Skip to main content

प्रसन्नता

"सुनन मेरो एउटा काम गरिदिन्छौ?" फोनमा उही परिचित आवाज आयो । "भनन, तिमीले भनेको के कुरा मैले नाइँ भनेको छु र", म जवाफ दिन्छु ।

"हेर न मेरो भाई हृदय छ नि, तेसलाइ पनि अमेरिका जान पर्यो रे। मैले अहिले भर्खर त +2 सिद्धियो, के हतार भो र, Bachelor यतै Complete गर अनि गए भैहाल्यो नि भनेको मान्दै मान्दैन। अहिले उता गएर त गार्हो हुन्छ नि पढ्न पनि काम पनि गर्न भनेको । बुवा आमाको कुरा त झन कहिले पो सुन्थियो र तेसले अहिले सुनोस, at least तिम्रो कुरा त सुन्छ नि, एकचोटी सम्झाईदेउ न । झन अस्ति भिनाजु चाहिँले सम्झाउनु भएको, रिसाएर गयो खानै पनि नखाइकन। संगत पनि तेति गतिलो छैन तेसको, खाली Guitar बोकेर हिड्छ, पढाईमा ध्यान दिने होइन, भन्यो भने उल्टै रिसाइदिन्छ ।"

उ फोनमा बोल्दैछे, म हिजोको कुरा सम्झदैछु। हिजो हृदय मेरोमा आएको थियो। आउन त उ Guitar सिक्न भनेर आएको थियो, तर कुरा भने यही बारेमा गर्न आएको थियो। मैले उसलाई चिनेको सानै बेला देखि हो। उसको दिदि र म संगै पढेको School र College पनि । बाउ-आमा अलि कडा स्वभावको, दिदिलाइ सबै कुरा भन्न नमिल्ने, म senior भएपनि सबै कुरा share गर्थ्यो मसंग। Guitar पनि मेरै संगतले नै हो सिकेको तर अहिले त म भन्दा कति हो कति राम्रो बजाउछ, band पनि छ साथीहरुको उसको । भर्खर +2 मात्र सिद्धिएको भए पनि उसमा किताब देखि बाहेकको कुराहरुमा तेतिकै चाख छ। चाहे movie को कुरा होस्, चाहे literature को कुरा होस् वा चाहे politics को कुरा होस् सबैमा राम्रो बहस गर्न सक्छ उ। ए अर्को main कुरा म उसको दिदिलाइ मन पराउथे भन्ने कुरा थाहा पाउने एउटा मान्छे हो उ पनि। हुन त ती कुराले यहाँ केहि अर्थ राख्दैनन् । तपाइको जिन्दगीमा यस्तो तालले कसैसंग कहिले पनि love पर्दैन बुझ्नुभो, भनेर जिस्काइरहन्छ अझै पनि। उसको दिदिको छोरो भैसक्यो अहिले त, अस्ति पास्नीम त निम्तो पनि आएको थियो। तपाइको भान्जोको पास्नीको निम्तो छ भनेर घोचपेच गर्दैथ्यो। जाने मन नै भएन। अस्ति किन नआएको नि तिमी भनेर सोध्दैथी उसले पनि , Office को काम भनेर झुटो बोलियो।

