Skip to main content

खुइलिएको तालुको बारेमा

नलेखेको धेरै भो, विषयको कमीले भनौ या समयको व्यस्तताले हुन त म ऐना तेती हेर्दिन, तेती के भनौ, हेर्दै हेर्दिन भने पनि हुन्छ, तर आज ऐना हेर्दाहेर्दै एउटा लेख्ने कुरो भेटियो।आफैसंग सम्बन्धित कुरो पर्यो, तालु खुइलिनु
बुढेसकाल लागेपछि भए त केहि लाग्दैनथ्यो होला, यो तीस वर्ष पनि नपुग्दै यस्तो भाकोले पो चिन्ता लाग्या हो त। कपाल झर्ने समस्या त पहिले देखि नै थियो तर यो दर्दनाक स्थितिमा यति छिटै पुग्ला भन्ने चाही लागेको थिएन। तर जे होस्, उमेरमै तालु खुइलियो। तालु खुइलिएको कारण सबैभन्दा ठुलो समस्या के हो भने सबैले बुढो भनेर सोच्ने। जुल्फी लर्काएर हिड्नु पर्ने बेलामा टोपीले टाउको ढाकेर हिड्नु पर्ने भो।दाजु भाइ संगै बसेको बेलामा दाइलाई चाही भाइ हो भन्दा tension हुने, अरु त खैर ठिकै छ। तर कपाल नभाको फाइदा पनि त छ नि। एक त कपालमा लगाउने gel,तेल किन्नु परेन, अर्को काइयो चाहिएन। अर्को झगडा परेको बेला श्रीमतीले कपाल तान्ली भन्नु पनि परेन!! विहे नहुँदासम्म अलि tension नै हुन्थ्यो, केटीहरुले विहे नै गर्न नमान्ने हुन कि भनेर, अब त यो समस्या पनि रहेन। केहि वर्ष अघि college मा पढाउँदाखेरि कपाल झरेर cap लगाएर हिडीन्थ्यो, student हरुलाई त थाहा नै रहेनछ master साब त खल्वाट हुन भन्ने कुरा। Cap लगाएर आफ्नो टाउको जोगाइएको थियो, नत्र student हरुले नाम राख्न भ्याइहाल्थे। 
आफु तालु कहिले हुनुमा म त देशमा आएको गणतन्त्रलाई पो दोष दिन्छु। यो माओबादी र सात दल सहमत भएर आन्दोलन शुरु गरे, निकै दिन बन्द हुने भो, यो कपाल खौरियो भने झर्दैन कि भनेको तेस्पछी त कपाल बढ्नै पो मानेन त। न देशमा राजतन्त्र विरुद्धको आन्दोलन हुन्थ्यो न त मेरो बचेखुचेको कपाल नै जान्थ्यो। राजसंस्थाको पनि कट्टर बिरोधि त होइन आफु पनि, आखिर राष्ट्रपति पनि देशको लागि सस्तो हुने होइन, जो पनि उस्तै खर्चिलो त हुन। तर पनि यी राजा त व्यक्ति पनि मन नपरेको हुनाले गए पनि केहि छैन। तर जान त गए, मेरो कपाल पनि लिएर पो गए त, अलि रिसको कुरा नि। नेपालमा हुँदा कपाल नभएकोमा धेरै पिर लाग्थ्यो तर यता europe तिर आएपछी भने धेरै साथी भेटेर पो हो कि पिर पनि हट्यो। यो कपाल झर्नेको complete cure गर्न सक्ने medicine बन्यो भने त पक्कै पनि medical science को नोबल prize नै पाउछ कि के हो जस्तो लाग्यो। अब तालु खुइलेको बारेमा लेख्दै गरेको बेला यी विभिन्न हल्लाहरु पनि चलेका छन्, जस्तो कि यिनीहरु भाग्यमानि हुन्छन, intelligent हुन्छन, sexy हुन्छन आदि आदि। तर कुनै पनि medical science ले prove गरेका कुरा भने होइनन। धन्न पुरुषहरु मात्र बढी रुपमा यसको शिकार भएका छन्, नारिहरु पनि ताखु देखिए भने त कस्तो होला खै कल्पना नै गर्न गार्हो छ। 
यस्तै विषयहरुमा सोच्दै जाँदा ताखु भएर पनि world famous मान्छे कतिको छन् भनेर बुझ्न मन लाग्यो। यसो बुझ्दा त निकै पो रहेछन त। Hollywood कै कुरा गर्ने हो भने Jack Nicholson, Bruce Willis,Ben Kingsley, Jason Statham, Vin Diesel र अरु थुप्रै नामहरु पाउन सकिन्छ।Footballको खेलाडीले गर्दा भने यसलाई पनि style भन्न पाइन्छ कहिलेकाही Indiaकै कुरा गर्ने हो भने Anupam Kher जस्ता कलाकार भेटिन्छन। नेपालमै पनि धेरै नाम चलेका व्यक्तिहरु ताखु छन्, जस्तै D.P.Bhandari, प्रकाश सायमी, Nabin K Bhattarai, आदि। येसो सोचेर हेर्दा नेपालमा एउटा संस्थानै पो दर्ता गर्न मिल्ने रैछ त, हुन त गिरिजा पनि ताखु थिए, उनी त अब रहेनन, नत्र त यो संस्थाको पनि कसैलाई नेत्रित्व गर्न दिदैनथे होलान।हुन त हामी नेपालीले जानेकै यस्तै संस्था खोल्न त हो, कता कता मलाई पनि अध्यक्ष खाने रहर पो जागेर आयो। मेरो योगदान पनि छ नि कविता नै लेखेको छु यसको बारेमा, आज लेख नै तयार भो। यो सानो मैले लेखेको रहर कविताको अंश हेर्नुस:

