Friday, August 6, 2010

"आएको थियो, गयो भन्दिनू"-मयुर टाइम्स

सार्है हल्लाखल्ला सहित बजारमा आएको नारायण वाग्लेको नयाँ उपन्यास पढियो। नेपाल गएको अवसर थियो, फर्केर आउँदा बाटोमा Transit पनि लामै थियो, तेसैले किताब पढ्ने मौका जुर्यो। हुन त किताब पढ्नलाई अवसर नै जुर्नुपर्ने त होइन, यो पटक भने तेस्तै पर्यो। लेखकको पहिलो उपन्यास पढिसकेको भएर पनि यो पढ्नलाई थप उत्साह जागेको थियो। हुन त  स्कुल पढ्दादेखि नै कान्तिपुरको कोसेलीमा प्रकाशित हुने कफी गफ बाट नै नारायण वाग्लेको लेखहरु पढ्न रमाइलो लाग्न थालेको हो। पल्पसा क्याफे पढेपछि झन fan नै भैयो भन्दा नि हुन्छ।धेरैले साहित्यिक दृष्टिकोणमा तेस्तो उच्च कृति नै भने होइन भनेका पनि हुन्, तर आफुलाई भने राम्रो लाग्यो। हुन  त मदन पुरस्कार नै पायो, कसरी थिएन भन्नु। जे होस्, अहिले कुरा मयुर टाइम्सको गर्न लाएको हो, अरुनै कुरामा पो अल्मलियो

माओबादी समस्या(?) वार्ताबाट समाधान हुने भएपछी देशमा शान्ति होला भनेर सोचेका जनताले फेरी तराई र मधेशमा चर्किएको अन्दोलनले गर्दा सोचेको जस्तो खुशी पाउन सकेनन। नेपालमा पहिले नदेखिएको सम्प्रदायिक भावनाले मधेशमा फेरी समस्या शुरु भयो। हुन त समस्या कहाँ नभएका हुन् र, तर पनि मधेशका पिडित जनताले  भने झनै दुख पाए।हुन त हाम्रोमा हुने आन्दोलनले नेता जन्माउने र कुर्सीमा राख्ने बाहेक अरु उपलब्धि गर्याछर अहिलेसम्म। र यहि मधेश आन्दोलनको सेरोफेरोमा घुमेको छ यो मयुर टाइम्स पनि। कथा त राम्रो लाग्यो, एकै बसाइमा पढेर पनि सिध्याइयो तर पनि खै खासै चित्त भने बुझेन।कता कता समाचार नै पढेको हो कि जस्तो लाग्यो। लेखक आफै एक पत्रकार हुन्, तेही भएर पनि तेस्तो लागेको हो कि कुन्नि! प्रकाशकको दबाबमा वा लेख्नै  पर्छ भनेर लेखिएको हो कि जस्तो लाग्ने कता कता! अलि अगाडी ध्रुवचन्द्र गौतमको उपन्यास पढेको थियो, त्यो हेरिकन त यो निकै उत्कृस्ट हो।नाम पनि बिर्सिन पो थालिएछ, लेखकसंग related थियो। नारायण वाग्ले अहिलेको पुस्ताले चिनेको नेपालको एक मात्र साहित्यकार भनेपनि हुन्छ। पछिलो पुस्ता भनेको नेपाली साहित्य खासै नपढ्नेहरुले पनि चिनेको साहित्यकार। तर अपेक्षा गरेको जस्तो भएन भने नेपाली साहित्यमा रुची लिन खोजेका ति युवाहरु फेरी नपढ्न पनि सक्छन भन्ने जस्तो मात्र लागेको हो

यसको अर्थ यो उपन्यास नराम्रो भन्न खोजेको भने होइन है। हुन त अचेल सबैजना समीक्षक, पाठक को भनेरे छुट्याउन नसकिने बेलामा म पनि समीक्षक नै बन्न खोजे नभन्नु होला, तर मनमा लागेको कुरा लेखेको नि। यसको कथाबस्तु , मधेशको द्वन्दमा काम गरेका पत्रकारको जीवनशैली निकै राम्ररी प्रस्तुत गर्न भने लेखक सफल छन्। हुन त गहन साहित्यिक, बुझ्ने गार्हो कुरा लेख्यो भने मात्र राम्रो भन्ने हामीकहाँ परिपाटी छ। आफु त तेस्तो धेरै गहन कुरा बुझ्न पनि बुझिन्न तर पनि लेखकले संदेश नै दिन खोजेको जसरी लेखेको चै अलि चित्त नबुझेको मात्रै हो। पल्पसा क्याफेले एउटा छाप छोडेर गएको यो त्यो स्तरको नलागेर पनि तेस्तो भएको हो कि खै! एउटा कुरा भने गज्जब नै मान्नुपर्छ, एउटा किताबलाई पनि publicity मिलाएर गर्न जान्यो भने बिक्न चै बिक्ने रहेछ। हुन त बोल्नेको पिठो त बिक्छ भन्छन। 

जे भए पनि नारायण वाग्लेलै बधाई नेपाली साहित्यमा पुर्याउनुभएको योगदानको लागि; मलाई मन परेको एउटा line संगै, आएको थियो गयो भन्दिनू ! तर यो उपन्यासलाई भने पाठकले तेस्तो भनुन, शुभकामना पनि!

0 comments:

Post a Comment