नलेखेको धेरै भो, विषयको कमीले भनौ या समयको व्यस्तताले। हुन त म ऐना तेती हेर्दिन, तेती के भनौ, हेर्दै हेर्दिन भने पनि हुन्छ, तर आज ऐना हेर्दाहेर्दै एउटा लेख्ने कुरो भेटियो।आफैसंग सम्बन्धित कुरो पर्यो, तालु खुइलिनु।
बुढेसकाल लागेपछि भए त केहि लाग्दैनथ्यो होला, यो तीस वर्ष पनि नपुग्दै यस्तो भाकोले पो चिन्ता लाग्या हो त। कपाल झर्ने समस्या त पहिले देखि नै थियो तर यो दर्दनाक स्थितिमा यति छिटै पुग्ला भन्ने चाही लागेको थिएन। तर जे होस्, उमेरमै तालु खुइलियो। तालु खुइलिएको कारण सबैभन्दा ठुलो समस्या के हो भने सबैले बुढो भनेर सोच्ने। जुल्फी लर्काएर हिड्नु पर्ने बेलामा टोपीले टाउको ढाकेर हिड्नु पर्ने भो।दाजु भाइ संगै बसेको बेलामा दाइलाई चाही भाइ हो भन्दा tension हुने, अरु त खैर ठिकै छ। तर कपाल नभाको फाइदा पनि त छ नि। एक त कपालमा लगाउने gel,तेल किन्नु परेन, अर्को काइयो चाहिएन। अर्को झगडा परेको बेला श्रीमतीले कपाल तान्ली भन्नु पनि परेन!! विहे नहुँदासम्म अलि tension नै हुन्थ्यो, केटीहरुले विहे नै गर्न नमान्ने हुन कि भनेर, अब त यो समस्या पनि रहेन। केहि वर्ष अघि college मा पढाउँदाखेरि कपाल झरेर cap लगाएर हिडीन्थ्यो, student हरुलाई त थाहा नै रहेनछ master साब त खल्वाट हुन भन्ने कुरा। Cap लगाएर आफ्नो टाउको जोगाइएको थियो, नत्र student हरुले नाम राख्न भ्याइहाल्थे।
आफु तालु कहिले हुनुमा म त देशमा आएको गणतन्त्रलाई पो दोष दिन्छु। यो माओबादी र सात दल सहमत भएर आन्दोलन शुरु गरे, निकै दिन बन्द हुने भो, यो कपाल खौरियो भने झर्दैन कि भनेको तेस्पछी त कपाल बढ्नै पो मानेन त। न देशमा राजतन्त्र विरुद्धको आन्दोलन हुन्थ्यो न त मेरो बचेखुचेको कपाल नै जान्थ्यो। राजसंस्थाको पनि कट्टर बिरोधि त होइन आफु पनि, आखिर राष्ट्रपति पनि देशको लागि सस्तो हुने होइन, जो पनि उस्तै खर्चिलो त हुन। तर पनि यी राजा त व्यक्ति पनि मन नपरेको हुनाले गए पनि केहि छैन। तर जान त गए, मेरो कपाल पनि लिएर पो गए त, अलि रिसको कुरा नि। नेपालमा हुँदा कपाल नभएकोमा धेरै पिर लाग्थ्यो तर यता europe तिर आएपछी भने धेरै साथी भेटेर पो हो कि पिर पनि हट्यो। यो कपाल झर्नेको complete cure गर्न सक्ने medicine बन्यो भने त पक्कै पनि medical science को नोबल prize नै पाउछ कि के हो जस्तो लाग्यो। अब तालु खुइलेको बारेमा लेख्दै गरेको बेला यी विभिन्न हल्लाहरु पनि चलेका छन्, जस्तो कि यिनीहरु भाग्यमानि हुन्छन, intelligent हुन्छन, sexy हुन्छन आदि आदि। तर कुनै पनि medical science ले prove गरेका कुरा भने होइनन। धन्न पुरुषहरु मात्र बढी रुपमा यसको शिकार भएका छन्, नारिहरु पनि ताखु देखिए भने त कस्तो होला खै कल्पना नै गर्न गार्हो छ।
यस्तै विषयहरुमा सोच्दै जाँदा ताखु भएर पनि world famous मान्छे कतिको छन् भनेर बुझ्न मन लाग्यो। यसो बुझ्दा त निकै पो रहेछन त। Hollywood कै कुरा गर्ने हो भने Jack Nicholson, Bruce Willis,Ben Kingsley, Jason Statham, Vin Diesel र अरु थुप्रै नामहरु पाउन सकिन्छ।Footballको खेलाडीले गर्दा भने यसलाई पनि style भन्न पाइन्छ कहिलेकाही। Indiaकै कुरा गर्ने हो भने Anupam Kher जस्ता कलाकार भेटिन्छन। नेपालमै पनि धेरै नाम चलेका व्यक्तिहरु ताखु छन्, जस्तै D.P.Bhandari, प्रकाश सायमी, Nabin K Bhattarai, आदि। येसो सोचेर हेर्दा नेपालमा एउटा संस्थानै पो दर्ता गर्न मिल्ने रैछ त, हुन त गिरिजा पनि ताखु थिए, उनी त अब रहेनन, नत्र त यो संस्थाको पनि कसैलाई नेत्रित्व गर्न दिदैनथे होलान।हुन त हामी नेपालीले जानेकै यस्तै संस्था खोल्न त हो, कता कता मलाई पनि अध्यक्ष खाने रहर पो जागेर आयो। मेरो योगदान पनि छ नि कविता नै लेखेको छु यसको बारेमा, आज लेख नै तयार भो। यो सानो मैले लेखेको रहर कविताको अंश हेर्नुस:
"टाउकामा रौहरु अड्ने बेस भए त
हामी पनि कोर्ने थियौ नि हजुर केश भए त"
यस्तै लेख्दै जाँदा एक दुइ ओटा रमाईला quotes पनि पाइयो internet मा, जस्ताको तस्तै ति पनि:
There is one thing about baldness, its neat- Don Herold
Experience is like a comb that life gives you when you are bald- Navjot Singh sidhu
एउटा joke पनि यसकै बारेमा, basicjokes.com बाट साभार
Little Johny was eating breakfast one morning and got to thinking about things.