अब विदेश जान्छु म त, भन्दैथ्यो घरमा सम्झिदिनु पर्यो। उ independent हुन चाहन्छ रे। यता pocket money को लागि दिन दिने बाउआमा संग पैसा मागेर पढ्नु भन्दा त आफैले दुख गरेर पढेको राम्रो हो नि होइन र भन्दै थियो। नेपालमा पढ्न पनि महँगो नै छ, त्यसमा 2-3 laakhs extra खर्च गर्यो भने त उतै राम्रो पढाई मिल्छ भने किन यता पढ्ने भन्दैथियो। मैले पनि example दिने कोशिस गरे, हामीले पनि त यतै पढेको हो नि, at least bachelor त complete गरे हुन्छ नि यतै भने। पछि पनि जानु नै छ भने अहिले गयो भने उतैको degree हुन्छ झन job को probability बढ्छ नि होइन भन्दैथियो। फेरी तपाइ पनि नेपालमा यति दुख गर्नुहुन्छ तेही survive गर्ने जति पैसा हुने त हो भन्दैथ्यो। एकैचोटीमा कहाँ ठुलो कुरा पाइन्छ र, अलि बर्ष पछि  experience बढेपछी त राम्रो पनि होला नि। म सम्झाउने प्रयत्न गर्छु।मलाइ थाहा भैसक्यो म उसलाई सम्झाउन सक्तिन।म आफै पनि यहाँको मान्छेको सोचाई, काम गर्ने तौर-तरिका, कामको मुल्यांकन गर्ने तरिका देखेर एक प्रकारले बिरक्त भइसकेको छु। तेही हो एउटा राम्रो अवसरको खोजीमा छु जसले यहाँबाट उम्कने बहाना मिलोस। उसले मलाई example ठान्ला, त्यो त पलायन भएको देख्यो भने के सोच्ला तेही भएर धेरै सम्झाउने प्रयास पनि गरिन।" हेर्नुस नेपालको political condition मा अहिले कुनै राम्रो positive symptoms हरु केही देखिएको छैन, म त determined छु जाने कुरामा, बरु घरमा एकचोटी आएर सम्झाइदिनु पर्यो। अर्को important कुरा मेरो girl friend पनि जान्छु भन्दैछ, म यता उ चाही उता अनि मेरो पनि तपाईकै हालत हुन्छ है दाई बुझ्दिनुपर्यो। तपाई त हुनुहुन्छ मेरो अलिकति कुरा बुझ्ने मान्छे।"

"ए सुनन, कता हरायौ, बोल्ने छाड्यौ त", म त फोनमै उसको कुरा सोच्न थालेछु। "हुन्छ म सम्झाउने try त गर्छु तर नेपालमा बसेर पनि के नै हुन्छ र, राजनीति कहिले राम्रो हुने भएन, काम गर्ने environment पनि छैन, यहाँ बसिराकोहरु त जान खोज्दैछन, जान खोज्छ भने जान दिए भैगो नि", म सुझाव दिन्छु।" तिमिले झन् सम्झाउछौ होला भनेको त तिमि पनि उसकै जस्तो भाषा बोल्दैछु त!" "होइन, मैले त यसै आफ्नो विचार भनेको नि", म भन्छु। "यहाँ पनि त अवसरहरु छन् नि, राम्रो काम गर्नेले गरिराखेकै छन् त। सधै तेस्तो त अवस्था हुदैन नि, political condition पनि बिस्तारै stable भैहाल्छ नि। मेरो श्रीमानकै हेरन, कमाई पनि राम्रै छ, आफ्नै देशमा बसेर राम्रो काम गर्न सकिन्छ भने किन कोशिश नगर्ने! सबै जना हामफालेर विदेशकै पछि लागेका छन्, के हो के म त बुझ्नै सक्तिन खै।" हुन्छ म भोलि तिम्रो घरमा आउछु अनि कुरा गरौला भनेर फोन राख्छु म।

उसको घरमा जान्छु र सम्झाउन खोजेको प्रयास गर्छु, उसले अनुरोध जो गरिसकी। फेरी भाईले पनि घर आएर सम्झाइदिनु भनेको छ, म कुरो घुमाएर जाँदा पनि राम्रै हुन्छ भन्नेतिर मोड्न खोज्छु।

