Monday, August 23, 2010

खुइलिएको तालुको बारेमा

नलेखेको धेरै भो, विषयको कमीले भनौ या समयको व्यस्तताले हुन त म ऐना तेती हेर्दिन, तेती के भनौ, हेर्दै हेर्दिन भने पनि हुन्छ, तर आज ऐना हेर्दाहेर्दै एउटा लेख्ने कुरो भेटियो।आफैसंग सम्बन्धित कुरो पर्यो, तालु खुइलिनु
बुढेसकाल लागेपछि भए त केहि लाग्दैनथ्यो होला, यो तीस वर्ष पनि नपुग्दै यस्तो भाकोले पो चिन्ता लाग्या हो त। कपाल झर्ने समस्या त पहिले देखि नै थियो तर यो दर्दनाक स्थितिमा यति छिटै पुग्ला भन्ने चाही लागेको थिएन। तर जे होस्, उमेरमै तालु खुइलियो। तालु खुइलिएको कारण सबैभन्दा ठुलो समस्या के हो भने सबैले बुढो भनेर सोच्ने। जुल्फी लर्काएर हिड्नु पर्ने बेलामा टोपीले टाउको ढाकेर हिड्नु पर्ने भो।दाजु भाइ संगै बसेको बेलामा दाइलाई चाही भाइ हो भन्दा tension हुने, अरु त खैर ठिकै छ। तर कपाल नभाको फाइदा पनि त छ नि। एक त कपालमा लगाउने gel,तेल किन्नु परेन, अर्को काइयो चाहिएन। अर्को झगडा परेको बेला श्रीमतीले कपाल तान्ली भन्नु पनि परेन!! विहे नहुँदासम्म अलि tension नै हुन्थ्यो, केटीहरुले विहे नै गर्न नमान्ने हुन कि भनेर, अब त यो समस्या पनि रहेन। केहि वर्ष अघि college मा पढाउँदाखेरि कपाल झरेर cap लगाएर हिडीन्थ्यो, student हरुलाई त थाहा नै रहेनछ master साब त खल्वाट हुन भन्ने कुरा। Cap लगाएर आफ्नो टाउको जोगाइएको थियो, नत्र student हरुले नाम राख्न भ्याइहाल्थे। 
आफु तालु कहिले हुनुमा म त देशमा आएको गणतन्त्रलाई पो दोष दिन्छु। यो माओबादी र सात दल सहमत भएर आन्दोलन शुरु गरे, निकै दिन बन्द हुने भो, यो कपाल खौरियो भने झर्दैन कि भनेको तेस्पछी त कपाल बढ्नै पो मानेन त। न देशमा राजतन्त्र विरुद्धको आन्दोलन हुन्थ्यो न त मेरो बचेखुचेको कपाल नै जान्थ्यो। राजसंस्थाको पनि कट्टर बिरोधि त होइन आफु पनि, आखिर राष्ट्रपति पनि देशको लागि सस्तो हुने होइन, जो पनि उस्तै खर्चिलो त हुन। तर पनि यी राजा त व्यक्ति पनि मन नपरेको हुनाले गए पनि केहि छैन। तर जान त गए, मेरो कपाल पनि लिएर पो गए त, अलि रिसको कुरा नि। नेपालमा हुँदा कपाल नभएकोमा धेरै पिर लाग्थ्यो तर यता europe तिर आएपछी भने धेरै साथी भेटेर पो हो कि पिर पनि हट्यो। यो कपाल झर्नेको complete cure गर्न सक्ने medicine बन्यो भने त पक्कै पनि medical science को नोबल prize नै पाउछ कि के हो जस्तो लाग्यो। अब तालु खुइलेको बारेमा लेख्दै गरेको बेला यी विभिन्न हल्लाहरु पनि चलेका छन्, जस्तो कि यिनीहरु भाग्यमानि हुन्छन, intelligent हुन्छन, sexy हुन्छन आदि आदि। तर कुनै पनि medical science ले prove गरेका कुरा भने होइनन। धन्न पुरुषहरु मात्र बढी रुपमा यसको शिकार भएका छन्, नारिहरु पनि ताखु देखिए भने त कस्तो होला खै कल्पना नै गर्न गार्हो छ। 
यस्तै विषयहरुमा सोच्दै जाँदा ताखु भएर पनि world famous मान्छे कतिको छन् भनेर बुझ्न मन लाग्यो। यसो बुझ्दा त निकै पो रहेछन त। Hollywood कै कुरा गर्ने हो भने Jack Nicholson, Bruce Willis,Ben Kingsley, Jason Statham, Vin Diesel र अरु थुप्रै नामहरु पाउन सकिन्छ।Footballको खेलाडीले गर्दा भने यसलाई पनि style भन्न पाइन्छ कहिलेकाही Indiaकै कुरा गर्ने हो भने Anupam Kher जस्ता कलाकार भेटिन्छन। नेपालमै पनि धेरै नाम चलेका व्यक्तिहरु ताखु छन्, जस्तै D.P.Bhandari, प्रकाश सायमी, Nabin K Bhattarai, आदि। येसो सोचेर हेर्दा नेपालमा एउटा संस्थानै पो दर्ता गर्न मिल्ने रैछ त, हुन त गिरिजा पनि ताखु थिए, उनी त अब रहेनन, नत्र त यो संस्थाको पनि कसैलाई नेत्रित्व गर्न दिदैनथे होलान।हुन त हामी नेपालीले जानेकै यस्तै संस्था खोल्न त हो, कता कता मलाई पनि अध्यक्ष खाने रहर पो जागेर आयो। मेरो योगदान पनि छ नि कविता नै लेखेको छु यसको बारेमा, आज लेख नै तयार भो। यो सानो मैले लेखेको रहर कविताको अंश हेर्नुस:

