Skip to main content

Posts

Showing posts from 2010

आफ्नै पुस्ताको बारेमा

उमेर बित्दै गैरहेको छ। हुन त समय पनि त बित्दै गैरहेको छ नि। मान्छेहरु भन्छन नि तन बुढो भए पनि मन भाको छैन भनेर। बर्षै साल जन्मदिन आउँछ, बुढो बनाएर जान्छ। तरपनि आफु भने जहिले पनि उस्तै छु जस्तो लाग्दो रहेछ। अस्ति भर्खर स्कुल पढ्दाको साथीसंग कुराकानी भयो, तेही स्कुल पढ्दाकै उमेरमा पुगेजस्तो भयो। College पढ्दाको साथी भेट्दा उस्तै अनुभव हुन्छ, तर समय त निकै गैसकेको पो रहेछ त। हुन त जीवनका तीन दसक उमेर त जाबो छोइएको हो, तैपनि समय निकै बितेको जस्तो अनुभव हुँदोरहेछ। नेपालीको औसत उमेरको हिसाब गर्ने हो भने पनि आधा त गइ त हालेछ नि। हुन त शेर बहादुर देउवा त युवा नेता हुने ठाउँमा म किन बुढेसकालको कुरा गरिराको होला। हामी र हाम्रो उमेरका पुस्ताले नेपालमा धेरै परिवर्तनहरु आफ्नो युवाकाल भित्रै हेर्न पाइएकोले पनि तेस्तो लागेको पो हो कि। तेही भए आज आफ्नै पुस्ताको बारेमा केहि कुराहरु गर्न मन लाग्यो। हाम्रो उमेरमा घटेका केहि घटनाहरु र परिवर्तनको कुरा गर्न मन लाग्यो।
राजनीतिको कुरा गर्दा हामी सानो हुँदा नेपालमा पंचायत ब्यबस्था थियो। सानोमा राजनीतिक चेतना तेती नभएता पनि राजा भनेका ठुला मान्छे हुन्, उनको कुर…

कालो चिया कि दुध भा'को चिया?

तातो खानुहुन्छ कि चिसो? कसैकोमा जाँदा सोधिने सामान्य प्रश्न हो यो। तातो भनेपछि त चिया नै भैहाल्यो, कफीको तेती चलन पनि त छैन नि हाम्रोमा। चिया त खाने तर फेरि Black Tea कि Milk Tea भन्ने प्रश्न शुरु भैहाल्छ। कतै कतै Lemon Tea खाने कि भन्ने प्रस्ताव पनि आइहल्छ। हुन त दुधको भाउ पनि महँगो नै छ हाम्रोमा, तेही भएर पो हो कि सोधिराख्ने। हुन त कालो चिया खानु र दुध हालेको चिया खानुमा पनि सम्पन्नताको अर्थ संग नै त हेर्न नमिल्ला तर आफ्नो दिमागले त तेही सोचिहल्छ। आखिर जे भए पनि दुध किन्न नसक्नेको लागि पनि राम्रो कारण बनेको छ कालो चिया। Health को कारणले गर्दा कालो चिया खाएको भन्यो, राम्रै हो। Gastritis भएर पनि धेरैले दुध चियालाई बन्द गरेको भन्छन, आफु पनि पिडित नै हो तर खै यो तथ्य भने medical science  ले prove गरेको हो कि हल्ला हो त्यो भने थाहा भएन। हुन त नेपालमा gastritis बाट पिडित नहुने कमै होलान, महले त एकचोटी नेपालीहरुलाई नागरिकतानै यहि रोग हेरेर दिए राम्रो भन्थे क्यार। 
त्यसो त गाउँमा बाहेक शहरतिर खाइने चियामा त दुधको काम भनेको चियालाई धमिलो बनाउने मात्र त हो। तर पनि कसैले केहि नसोधेमा मेरो रोजाई…

खुइलिएको तालुको बारेमा

नलेखेको धेरै भो, विषयको कमीले भनौ या समयको व्यस्तताले। हुन त म ऐना तेती हेर्दिन, तेती के भनौ, हेर्दै हेर्दिन भने पनि हुन्छ, तर आज ऐना हेर्दाहेर्दै एउटा लेख्ने कुरो भेटियो।आफैसंग सम्बन्धित कुरो पर्यो, तालु खुइलिनु। बुढेसकाल लागेपछि भए त केहि लाग्दैनथ्यो होला, यो तीस वर्ष पनि नपुग्दै यस्तो भाकोले पो चिन्ता लाग्या हो त। कपाल झर्ने समस्या त पहिले देखि नै थियो तर यो दर्दनाक स्थितिमा यति छिटै पुग्ला भन्ने चाही लागेको थिएन। तर जे होस्, उमेरमै तालु खुइलियो। तालु खुइलिएको कारण सबैभन्दा ठुलो समस्या के हो भने सबैले बुढो भनेर सोच्ने। जुल्फी लर्काएर हिड्नु पर्ने बेलामा टोपीले टाउको ढाकेर हिड्नु पर्ने भो।दाजु भाइ संगै बसेको बेलामा दाइलाई चाही भाइ हो भन्दा tension हुने, अरु त खैर ठिकै छ। तर कपाल नभाको फाइदा पनि त छ नि। एक त कपालमा लगाउने gel,तेल किन्नु परेन, अर्को काइयो चाहिएन। अर्को झगडा परेको बेला श्रीमतीले कपाल तान्ली भन्नु पनि परेन!! विहे नहुँदासम्म अलि tension नै हुन्थ्यो, केटीहरुले विहे नै गर्न नमान्ने हुन कि भनेर, अब त यो समस्या पनि रहेन। केहि वर्ष अघि college मा पढाउँदाखेरि कपाल झरेर cap लगाए…