म उसको अनुहारमा एक टकले हेर्न थाल्छु, उसको नेपाल बाहिर नजाने विचार कहिले पनि। आफू पढाई सिद्धिनासाथ् अमेरिकाको चक्करमा। न त कवाड american ambassy ले visa दियो न त तिमीलाई नै पाएँ।तिम्रो बुझ्न नसकेको स्वदेश प्रेम र मेरो हुन नसकेको अमेरिका यात्रामा मेरो प्रेम कता हो कता मर्न पुग्यो। म यस्तै कथा फेरी दोहोरिओस भन्ने चाहन्न, त्यो भने पक्कै हो। अन्तमा, उसको भाइको TOEFL registration को लागि बुवालाइ convince गराउन सफल हुन्छु म। उ रिसाएको भावमा मलाई हेरिरहन्छे, म ठुलै युद्ध जितेको जस्तो खुशी महशुस गर्न थाल्छु।

Popular posts from this blog

देशभक्तिका कुरा

हनुमान र पाण्डवहरु

वानर सेना साथमा लिइ
वनवास बाट फर्केर आए
मर्यादाविहिन रामहरु
शहरमा स्वागत द्वार बनाइ
कुर्दैछन सारा हनुमानहरु

आँखा भएको  धृतराष्ट्र सामु
द्रोपदीको सारी तान्दैछन
बलवान दुर्योधनहरु
निर्लज्ज भै बसेर
हेर्दैछन् सारा पाण्डवहरु

अनन्त बाँदर सिद्धान्त

म आफ्नो पढाईसँग सम्बन्धित केही कुरा खोज्दैथिएँ। अचानक internetको link र hyperlinkबाट एउटा सिद्धान्तमा पुग्दा निकै चासो लाग्यो। Infinite monkey theorem भनिने उक्त सिद्धान्तबारे wikipedia लेख्दछ:

"The infinite monkey theorem states that a monkey hitting keys at random on a typewriter keyboard for an infinite amount of time will almost surely type a given text, such as the complete works of William Shakespeare."

अर्थात एउटा बाँदरलाई अनन्त समय दिने हो भने र एउटा टाइपराइटर दिने हो भने, उसले तेसमा अनियमित किसिमले टाईप गर्दै गयो भने सेक्सपियरको कुनै कृति टाईप गर्न सक्छ।

यस सिद्धान्तलाई हाम्रो देशको संबिधान निर्माण गर्ने कुरा सँग दाँजेर हेरौन, कस्तो होला? यहाँ मैले सभासदहरुलाई बाँदरसँग तुलना गर्न भने खोजेको होइन है। यो त एउटा exampleमात्रै हो। ६००को सन्ख्यामा रहेका बाँदरले अन्धाधुन्द टाईप गर्ने हो भने अनन्त समय सम्ममा संबिधान अवश्य पनि लेखिनेछ। भनेपछी अनेकौ समितिहरु बनाएर किन झन्झट बेहोरीराख्ने। सबैजनालाई एक एकवटा शब्द टाईप गर्न दिए त भईहाल्ने रहेछ। यसलाई mathematical treatment गरेर हे…

के Twitter भीड हो?

नेपालमा इन्टरनेटको बढ्दो प्रयोग संगै सामाजिक संजालमा रमाउनेहरुको संख्या निकै पुगिसकेको छ। केही बर्ष अगाडि Hi5 र तेसपछि Facebook मा अभ्यस्त नेपाली पुस्ता अचेल Twitter मा जम्न थालेका छन्। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका कतिपय मुलुकमा यिनै सामाजिक संजालले जनताको आवाज विश्वमाझ पुर्याउन ठुलै भूमिका खेलेका छन्। म आफु पनि twitter मा छु धेरै अगाडिदेखि, तर खासै सक्रिय भने होइन। धेरै नेपाली पत्रकारहरुलाई twitter मा follow गरेको हुनाले संबिधानसभाको अन्त्य हुँदाताका भने मैले पनि twitter लाइ यस्तो अवस्थामा समाचार जान्न उपयुक्त ठानें। तर नेपाली twitter प्रयोगकर्ताहरु बढीरुपमा व्यक्तिगत गालीगलौचमा उत्रेको पाएँ। हुन त मलाई twitter एउटा भीड जस्तै लाग्छ। भीडमा राम्रा-नराम्रा सबै खाले मान्छे हुन्छन। भनिन्छ नि भीडको विवेक हुदैन, तेसैले होला सही विचार बोकेका व्यक्तिहरु पनि भीडको मानसिकताबाट निर्देशित भएको देखिन्छ कहिलेकाँही। अनि अर्को कुरा हामी नेपालीहरु अरुले गरेको कामलाइ राम्रो भन्न सक्तैनौ, त्यो हाम्रो सामुहिक चरित्र नै होला सायद। हामी समालोचना होइन बढी आलोचना गर्छौ। अझ गाली गर्छौ नै भनौंन। अनि…