"टाउकामा रौहरु अड्ने बेस भए त
हामी पनि कोर्ने थियौ नि हजुर केश भए त"

यस्तै लेख्दै जाँदा एक दुइ ओटा रमाईला quotes पनि पाइयो internet मा, जस्ताको तस्तै ति पनि:

There is one thing about baldness, its neat- Don Herold
Experience is like a comb that life gives you when you are bald- Navjot Singh sidhu

एउटा joke पनि यसकै बारेमा, basicjokes.com बाट साभार

Little Johny was eating breakfast one morning and got to thinking about things. 
"Mommy,mommy, why has daddy got so few hairs on his head?" he asked his mother
"He thinks a lot," replied his mother, pleased with herself for coming up with a good answer to her husbands baldness.
Or she was until Johny thought for a second and asked,"so why do you have so much hair?"  

अब लेखलाई बिट मार्नु पर्यो (computer मा के बिट मार्ने भनु खै ), यो video को पनि मजा लिनुहोस
के भन्नु हुन्छ त, म अध्यक्षको दावी गरौ त!! 

Friday, August 6, 2010

"आएको थियो, गयो भन्दिनू"-मयुर टाइम्स

सार्है हल्लाखल्ला सहित बजारमा आएको नारायण वाग्लेको नयाँ उपन्यास पढियो। नेपाल गएको अवसर थियो, फर्केर आउँदा बाटोमा Transit पनि लामै थियो, तेसैले किताब पढ्ने मौका जुर्यो। हुन त किताब पढ्नलाई अवसर नै जुर्नुपर्ने त होइन, यो पटक भने तेस्तै पर्यो। लेखकको पहिलो उपन्यास पढिसकेको भएर पनि यो पढ्नलाई थप उत्साह जागेको थियो। हुन त  स्कुल पढ्दादेखि नै कान्तिपुरको कोसेलीमा प्रकाशित हुने कफी गफ बाट नै नारायण वाग्लेको लेखहरु पढ्न रमाइलो लाग्न थालेको हो। पल्पसा क्याफे पढेपछि झन fan नै भैयो भन्दा नि हुन्छ।धेरैले साहित्यिक दृष्टिकोणमा तेस्तो उच्च कृति नै भने होइन भनेका पनि हुन्, तर आफुलाई भने राम्रो लाग्यो। हुन  त मदन पुरस्कार नै पायो, कसरी थिएन भन्नु। जे होस्, अहिले कुरा मयुर टाइम्सको गर्न लाएको हो, अरुनै कुरामा पो अल्मलियो

