Skip to main content

Posts

Showing posts from April, 2009

रुन देउ मलाई

म घरी चिच्याउन चाहन्छु त घरी रुन चाहन्छु
म घरी अट्टहास हाँस्न चाहन्छु त घरी बिस्फोट हुन चाहन्छु

म असामाजिक मान्छे
सामाजिक हुनपर्ने करले
मेरो आफ्नै रहरले
न म राम्ररी रुन सक्छु न राम्ररी हाँस्न नै

निरशाको बादलले ढाकिदिंदा
आशाको घाम नदेखेर रुन खोज्छु घरी घरी
तर म त आशावादी मान्छे
म कसरी रुन सक्छु फेरी ?

सबैको भलो होस् भन्ने चाहना गर्दा गर्दै
सफलताको जस लिन खोज्नेहरुदेखी दिक्क लागेर
असफलताको दोष थोपर्नेहरुदेखी वाक्क मानेर
म रुन कराउन खोज्छु
मेरा बग्न खोजेका आँशुका थोपालाई
गोहीका आँशु सम्झेपछी
फेरी म कसरी रुन सक्छु?

बरु सानो हुँदै आनन्द थियो
म निस्फ्रिकी रुन कराउन त सक्थेँ
नरोउ भनेर सम्झाउने तिम्रा हातहरु हुन्थे
अहिले त म ठुलो भएँ(?)
न त त्यसरी रुन सक्छु
न त तिम्रा हातहरु नै छन
मलाई रुन पनि दिएनन हेरन।

प्रभु!! मलाई पानी बनाइदेउ

पानी बन्न पाए हुन्थ्यो, जता मन लाग्यो तेतै बग्न पाइन्थ्यो। कुनै आकारको आवश्यकता पनि थिएन न त कुनै बाटो नै जरुरी थियो। जता बग्यो तेतै बाटो बन्थ्यो। सानातिना अवरोधहरुलाई आँफैले बगाएर लान पनि सकिन्थ्यो। ठुला आए बाटो फेरेर हिंड्न पनि सकिन्थ्यो कि। धेरै चिसो भए बरफ बनेर बसिन्थ्यो होला,तापक्रम मिलेपछी फेरी पग्लिन मिल्ने। धेरै तातो भए बाफ बनेर उडिन्थ्यो होला, चिसिएर फेरी पानी बन्न मिल्थ्यो होला। कतै आगो भए निभाउन पनि सकिन्थ्यो होला। कहिलेकाँही जताततै बलेको देखिन्छ। दृष्‍टिभ्रम पनि हुन सक्छ। बिचारहरुको टकरावले पनि आगो बलिदिन्छ कहिले, अन्तरद्वन्दले पनि आगो बलिदिन्छ कहिले। न त पानी बन्न सकियो न त कतैको आगो नै निभाउन सकियो। जताततै प्यासीहरु भेट्छु, धेरै तिर्खाएर हिंडेकाहरु भेट्छु। न त पानी बन्न सकियो न त कसैको तिर्खा मेट्न सकियो। धेरै ठाउँ सुख्खा भएका छन। खडेरी देख्छु धेरै तिर। पानी भएर बर्सिन पाए हुन्थ्यो, सुख्खालाई हटाउन सकिन्थ्यो कि। पानी बन्न पाए हुन्थ्यो। बाढी आए जसरी सबै ठाउँमा बगिदिन हुन्थ्यो। सबै मनका मैलाहरुलाई पनि बगाएर लान सकिन्थ्यो होला। तेही भएर अनुरोध गर्छु प्रभु मलाई पानी बनाइदेउ।…