"टाउकामा रौहरु अड्ने बेस भए त
हामी पनि कोर्ने थियौ नि हजुर केश भए त"

यस्तै लेख्दै जाँदा एक दुइ ओटा रमाईला quotes पनि पाइयो internet मा, जस्ताको तस्तै ति पनि:

There is one thing about baldness, its neat- Don Herold
Experience is like a comb that life gives you when you are bald- Navjot Singh sidhu

एउटा joke पनि यसकै बारेमा, basicjokes.com बाट साभार

Little Johny was eating breakfast one morning and got to thinking about things. 
"Mommy,mommy, why has daddy got so few hairs on his head?" he asked his mother
"He thinks a lot," replied his mother, pleased with herself for coming up with a good answer to her husbands baldness.
Or she was until Johny thought for a second and asked,"so why do you have so much hair?"  

अब लेखलाई बिट मार्नु पर्यो (computer मा के बिट मार्ने भनु खै ), यो video को पनि मजा लिनुहोस
के भन्नु हुन्छ त, म अध्यक्षको दावी गरौ त!! 

Popular posts from this blog

देशभक्तिका कुरा

हनुमान र पाण्डवहरु

वानर सेना साथमा लिइ
वनवास बाट फर्केर आए
मर्यादाविहिन रामहरु
शहरमा स्वागत द्वार बनाइ
कुर्दैछन सारा हनुमानहरु

आँखा भएको  धृतराष्ट्र सामु
द्रोपदीको सारी तान्दैछन
बलवान दुर्योधनहरु
निर्लज्ज भै बसेर
हेर्दैछन् सारा पाण्डवहरु

अनन्त बाँदर सिद्धान्त

म आफ्नो पढाईसँग सम्बन्धित केही कुरा खोज्दैथिएँ। अचानक internetको link र hyperlinkबाट एउटा सिद्धान्तमा पुग्दा निकै चासो लाग्यो। Infinite monkey theorem भनिने उक्त सिद्धान्तबारे wikipedia लेख्दछ:

"The infinite monkey theorem states that a monkey hitting keys at random on a typewriter keyboard for an infinite amount of time will almost surely type a given text, such as the complete works of William Shakespeare."

अर्थात एउटा बाँदरलाई अनन्त समय दिने हो भने र एउटा टाइपराइटर दिने हो भने, उसले तेसमा अनियमित किसिमले टाईप गर्दै गयो भने सेक्सपियरको कुनै कृति टाईप गर्न सक्छ।

यस सिद्धान्तलाई हाम्रो देशको संबिधान निर्माण गर्ने कुरा सँग दाँजेर हेरौन, कस्तो होला? यहाँ मैले सभासदहरुलाई बाँदरसँग तुलना गर्न भने खोजेको होइन है। यो त एउटा exampleमात्रै हो। ६००को सन्ख्यामा रहेका बाँदरले अन्धाधुन्द टाईप गर्ने हो भने अनन्त समय सम्ममा संबिधान अवश्य पनि लेखिनेछ। भनेपछी अनेकौ समितिहरु बनाएर किन झन्झट बेहोरीराख्ने। सबैजनालाई एक एकवटा शब्द टाईप गर्न दिए त भईहाल्ने रहेछ। यसलाई mathematical treatment गरेर हे…

के Twitter भीड हो?

