तै बेलामा पढेको एउटा कथा(लघु) सम्झिए अहिले। कसले लेखेको भने याद छैन, तर शिर्षक भने यहि नै हो जस्तो लाग्छ। आफुले लेखेको नभए पनि रमाइलो लागेर यहाँ प्रस्तुत गर्दैछु।
आज मोटे थाकेर घर आएकोछ। हुन त कहिले पो थक्दैन थियो र! सामान राखेर गाडा गुडाउनु त्यो पनि काठमाण्डौंको सडकमा। थाकेपछि कहिलेकहिँ यसो लोकल घुट्क्याएर पनि आउने गर्छ। आज पनि तेस्तै मध्ये एक दिन पर्यो। जे भए पनि मोटेलाई बेलुका भने भात नखाई सुत्ने बानी छैन। जुन स्थितिमा भए पनि घर आएर खाना खाएर सुत्छ। कान्छी अर्थात मोटेकि स्वास्नी। उ पनि कालिमाटीबाट तरकारी ल्याएर यतै चोकको एउटा कुनामा बेच्छे। काम त गर्ने पर्यो नत्र  काठमाण्डौं जस्तो ठाउमा डेरा गरेर कसरि बस्नु। कामबाट आएर खान तयार गरि बुढो कुर्दै बसेकी छे कान्छी। मोटे आएपछी खाना खाने बेला भो। खानासंगै मोटेको कराउने क्रम जारि भो। “कस्तो नमिठो खाना बनाकी हँ?”“यत्रो दु:ख गरेर आउछु अलिकता मिठो पकाएर खुवाउन सक्तिनस!” “नुन पनि कत्ति हालेकी हो…