"Mommy,mommy, why has daddy got so few hairs on his head?" he asked his mother
"He thinks a lot," replied his mother, pleased with herself for coming up with a good answer to her husbands baldness.
Or she was until Johny thought for a second and asked,"so why do you have so much hair?"
अब लेखलाई बिट मार्नु पर्यो (computer मा के बिट मार्ने भनु खै ), यो video को पनि मजा लिनुहोस।
के भन्नु हुन्छ त, म अध्यक्षको दावी गरौ त!!
लौ लौ सर तपाई अधक्ष्यको दाबि गर्नुस मलाई चाही कोषाधक्ष्य दिनुहोला है |
ReplyDeleteके गर्नु आफ्नो त २० बर्ष नपुग्दै कपाल झर्न थालेको छ मलाई चाही बिहे नै नहोला भन्ने पिर लाग्न थालिसक्यो के गर्ने लौ केहि उपाय भए बताइदिनुस ||||||
राजेशजी, चिन्ता नगर्नुहोस्, रुप भन्दा गुण उत्तम हुन्छ भन्ने कुरो याद गर्नुस, अर्को कुरा के हो सिधै कोष तिर आँखा?? ल ल स्वागत् छ तपाइलाई पनि ;)
ReplyDeletela hai malai samanupatik ma bhaye pani sadaran sadaseta dinu hola. ha ha ha...
ReplyDeleteNepalean
www.dautari.org
रमाइलो लेख रहेछ। अब जब तालु खुइलिसक्यो भने, त्यसको बेफाइदा हैन, फाइदाहरूमा ध्यान दिनु पर्छ ।अनि यो दाबी नै गर्नु परेपछि संघ, संस्था हैन अहिलेको नयाँ नेपालमा चलेको 'हिट' माग राखेर अगाडि बढ्नुस-- तालुहरुको लागि छुट्टै राज्य माग्ने नि अब--। तालुसालीङ वा तालु प्रदेश। (अहिले नै त साधारण सदस्य हुने योग्यता पनि राम्रो पुगेको छैन-- तर २-४ वर्षमा आफ्नो पनि खुईलिहाल्छ अनि तालु प्रदेशको मुख्य मन्त्री नै खानु पर्ला ।
ReplyDeleteजाँदा जाँदै माथिको जोकहरु पढेपछि अर्को एउटा जोक याद आयो:
एउटा ५ वर्षको सानो बच्चाले आफ्नो बाबुको १० वर्ष अगाडिको फोटो देख्छ । बाक्लो कालो कपाल भएको बाबुको फोटो हेर्दै आमालाई सोध्छ: "मम्मी!, यो कस्को फोटो हो ?" । "तिम्रो बाबाको हो, बाबु!" आमाले जबाफ दिन्छिन् । "...बाबा !..अनि आजकल हाम्रो घरमा बस्ने यो तालु खुइले चाही को हो त? " छोराले आमालाई सोध्छ ।
धन्यबाद दिलिपजी, अब त फाइदाहरुमै ध्यान दिदैछु। सांचिकै नयाँ सम्बिधानमा यस सम्बन्धि आवाज उठाउने अनि नयाँ दल गठन गर्ने कुरा त गर्नेपर्छ कि क्या हो :)
ReplyDeleteजोक त रमाइलो नै रहेछ, भनेपछि अब कपाल भाको फोटो हटाए नै भविष्यको लागि उत्तम होला जस्तो छ है!!
एक थोपो बुझिएन । आफ्नो फिल्ड परेन क्यारे!!!
ReplyDelete:D
:))
ReplyDeleteGood Article Kamal, Yehi Betha bata gujrane haru ko line ma ma pani bich tirai parchu kyare.. hahahahaha!
ReplyDeletewhen did this happen that kamal started writting???? amazing, how did i miss that class in Ascol????
with regards from Sagun Dhungana
Thanks Sagun N welcome to the group ;)
ReplyDeleteIts been few years that I have started writing, but it was started from the Ascol days when we have written articles for a wall magazine that was never published :(