माओबादी समस्या(?) वार्ताबाट समाधान हुने भएपछी देशमा शान्ति होला भनेर सोचेका जनताले फेरी तराई र मधेशमा चर्किएको अन्दोलनले गर्दा सोचेको जस्तो खुशी पाउन सकेनन। नेपालमा पहिले नदेखिएको सम्प्रदायिक भावनाले मधेशमा फेरी समस्या शुरु भयो। हुन त समस्या कहाँ नभएका हुन् र, तर पनि मधेशका पिडित जनताले  भने झनै दुख पाए।हुन त हाम्रोमा हुने आन्दोलनले नेता जन्माउने र कुर्सीमा राख्ने बाहेक अरु उपलब्धि गर्याछर अहिलेसम्म। र यहि मधेश आन्दोलनको सेरोफेरोमा घुमेको छ यो मयुर टाइम्स पनि। कथा त राम्रो लाग्यो, एकै बसाइमा पढेर पनि सिध्याइयो तर पनि खै खासै चित्त भने बुझेन।कता कता समाचार नै पढेको हो कि जस्तो लाग्यो। लेखक आफै एक पत्रकार हुन्, तेही भएर पनि तेस्तो लागेको हो कि कुन्नि! प्रकाशकको दबाबमा वा लेख्नै  पर्छ भनेर लेखिएको हो कि जस्तो लाग्ने कता कता! अलि अगाडी ध्रुवचन्द्र गौतमको उपन्यास पढेको थियो, त्यो हेरिकन त यो निकै उत्कृस्ट हो।नाम पनि बिर्सिन पो थालिएछ, लेखकसंग related थियो। नारायण वाग्ले अहिलेको पुस्ताले चिनेको नेपालको एक मात्र साहित्यकार भनेपनि हुन्छ। पछिलो पुस्ता भनेको नेपाली साहित्य खासै नपढ्नेहरुले पनि चिनेको साहित्यकार। तर अपेक्षा गरेको जस्तो भएन भने नेपाली साहित्यमा रुची लिन खोजेका ति युवाहरु फेरी नपढ्न पनि सक्छन भन्ने जस्तो मात्र लागेको हो

यसको अर्थ यो उपन्यास नराम्रो भन्न खोजेको भने होइन है। हुन त अचेल सबैजना समीक्षक, पाठक को भनेरे छुट्याउन नसकिने बेलामा म पनि समीक्षक नै बन्न खोजे नभन्नु होला, तर मनमा लागेको कुरा लेखेको नि। यसको कथाबस्तु , मधेशको द्वन्दमा काम गरेका पत्रकारको जीवनशैली निकै राम्ररी प्रस्तुत गर्न भने लेखक सफल छन्। हुन त गहन साहित्यिक, बुझ्ने गार्हो कुरा लेख्यो भने मात्र राम्रो भन्ने हामीकहाँ परिपाटी छ। आफु त तेस्तो धेरै गहन कुरा बुझ्न पनि बुझिन्न तर पनि लेखकले संदेश नै दिन खोजेको जसरी लेखेको चै अलि चित्त नबुझेको मात्रै हो। पल्पसा क्याफेले एउटा छाप छोडेर गएको यो त्यो स्तरको नलागेर पनि तेस्तो भएको हो कि खै! एउटा कुरा भने गज्जब नै मान्नुपर्छ, एउटा किताबलाई पनि publicity मिलाएर गर्न जान्यो भने बिक्न चै बिक्ने रहेछ। हुन त बोल्नेको पिठो त बिक्छ भन्छन। 

जे भए पनि नारायण वाग्लेलाई बधाई नेपाली साहित्यमा पुर्याउनुभएको योगदानको लागि; मलाई मन परेको एउटा line संगै, आएको थियो गयो भन्दिनू ! तर यो उपन्यासलाई भने पाठकले तेस्तो भनुन, शुभकामना पनि!