कालो चिया कि दुध भा'को चिया?

तातो खानुहुन्छ कि चिसो? कसैकोमा जाँदा सोधिने सामान्य प्रश्न हो यो। तातो भनेपछि त चिया नै भैहाल्यो, कफीको तेती चलन पनि त छैन नि हाम्रोमा। चिया त खाने तर फेरि Black Tea कि Milk Tea भन्ने प्रश्न शुरु भैहाल्छ। कतै कतै Lemon Tea खाने कि भन्ने प्रस्ताव पनि आइहल्छ। हुन त दुधको भाउ पनि महँगो नै छ हाम्रोमा, तेही भएर पो हो कि सोधिराख्ने। हुन त कालो चिया खानु र दुध हालेको चिया खानुमा पनि सम्पन्नताको अर्थ संग नै त हेर्न नमिल्ला तर आफ्नो दिमागले त तेही सोचिहल्छ। आखिर जे भए पनि दुध किन्न नसक्नेको लागि पनि राम्रो कारण बनेको छ कालो चिया। Health को कारणले गर्दा कालो चिया खाएको भन्यो, राम्रै हो। Gastritis भएर पनि धेरैले दुध चियालाई बन्द गरेको भन्छन, आफु पनि पिडित नै हो तर खै यो तथ्य भने medical science  ले prove गरेको हो कि हल्ला हो त्यो भने थाहा भएन। हुन त नेपालमा gastritis बाट पिडित नहुने कमै होलान, महले त एकचोटी नेपालीहरुलाई नागरिकतानै यहि रोग हेरेर दिए राम्रो भन्थे क्यार। 
त्यसो त गाउँमा बाहेक शहरतिर खाइने चियामा त दुधको काम भनेको चियालाई धमिलो बनाउने मात्र त हो। तर पनि कसैले केहि नसोधेमा मेरो रोजाई…

कार्यशील जिन्दगी बगिरहने नदी हो

कार्यशील जिन्दगी बगिरहने नदी हो
जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन जुन नदीमा  बग्दैजाँदा कहिले फूल भेटिन्छन
जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन् जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन
पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ भन्ने कुरा सत्य हो पुर्खाहरु भन्ने गर्छन कार्यशील जिन्दगी बगिरहने नदी हो

सानै छँदादेखि सुनेको बालगीत हो यो। तेतिखेर सायद शब्दमा ध्यान दिइएको थिएन। रामेशको संगीतमा रहेको हो यो गीत, शब्द भने मन्जुलको हुनुपर्छ तर पक्का भने छैन। नभन्दै कार्यशील जिन्दगी बगिरहने नदी नै त हो नि। केहि कार्य गर्ने जोश जाँगर नै त हो हाम्रो जीवनरुपी नदीको बग्नुको कारण। केही नगरिकनै जीवन बिताउन खोज्नु पनि एक प्रकारले रोकिनु त हो, नबगेपछि फोहोर हुनु स्वाभाविक नै त हो। तेसैले जीवनलाइ बग्ने नदीजस्तै बनाऔ र सफा र स्वच्छ बनौ।