"आएको थियो, गयो भन्दिनू"-मयुर टाइम्स

सार्है हल्लाखल्ला सहित बजारमा आएको नारायण वाग्लेको नयाँ उपन्यास पढियो। नेपाल गएको अवसर थियो, फर्केर आउँदा बाटोमा Transit पनि लामै थियो, तेसैले किताब पढ्ने मौका जुर्यो। हुन त किताब पढ्नलाई अवसर नै जुर्नुपर्ने त होइन, यो पटक भने तेस्तै पर्यो। लेखकको पहिलो उपन्यास पढिसकेको भएर पनि यो पढ्नलाई थप उत्साह जागेको थियो। हुन त  स्कुल पढ्दादेखि नै कान्तिपुरको कोसेलीमा प्रकाशित हुने कफी गफ बाट नै नारायण वाग्लेको लेखहरु पढ्न रमाइलो लाग्न थालेको हो। पल्पसा क्याफे पढेपछि झन fan नै भैयो भन्दा नि हुन्छ।धेरैले साहित्यिक दृष्टिकोणमा तेस्तो उच्च कृति नै भने होइन भनेका पनि हुन्, तर आफुलाई भने राम्रो लाग्यो। हुन  त मदन पुरस्कार नै पायो, कसरी थिएन भन्नु। जे होस्, अहिले कुरा मयुर टाइम्सको गर्न लाएको हो, अरुनै कुरामा पो अल्मलियो।
माओबादी समस्या(?) वार्ताबाट समाधान हुने भएपछी देशमा शान्ति होला भनेर सोचेका जनताले फेरी तराई र मधेशमा चर्किएको अन्दोलनले गर्दा सोचेको जस्तो खुशी पाउन सकेनन। नेपालमा पहिले नदेखिएको सम्प्रदायिक भावनाले मधेशमा फेरी समस्या शुरु भयो। हुन त समस्या कहाँ नभएका हुन् र, तर पनि मधेशका पिडित जनत…

यूरोपबाट नेपाल हेर्दै

सिमसिम पनि पर्दैछ, हुन त यो पानी पर्ने मौसम त होइन तर प्रकृतिको बारेमा जति ठोकुवा गर्छु भनेर मान्छे कुर्ले पनि सक्तो रहेनछ भन्ने कुरा थाहा पाइयो। Netherland देशको २०% भन्दा बडी भाग नै समुद्री सतह भन्दा मुनि छ छनलाई, तर पनि देश निर्माण भने गर्न सकेकै हुन् है। सहरभरि नहर नै नहर, गज्जब नै लाग्ने। घरिघरि लाग्छ यस्तो देश हेरीकन त हाम्रो देश पनि कम त छैन नि, तर खै हामीले केहि गर्न सकेको होइन; आशा गरौ भबिष्यमा अवश्य केहि हुनेछ।
Amsterdam घुम्दा त स्वर्गनै पुगे जस्तो लग्यो, कतिले नर्क पनि मान्न सक्छन, आ-आफ्नो स्वतन्त्रताको कुरा हो। जताततै museum नै museum। कतै painting का museum, कतै Wax museum, अचम्मको कुरो त sex museum पनि। नाम नै यस्तो नाछिरिकन त हुदै भएन। नग्न तस्बिर देखि नग्न किताब र चलचित्रका सम्मका बखान। हुन त हाम्रो पनि पुराना मठ-मन्दिरहरुमा यस्तो कला नदेखिएका होइनन तर हामीकहाँ त्यो सार्वजनिक museum नै जस्तो गरि संरक्षण नपुगेको मात्र हो। हामी पनि यौनको मामलामा त उदार नै रहेछौ जस्तो लाग्यो। Wax museum मा छिर्दा एक ठाउँमा महात्मा गान्धी भएको ठाउँमा पुगियो। बुढा त खुसुक्क कानेखुशी पो गर…

विपना नभई बाँचिदिने सपनाहरु

विपना नभई बाँचिदिने म भित्रका मेरा सपना म मरे पनि रहिदिने मेरा प्यारा-प्यारा सपना
आँशुसितै पग्ली झर्ने, हाँसोभित्रै खेलिरहने प्रीत नपाई रोजी हिंड्ने  ती अधुरा मेरा सपना विपना नभई...
भावनामा अल्झीरहने, कल्पनामा बल्झिरहने जीवन नपाई खोजी हिंड्ने ती पुराना मेरा सपना विपना नभई...

