Wednesday, April 7, 2010

यूरोपबाट नेपाल हेर्दै

सिमसिम पनि पर्दैछ, हुन त यो पानी पर्ने मौसम त होइन तर प्रकृतिको बारेमा जति ठोकुवा गर्छु भनेर मान्छे कुर्ले पनि सक्तो रहेनछ भन्ने कुरा थाहा पाइयो। Netherland देशको २०% भन्दा बडी भाग नै समुद्री सतह भन्दा मुनि छ छनलाई, तर पनि देश निर्माण भने गर्न सकेकै हुन् है। सहरभरि नहर नै नहर, गज्जब नै लाग्ने। घरिघरि लाग्छ यस्तो देश हेरीकन त हाम्रो देश पनि कम त छैन नि, तर खै हामीले केहि गर्न सकेको होइन; आशा गरौ भबिष्यमा अवश्य केहि हुनेछ।

Amsterdam घुम्दा त स्वर्गनै पुगे जस्तो लग्यो, कतिले नर्क पनि मान्न सक्छन, आ-आफ्नो स्वतन्त्रताको कुरा हो। जताततै museum नै museum। कतै painting का museum, कतै Wax museum, अचम्मको कुरो त sex museum पनि। नाम नै यस्तो नाछिरिकन त हुदै भएन। नग्न तस्बिर देखि नग्न किताब र चलचित्रका सम्मका बखान। हुन त हाम्रो पनि पुराना मठ-मन्दिरहरुमा यस्तो कला नदेखिएका होइनन तर हामीकहाँ त्यो सार्वजनिक museum नै जस्तो गरि संरक्षण नपुगेको मात्र हो। हामी पनि यौनको मामलामा त उदार नै रहेछौ जस्तो लाग्यो। Wax museum मा छिर्दा एक ठाउँमा महात्मा गान्धी भएको ठाउँमा पुगियो। बुढा त खुसुक्क कानेखुशी पो गर्न थाले त। यसो सुन्छु त बुढा नेपालीमा पो बोल्दैछन त। Night at the museum फिल्ममा देखाएजस्तै पो लाग्यो मलाई त। मैले बुढालाइ सोधे,"ए बुढा! नेपाली कसरी जान्यौ त तिमीले?" हजारौ नेपालीले facebook मा गान्धी नेपाल मा जन्मेको हो भनेर group बनाएछन, नेपालबाट जति जाना आउछन, तेही सोध्छन, तेही भएर मैले पनि नेपाली सिके भन्छन बुढा त!! ल बुढा राम्रै गर्योउ तेसोभए भनेर मैले पनि मौकामा भनिहाले, यसो प्रचण्डलाइ सम्झाइदिनु पर्यो, हिँसाको बाटोमा नहिड भनेर भनिदिनु पर्यो। अचेलको मान्छेलाइ कसैले सम्झाउन सक्दैन, झन् प्रचण्डलाइ त झनै सक्तिन। सकेको भए त नाथुरामलाइ सम्झाउथे नि। उ पर उभिराको लेनिनलाइ देख्यौ नि, तिमीले राम्रो बाटो हिडेनौ भनेको त के भन्छन थाहा छ। तिमि र म कसरी एकै ठाउँमा छौ त भन्छन, तिमि त हरायौ, मेरो त लाश अझै जनताले राखेका छन् भन्छन। तिमी नै नेपाली जनता हौ, तिमीहरुले नै सम्झाउनुपर्छ भने, म पनि आफ्नो बाटो लागे अनि।

त्यहाँबाट निस्केर अलि पर के पुगेको थियौ, एक हुल नेपाली महिलाहरु त झन्डा बोकेर बिरोध प्रदर्शन गरिराकेका। के भएछ भनेर हेर्न गएको त अचम्म को दृश्य पो देखियो। सिसाभित्र अर्ध-नग्न युवतीहरु बसेका छन् नजिक आउने इशारा गर्दै; केही पुरुषहरु मोलमलाई गर्दैछन, जताततै रातो बत्तीहरु बलेका छन्। नजिकै coffeeshop मा कफीसंगै खुल्लम खुला गाँजा बेचिदैछ। यो legal हो त!, मा प्रश्न गर्छु, उनीहरु जवाफ दिन्छन, Its illegal but not punishable. लौ यो पनि नयाँ कुरो थाहा भो। बारमा मदिरा पिएर लट्ठ छन् पुरुषहरु। यो कता हो स्वर्ग हो कि नर्क हो, यो पृथ्वी नै हो त जस्तो लाग्छ। कलियुग भनेको यही होला जस्तो लाग्यो तर यी किन झन्डा बोकेर बसेका हुन् कुन्नि, सोध्न पुग्छु म। ओहो महिला संघ क्रान्तिकारी पो रहेछन डरै पो लाग्यो त! बानेश्वोरमा हामीले बिरोध गरेर सुन्दरी प्रतियोगिता नै रोकिदियौ, नारीहरु प्रदर्शनका समान होइनन भनेर, यहाँ त खुल्लम खुल्ला नारीहरु बिक्रीमा छन्। यिनीहरु त यसमा रमाउछन् तर यस्तो संस्कृति नेपालमा पनि नभित्रियोस भनेर लागेका रे महिलाहरु। उनीहरुलाई Best of luck भन्दै म पनि आफ्नो बाटो लागे।

Train मा घुम्दै जाँदा Deen Haag पुगियो। अंग्रेजीमा The Hague भनिने ठाउँमा। यहाँसम्म त आइसकियो International court of Justice मा पनि पुगौ न भनेर गइयो यता पनि एक हुल नेपाली भेटियो त। नेपालीहरु पनि संसारको सबै कुनामा पुगेको देखेर खुशी लाग्यो तर दुइवटा समूह रहेछन। विदेशमा त एउटा मात्र समूहमा मिलेर बसेको भए राम्रो हुन्थ्यो जस्तो लाग्यो खैर केही छैन। उनीहरु त माओबादी र तत्कालिन शाहीसेना पिडित पो रहेछन त। अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हाल्न आएका रे, प्रचण्ड र ज्ञानेन्द्रको बिरोधमा तर भित्र छिर्न दिएनछ अनि बाहिर धर्ना दिदै रहेछन। यसको बारेमा त नेपालको सरकारलाइ को pressure दिने हो त यहाँ आएर हुन्छ त, म सोध्छु। नेपालका त सरकार भए पो धर्ना दिनु त, एकजनाले बोले; म अवाक भएँ। त्यहाबाट फेरी Brussels तिर जाँदा पनि नेपाली शरणार्थीहरु टन्न भेटिए। अब मैले प्रश्न गर्न छोडिसकेको थिएँ, ढुक्क भएर घुमियो, बाटोमा Annapurna भन्ने नेपाली Restaurant पनि देखियो खुशी लाग्यो। जहाँ पनि घुम्न गयो, मुर्ति र शालिकहरु देखिन्छन। हामीकहाँ त ति शालिकहरु पनि सामन्तबादको प्रतीक भन्दै सबै भत्किन थालिसके, भोलिका पिढीले के देख्न पाउलान चिन्ता लाग्यो। हुनत जिउंदै मान्छे त दिन-दिनै ढलिरहेका बेला शालिक ढल्नु के ठुलो कुरो भयो र। फर्केर नर्वेतिर आउन लाग्दा नेल्सन मन्डेलालाइ भेट भो। तेती बेर त गफ हुन पाएन तर बुढाले भनेका कुरा कानमा गुन्जिरहे, "रंग/जातको आधारमा कहिले पनि देश बन्दैन है, बनिहाले पनि त्यो टिकाउ हुदैन, विचार गर्नु है।"