म लेख्नेछु एकदिन

पहाडसरि भावहरु उर्लेका बेला गम्दै, खोज्दै, मुछ्दै, साँचोमा राख्दै, इँटाजस्तै शब्द बनाउदैथिएँ, मिलाएर राख्ने कोशिश गर्दैथिएँ ठीक त्यसैबेला तिमीले देख्यौ र तत्काल घोषणा पनि गरिदियौ आहा! कति राम्रो कविता अनि म कवि भएँ
छन्द मिलाउने के कुरा भाव मिलाउने त झन् के कुरा काँचै थिए शब्दहरु खारिनै बाँकी थिए परिपक्वता त झन् आएकै थिएन नजानेरै म कवि भएँ
अचेल! व्यवहारिक, सामाजिक हुनुपर्ने 
केही रहरले केही करले केही कुरा जीवनले सिकाउदैछ केही आफैं पनि सिक्दैछु भावहरु नआउने होइनन नलेखेको पनि होइन लेखिरहन्छु मेटिरहन्छु

गफै त हो

लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि, यस्तो सोचिन्थ्यो आफु पनि। के नै बुझिएको छ र बुझ्ने कुरो लेख्नलाई त। कति कुरो बुझ्नु, संसार अथाह छ बुझेरै पनि के सकिन्छ र। बुझ्नेले पनि के नै नाप्या छन र। देशको बारेमा कुरो के गर्नु गरिसाध्य भए पो। वास्तै नगरिकन पनि बस्न नसकिने, वास्ता गर्यो भने झनै बस्न नसकिने। कुरा यस्तो छ। नेतालाई कति गाली गर्नु, अरुलाई खै कसलाई पो गालि गर्नु, जानेको काम तेही हो अरुलाई गाली गर्ने। आफुले केहि गर्न सक्या होइन, ठाउमा बसेका तिनै नेता छन तिनैलाई त हो नि गाली गर्ने। धान भाको भए बरु कति बालि हुन्थ्यो होला यो संबिधान त खै आउने पो हो कि होइन। भ्रस्टाचारी नेता जेलमा पर्यो रे, राम्रो समाचार हो रे। खै सबै जनता नै भ्रस्ट भएको ठाउँमा एउटा नेतालाई थुनेर के पो होला र। घुस खाएर चारतल्ले घर ठड्याउने खरदारलाई प्रगति गरेको भन्ने समाजले तेही घुस नखाने एउटा अधिकृतलाई मुर्ख भनेर तक्मा दिन्छ भने। उसैपनि एकवर्षपछि एउटा किताब हातमा लिएर जेलबाट निस्कने त होला। छाप्न खोज्नेको पनि लाइन होला। राम्रा लेखकका किताब छाप्न त उह…

आगो, सपना र जलेको विपना

झर्दैछु तेही ओरालो
जहाँ टेकेर उकालो चढ्न खोजेको थिएँ

पछ्याउदैछु तिनै जुनकिरिहरुलाई
जो आगोका रापमा मरेका थिए कुनैबेला

तर्न खोज्दैछु खोलाहरु
डुंगाहरु पनि त जलिसकेछ्न तेही आगोमा

आशाहरुको खेती गर्न भनेर
पसिना बगाउने प्रयास गर्छु
त्यो आगोले जमिन पनि सुख्खा भइसकेछ

टन्टलापुर घामले पोल्दा
चौतारीमा बस्न खोज्छु
त्यो पनि तेही आगोमा बलेछ

तिर्खा मेटौ भनेर
पानीको मूल खोज्छु
जंगल त झन् डढेलोले नष्ट भएछ

एकान्तले सताएर
आफन्तलाइ भेट्न जान्छु
आगोको राप सहन नसकेर सबै कता कता हराएछन

हिड्दा हिड्दै
आज फेरि काँडाले बिझायो
सबै घोच्ने काँडाहरुलाई सिध्याउछु भनेर
बोकेको आगोले
काँडाको बीउलाई त सिध्याउन सकेको रहेनछ
उल्टो आफ्नै विपना पो जलेर खरानी भइसकेछ

( अप्रमाणित भएका माओवादीको लडाकुहरुको भावनालाइ समेट्ने प्रयास हो यो)