Monday, December 28, 2009

फिल्मका कुरा

जीवन पनि चलाचित्रै हो त। कताबाट यस्तो सोच आयो भन्नुहोला, यो बितेको दुइ तीन दिन मज्जाले फिल्महरु हेरियो तेही भएर होला। सेक्सपियरले रंगमंच भनेका थिए क्यारे, उस्तै उस्तै त हो नि। नभन्दै जीवनको सुरुवात देखि अन्तसम्म फरक फरक भूमिका पनि त निर्वाह गरेकै हुन्छौ नि हामी पनि। जीवनरुपी नाटकको पर्दा खुल्छ जब आँखाको पर्दा खुल्छ बालककालमा, तर रंगमंचको पर्दा लाग्ने समय निश्चित हुन्छ, जीवनको भने ठेगान छैन। कुनै भूमिकामा जम्न खोज्दा खोज्दै कसैले पर्दा तानिदिन्छ अनि नाटक पनि सिदिन्छ। बालक, युवा, बृद्धको भूमिका गर्दा गर्दै नाटक पनि अन्त हुन्छ एकदिन। अन्त्यको मात्र कुरा गर्दा अलि  निराशाबादी लाग्न सक्ला तर अन्तिम सत्य तेही हो क्यारे।

खासमा कुरा चलचित्रको गर्न खोजेको हो, दर्शनतिर पो पुग्यो। हुनत दर्शनमा उति रुची त छैन तैपनि बेला-बेलामा खोक्न भने छोडिन्न। के गर्ने नेपालमा नजाने पनि खोक्नेकै प्रगति छ र प्रगति गर्न को चाहदैनर। चलचित्रको कुरा गर्दा हामी अलि सानोछदाखेरिको त राम्रै जस्तो लाग्थ्यो नेपाली फिल्महरु पनि। गीतहरु पनि राम्रै सुनिन्थे। अचेलका त के हुन् कुन्नि, नेपाली भाषामा मात्र बन्छन अरु सबै त छिमेकी राष्ट्र बाट साभार। हुनत राजनेताहरु त देशको राजनीति देखि लिएर सबै कुरामा उतैको भर पर्न थालेपछि फिल्म बनाउनेहरु पनि त लाग्नै पर्यो नि। अब यस्तरी बनेका फिल्ममा गुणस्तरको कुरा कसरि गर्ने। यो लेख मैले आज गूगल transliteration बाट लेख्या जस्तै होला नि। मदन पुरस्कारको site मा Mac को लागि romanized keyboard ले काम गरेन, गूगल जिन्दाबाद। हाम्रो फिल्मवालाहरुलाई पनि उतैको सम्बाद, उतैको गीत र सङ्गीत, उतैको द्वन्द, उतैको स्वर, उतैको कहानी मन पर्दो रहेछ, translate गर्यो फिल्म तयार। नेपाली  फिल्ममा बुझेका, जानेका व्यक्तिहरु कम भएर पो हो कि भनौ भने उनीहरु जति जान्ने को होला जस्तो लाग्छ फेरी। फिल्म बनाउने खेल्ने मात्र के र, टिका लगाएर पार्टीको गीत गाउन त पछी पर्दैनन्। तेत्रो राजनीतिक सोच भएकाहरुलाई कसरि नजान्ने भन्नु र खै। हुन त पहिले पहिले गाइनेहरु वीरभक्ति धाराका गीत गाउदै हिड्थेरे राजा महाराजाका; अहिले देशमा लोकतन्त्र जो आयो तेही भएर पार्टीका गीत गाउदै हिडेका होलान। पार्टीको गीत गाउदै हिड्छन अनि भोलि पर्सि देशको प्रतिभाको कदर गरेन भनेर खोक्छ्न। फिल्ममा बुझेर आउने नयाँ पुस्ताहरुबाट चाही केहि आशा गर्न सकिन्छ कि। Documentary तिर त राम्रै गरिराको छन् नयाँ पुस्ताले। फिल्मतिर पनि केहि गर्लान के भने आशा त गर्न सकिएला नै। हुनत भारतले पनि english film कै नक्कल गर्दै आजको स्थितिमा आएको हो तर त्यो मात्रै पनि सत्य होइन आफ्नोपन पनि थियो उनीहरुको। नेपालमा सजिलै भन्छन ठुलो बजेटको फिल्मसंग हामीले कसरी प्रतिश्पर्धा गर्न सकिन्छ र! तर बजेट नै ठुलो कुरो होइन, कतिपय कम बजेटका फिल्मले पनि माथिल्लो स्तरमा व्यापार गरेका उदाहरण छन्। २० बर्ष अगाडीको नेपाली फिल्म हेर्यो भने केहि न केहि रुपमा अहिले भन्दा त गतिला थिए जस्ता लाग्छन। साहित्य, सङ्गीत र कलालाइ पनि साथै लिएर गयो भने त फिल्ममा पनि त गुणस्तर आउदो हो। हुनत यो क्षेत्रमा लाग्नेले पनि सोचिराकै होलान। हुनत सोच्ने फुर्सद कसलाई छ र, चिया पसलमै भए पनि गफ त चल्दै होला। गफै पनि चल्न  दिउ न यसबाट पनि केहि कुरा त निस्कन सक्छनि।

फिल्म हेर्दा हेर्दै लेख्ने बिषय पनि फुर्यो आज। पढाईमा ब्यस्त भएर लेख्ने काम कम भएको थियो फिल्म हेरेर बिषय पाइयो। नयाँ बर्ष पनि आउदैछ, नयाँ बर्षमा नयाँ सोच र नयाँ उमङ्गका साथ् काम गर्नुपर्नेछ। हुनत जे कुरामा पनि राजनीतिलाइ दोष दिने चलन छ हाम्रो। नभन्दै राजनीतिक रुपमा देश सबल नभई अरु कुरामा अगाडी बढ्न सकिन्न तर राजनीतिलाइ मात्र दोष दिएर पनि कहाँ अगाडी बढ्न सकिन्छ र। फिल्म जस्तै राजनीतिमा पनि युवा, पढेलेखेका पुस्ताको कमि भएर पनि यस्तो भएको हो। गन्तब्य थाहा नभएका व्यक्तिहरुको हावी भएपछी गति पनि कसरी लिनसक्छ र राजनीतिले पनि। युवा र नयाँ सोच भएका व्यक्तिहरु, फिल्म होस् कि राजनीति होस्, अगाडी बढ्न सकुन, आउदै गरेको नयाँ बर्षले यस्तै शुभ-संकेतहरु लिएर आओस, सबैलाइ शुभकामना!!!