नेपालमा इन्टरनेटको बढ्दो प्रयोग संगै सामाजिक संजालमा रमाउनेहरुको संख्या निकै पुगिसकेको छ। केही बर्ष अगाडि Hi5 र तेसपछि Facebook मा अभ्यस्त नेपाली पुस्ता अचेल Twitter मा जम्न थालेका छन्। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका कतिपय मुलुकमा यिनै सामाजिक संजालले जनताको आवाज विश्वमाझ पुर्याउन ठुलै भूमिका खेलेका छन्। म आफु पनि twitter मा छु धेरै अगाडिदेखि, तर खासै सक्रिय भने होइन। धेरै नेपाली पत्रकारहरुलाई twitter मा follow गरेको हुनाले संबिधानसभाको अन्त्य हुँदाताका भने मैले पनि twitter लाइ यस्तो अवस्थामा समाचार जान्न उपयुक्त ठानें। तर नेपाली twitter प्रयोगकर्ताहरु बढीरुपमा व्यक्तिगत गालीगलौचमा उत्रेको पाएँ। हुन त मलाई twitter एउटा भीड जस्तै लाग्छ। भीडमा राम्रा-नराम्रा सबै खाले मान्छे हुन्छन। भनिन्छ नि भीडको विवेक हुदैन, तेसैले होला सही विचार बोकेका व्यक्तिहरु पनि भीडको मानसिकताबाट निर्देशित भएको देखिन्छ कहिलेकाँही। अनि अर्को कुरा हामी नेपालीहरु अरुले गरेको कामलाइ राम्रो भन्न सक्तैनौ, त्यो हाम्रो सामुहिक चरित्र नै होला सायद। हामी समालोचना होइन बढी आलोचना गर्छौ। अझ गाली गर्छौ नै भनौंन। अनि…

कालो चिया कि दुध भा'को चिया?

तातो खानुहुन्छ कि चिसो? कसैकोमा जाँदा सोधिने सामान्य प्रश्न हो यो। तातो भनेपछि त चिया नै भैहाल्यो, कफीको तेती चलन पनि त छैन नि हाम्रोमा। चिया त खाने तर फेरि Black Tea कि Milk Tea भन्ने प्रश्न शुरु भैहाल्छ। कतै कतै Lemon Tea खाने कि भन्ने प्रस्ताव पनि आइहल्छ। हुन त दुधको भाउ पनि महँगो नै छ हाम्रोमा, तेही भएर पो हो कि सोधिराख्ने। हुन त कालो चिया खानु र दुध हालेको चिया खानुमा पनि सम्पन्नताको अर्थ संग नै त हेर्न नमिल्ला तर आफ्नो दिमागले त तेही सोचिहल्छ। आखिर जे भए पनि दुध किन्न नसक्नेको लागि पनि राम्रो कारण बनेको छ कालो चिया। Health को कारणले गर्दा कालो चिया खाएको भन्यो, राम्रै हो। Gastritis भएर पनि धेरैले दुध चियालाई बन्द गरेको भन्छन, आफु पनि पिडित नै हो तर खै यो तथ्य भने medical science  ले prove गरेको हो कि हल्ला हो त्यो भने थाहा भएन। हुन त नेपालमा gastritis बाट पिडित नहुने कमै होलान, महले त एकचोटी नेपालीहरुलाई नागरिकतानै यहि रोग हेरेर दिए राम्रो भन्थे क्यार। 
त्यसो त गाउँमा बाहेक शहरतिर खाइने चियामा त दुधको काम भनेको चियालाई धमिलो बनाउने मात्र त हो। तर पनि कसैले केहि नसोधेमा मेरो रोजाई…

कार्यशील जिन्दगी बगिरहने नदी हो

कार्यशील जिन्दगी बगिरहने नदी हो
जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन जुन नदीमा  बग्दैजाँदा कहिले फूल भेटिन्छन
जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन् जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन
पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ भन्ने कुरा सत्य हो पुर्खाहरु भन्ने गर्छन कार्यशील जिन्दगी बगिरहने नदी हो

सानै छँदादेखि सुनेको बालगीत हो यो। तेतिखेर सायद शब्दमा ध्यान दिइएको थिएन। रामेशको संगीतमा रहेको हो यो गीत, शब्द भने मन्जुलको हुनुपर्छ तर पक्का भने छैन। नभन्दै कार्यशील जिन्दगी बगिरहने नदी नै त हो नि। केहि कार्य गर्ने जोश जाँगर नै त हो हाम्रो जीवनरुपी नदीको बग्नुको कारण। केही नगरिकनै जीवन बिताउन खोज्नु पनि एक प्रकारले रोकिनु त हो, नबगेपछि फोहोर हुनु स्वाभाविक नै त हो। तेसैले जीवनलाइ बग्ने नदीजस्तै बनाऔ र सफा र स्वच्छ बनौ।

