(source: google image)
नयाँवर्षको गन्तब्य पेरिस। नयाँ ठाउँ, आत्मीय साथीहरुका साथ नयाँ बर्षलाइ जोस, जाँगर र उमङ्गका साथ मनाउने रहर । विश्वका आश्चर्यहरु मध्ये एक ( अहिले त अरु धेरै भैसके; संसारै आश्चर्यहरुले भरिएको बेला) Eiffel Tower देखि लिएर Louvre museum सम्म भएको शहर। फ्रेन्च नबुझ्ने म र अंग्रेजी नबुझ्ने फ्रेन्चहरुको राम्रै combination भयो यो पटकको घुमाई।
उडान शुरु भए देखि नै एउटा आकृति पछी लागेको लाग्यै छे । घरी लुकी लुकी हेर्छे, कल्पनामा आउछे तर यथार्थमा भने भेटिन्न। नयाँ बर्षको आगमनलाइ स्वागत गर्न बिशाल भीड जम्मा भएको छ, eiffel tower वरिपरी । आफ्नो भने आँखामा उसकै मात्र तस्बीर छ जतिखेर पनि। टावर रंगिएका विभिन्न रंगीचंगी सजावटले पनि मनलाइ तेही बिघ्न आकर्षण गर्न सकेको छैन। Eiffel Tower को माथिल्लो तल्लाका बत्तीहरु बल्दैनन उही नयाँ बर्ष शुरु हुने समयमै। नोबल भाई भन्दैछ," यो program मा bug छ दाई," computer engineer को दिमाग न ठहरियो। तर आफ्नो त दिमागको बत्ती नबालेको कति भैसक्यो यो बुझ्न छोडेर को त्यो program को bug माथि discuss गर्न चाहन्थ्यो र!
Seine नदीमा cruise को यात्रा गर्दा पनि फ्रान्सका एतिहासिक भवन र पुलहरुको बर्णन गर्दै record बज्दैथियो। तर आफ्नो मनमा अर्कै सङ्गीत बज्दैथियो कि कुन्नि त्यो सुन्न त सुनियो तर कता हरायो कता।
खै अझै पनि आकृति त धमिलै छ, अस्पष्ट छ तर बारम्बार आइरहन्छ छायाँ जस्तै। Disneyland मा Roller coaster मा चढ्दाखेरि एकैछिन बिर्सिए झैँ भा'को थियो नत्र त यसले छोडेको होइन। Life is a roller coaster भन्थे क्यारे, साँचिकै हो कि झैँ लाग्ने। यो त एकछिनमा सिद्धियो तर जिन्दगीको यात्रा चलिरहन्छ निरन्तर; कहिले उकालो कहिले ओरालो। यसले एउटा कुरा के चाहि सिकायो भने उकालो चढ्न गार्हो त होला तर अचानकै आइदिने ओरालो जति कठिन त उकालोको यात्रा पनि नहुदो रहेछ। कहिले कहिँ आउने 360 degree को फन्कोले सातो लान्छ तर एक चक्करमा फेरी जही को तही पुर्याउछ। यथार्थबाट केहि पर लगेर यसले केहि मनोरंजन त दिलायो तर त्यो छायाँ जो निरन्तर घुमिरहेछ, तेस्लाई मेटाउन भने सकेन।
Louvre को दरबारमा पुराना सभ्यताहरुको खानी नै रहेछ, त्यो सबै हेर्ने र बुझ्ने सामर्थ्य र भएन तैपनि केहि उत्कृष्टलाइ त छोड्ने कुरा पनि त आएन नि। प्राय: किन सबै मुर्ति र चित्रहरु नग्न छन्, जगदीश भाई र मेरो discuss हुन्छ तर बिना निष्कर्ष टुंगिन्छ। शायद जीवनको शुरुवात पनि र अन्त्य पनि तेसरी नै हुने भएकोले पो तेस्तो भएको हो कि मान्छेको यौन मनोबिज्ञानले गर्दा भएको को त्यो भने छुट्याउन गार्हो भो। मोनालिसा पनि देखियो तर परबाट। Da vinchi को code को अध्यन गर्न भने पाइएन। तिनले कुनै काल्पनिक चित्र बनाए या कुनै सुन्दर युवतीको साचिकै चित्र बनाए त्यो भने थाहा पाउन सकिएन। हुनत आफ्नै मनको कुरो त थाहा पाउन नसकेको बेला यस्तो कुरा कसले बुझिदिने!
अझै पनि सोच्दैछु। यस्तो रमाइलो शहरमा आ'को छु, सुन्दरताको खानी छ, साथीहरुको आत्मीयताले बसाइलाई अझै सुन्दर बनाउदैछ तर पनि मनमा एउटा तस्बीर बारम्बार आइरहन्छ; स्पष्ट आकृति भने देखिदैन किन हो बुझ्न सक्तिन। प्लेनमा फर्किदैछु; आँखा लाग्न खोज्दैछु। बिस्तारै त्यो धुमिल आकृति हातमा दियो लिएर अगाडी बढ्छ। दियोको मधुरो प्रकाशमा धमिलो छायाँ अलि अलि प्रष्ट हुदैजान्छ। म देख्छु उ त त्यहि मोनालिसा पो रहिछे। कसैको कल्पना हो या यथार्थ म बहस गर्न चाहन्न, उ म तिर अगाडी बढ्छे र बोल्न खोज्छे। अचानक म आवाज सुन्छु; "what do you want sir, tea or coffee?" कस्तो मीठो सपना थियो बिगारी हालिनी मोरीले। तिम्रो airlines ले खाजाको नाममा यहि tea/coffee त दिन्छ, तेही भए पनि पिउ, सपना त बिग्रिगो। के गर्न कल्पनाको संसार त क्षणिक हो, यथार्थ त यहि हो। भोलिबाट त फेरी उही दैनिकी शुरु हुनेवाला छ। जे होस्, नयाँ बर्षको शुरुवात राम्ररी भयो, आशा गर्न सकिन्छा आउने दिनहरु पनि राम्रै हुन्। फ्रान्सको यात्रालाइ स्मरणीय बनाउन मद्दत गर्न सबै साथीहरुको न्यानो माया र आत्मीयताको लागि पुन: धन्यबाद।

bhadai cha. Wastav ma ghumnai parne sahar ho paris. Ekdum ramro lekh.
ReplyDeleteThanks Bidhan!
ReplyDeleteBikash Gyawali said ....
ReplyDeleteGood way of presenting ideas and linking them to facts....I liked it very much, Kamal Sir.
Thanks Bikash!
ReplyDeleteDai I just read your post ... well presented ... Happy to know that you enjoyed your Paris trip :)
ReplyDeleteNobal, Paris
thanks Nobal,
ReplyDeleteतिमीहरु जस्ता साथीभाइको कारण नै हो नि रमाइलो भएको :-)