मैले प्राय: सुनिरहने गीतहरु मध्येको गीत हो यो। आज गीत सुन्दा सुन्दै यसको शब्दमा पनि ध्यान दिएर सुन्दै छु।नारायण गोपालका गीतहरु कहिले कहिँ त abstract art जस्तै लाग्छन, जसरी अर्थ लगायो उस्तै लाग्ने। यी र यस्ता गीतहरु चीरस्थाई रहेको शब्द, सङ्गीत र स्वरको उचित तालमेलले नै त होला। आज यसको अर्थ खोज्न मन लाग्यो। हामी जीवनमा कुनै क्षेत्रमा लागेका हुन्छौ तर यो जरुरि छैन कि त्यो आफुले रोजेकै र आफ्नो इच्छाको होस्। जीवन एक सम्झौता न हो। सीमाहिन र असम्भवजस्ता लाग्ने सपनाहरु र तीता मीठा यथार्थको बिपनाहरुका सम्झौता नै जीवनको वास्तविकता त हो। तर पनि मनका कुनै कुनामा रहर र आकांक्षाहरु त रहेकै हुन्छन जुन जीवन जिउने क्रममा चाहेर वा नचाहेर पुरा भएका हुन्नन्। कसैको राम्रो स्वर हुँदो हो, गाउने रहर पनि हुँदो हो तर पुरा गर्ने नसकेको हुनसक्छ। को…

आगो, सपना र जलेको विपना

झर्दैछु तेही ओरालो
जहाँ टेकेर उकालो चढ्न खोजेको थिएँ

पछ्याउदैछु तिनै जुनकिरिहरुलाई
जो आगोका रापमा मरेका थिए कुनैबेला

तर्न खोज्दैछु खोलाहरु
डुंगाहरु पनि त जलिसकेछ्न तेही आगोमा

आशाहरुको खेती गर्न भनेर
पसिना बगाउने प्रयास गर्छु
त्यो आगोले जमिन पनि सुख्खा भइसकेछ

टन्टलापुर घामले पोल्दा
चौतारीमा बस्न खोज्छु
त्यो पनि तेही आगोमा बलेछ

तिर्खा मेटौ भनेर
पानीको मूल खोज्छु
जंगल त झन् डढेलोले नष्ट भएछ

एकान्तले सताएर
आफन्तलाइ भेट्न जान्छु
आगोको राप सहन नसकेर सबै कता कता हराएछन

हिड्दा हिड्दै
आज फेरि काँडाले बिझायो
सबै घोच्ने काँडाहरुलाई सिध्याउछु भनेर
बोकेको आगोले
काँडाको बीउलाई त सिध्याउन सकेको रहेनछ
उल्टो आफ्नै विपना पो जलेर खरानी भइसकेछ

( अप्रमाणित भएका माओवादीको लडाकुहरुको भावनालाइ समेट्ने प्रयास हो यो)

पेरिस यात्रा

(source: google image) नयाँवर्षको गन्तब्य पेरिस। नयाँ ठाउँ, आत्मीय साथीहरुका साथ नयाँ बर्षलाइ जोस, जाँगर र उमङ्गका साथ मनाउने रहर । विश्वका आश्चर्यहरु मध्ये एक ( अहिले त अरु धेरै भैसके; संसारै आश्चर्यहरुले भरिएको बेला) Eiffel Tower देखि लिएर Louvre museum सम्म भएको शहर। फ्रेन्च नबुझ्ने म र अंग्रेजी नबुझ्ने फ्रेन्चहरुको राम्रै combination भयो यो पटकको घुमाई।


उडान शुरु भए देखि नै एउटा आकृति पछी लागेको लाग्यै छे । घरी लुकी लुकी हेर्छे, कल्पनामा आउछे तर यथार्थमा भने भेटिन्न। नयाँ बर्षको आगमनलाइ स्वागत गर्न बिशाल भीड जम्मा भएको छ, eiffel tower  वरिपरी । आफ्नो भने आँखामा उसकै मात्र तस्बीर छ जतिखेर पनि। टावर रंगिएका विभिन्न रंगीचंगी सजावटले पनि मनलाइ तेही बिघ्न आकर्षण गर्न सकेको छैन। Eiffel Tower को माथिल्लो तल्लाका बत्तीहरु बल्दैनन उही नयाँ बर्ष शुरु हुने समयमै। नोबल भाई भन्दैछ," यो program मा bug छ दाई," computer engineer को दिमाग न ठहरियो। तर आफ्नो त दिमागको बत्ती नबालेको कति भैसक्यो यो बुझ्न छोडेर को त्यो program को bug माथि discuss गर्न चाहन्थ्यो र!


Seine नदीमा cruise को यात्रा ग…