म लेख्नेछु एकदिन

पहाडसरि भावहरु उर्लेका बेला गम्दै, खोज्दै, मुछ्दै, साँचोमा राख्दै, इँटाजस्तै शब्द बनाउदैथिएँ, मिलाएर राख्ने कोशिश गर्दैथिएँ ठीक त्यसैबेला तिमीले देख्यौ र तत्काल घोषणा पनि गरिदियौ आहा! कति राम्रो कविता अनि म कवि भएँ
छन्द मिलाउने के कुरा भाव मिलाउने त झन् के कुरा काँचै थिए शब्दहरु खारिनै बाँकी थिए परिपक्वता त झन् आएकै थिएन नजानेरै म कवि भएँ
अचेल! व्यवहारिक, सामाजिक हुनुपर्ने 
केही रहरले केही करले केही कुरा जीवनले सिकाउदैछ केही आफैं पनि सिक्दैछु भावहरु नआउने होइनन नलेखेको पनि होइन लेखिरहन्छु मेटिरहन्छु

गफै त हो

लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि, यस्तो सोचिन्थ्यो आफु पनि। के नै बुझिएको छ र बुझ्ने कुरो लेख्नलाई त। कति कुरो बुझ्नु, संसार अथाह छ बुझेरै पनि के सकिन्छ र। बुझ्नेले पनि के नै नाप्या छन र। देशको बारेमा कुरो के गर्नु गरिसाध्य भए पो। वास्तै नगरिकन पनि बस्न नसकिने, वास्ता गर्यो भने झनै बस्न नसकिने। कुरा यस्तो छ। नेतालाई कति गाली गर्नु, अरुलाई खै कसलाई पो गालि गर्नु, जानेको काम तेही हो अरुलाई गाली गर्ने। आफुले केहि गर्न सक्या होइन, ठाउमा बसेका तिनै नेता छन तिनैलाई त हो नि गाली गर्ने। धान भाको भए बरु कति बालि हुन्थ्यो होला यो संबिधान त खै आउने पो हो कि होइन। भ्रस्टाचारी नेता जेलमा पर्यो रे, राम्रो समाचार हो रे। खै सबै जनता नै भ्रस्ट भएको ठाउँमा एउटा नेतालाई थुनेर के पो होला र। घुस खाएर चारतल्ले घर ठड्याउने खरदारलाई प्रगति गरेको भन्ने समाजले तेही घुस नखाने एउटा अधिकृतलाई मुर्ख भनेर तक्मा दिन्छ भने। उसैपनि एकवर्षपछि एउटा किताब हातमा लिएर जेलबाट निस्कने त होला। छाप्न खोज्नेको पनि लाइन होला। राम्रा लेखकका किताब छाप्न त उह…

आगो, सपना र जलेको विपना

झर्दैछु तेही ओरालो
जहाँ टेकेर उकालो चढ्न खोजेको थिएँ

पछ्याउदैछु तिनै जुनकिरिहरुलाई
जो आगोका रापमा मरेका थिए कुनैबेला

तर्न खोज्दैछु खोलाहरु
डुंगाहरु पनि त जलिसकेछ्न तेही आगोमा

आशाहरुको खेती गर्न भनेर
पसिना बगाउने प्रयास गर्छु
त्यो आगोले जमिन पनि सुख्खा भइसकेछ

टन्टलापुर घामले पोल्दा
चौतारीमा बस्न खोज्छु
त्यो पनि तेही आगोमा बलेछ

तिर्खा मेटौ भनेर
पानीको मूल खोज्छु
जंगल त झन् डढेलोले नष्ट भएछ

एकान्तले सताएर
आफन्तलाइ भेट्न जान्छु
आगोको राप सहन नसकेर सबै कता कता हराएछन

हिड्दा हिड्दै
आज फेरि काँडाले बिझायो
सबै घोच्ने काँडाहरुलाई सिध्याउछु भनेर
बोकेको आगोले
काँडाको बीउलाई त सिध्याउन सकेको रहेनछ
उल्टो आफ्नै विपना पो जलेर खरानी भइसकेछ

( अप्रमाणित भएका माओवादीको लडाकुहरुको भावनालाइ समेट्ने प्रयास हो यो)