Skip to main content

तँ बगिरहन्छस बागमती

म कम्प्युटर अगाडि छु, Youtube मा गीत सुन्दैछु र आफ्नो काम पनि। एउटा पुरानो गीत सुन्दैथिएँ । मलाई मन पर्‍यो र यसको बारेमा केही लेखौँ जस्तै लाग्यो। हुन त यसको सन्दर्भ बेग्लै हो तर मैले धेरै भन्नु भन्दा पनि यो गीत नै यहाँ राख्दा ठीक होला कि। यो गीत हो Paul Robeson को, Ol' Man River। यसको शब्दहरु मैले राखेको छु जुन मिसिसिपी नदी सँग सम्बन्धित छ। यो गोरा र कालाहरुको बिषयमा केन्द्रित छ।

Dare's an ol' man cal'd de Mississipi
Dat's de ol' man dat I'd lek to be
Whot does he care
iv de world gets trauble
Whot does he care iv de land lev's free.

Ol' man river,
Dat ol' man river
He mus'know sumpin'
But don't say nuthin',
He jes'keeps rollin'
He keeps on rollin' along.

He don' plant taters/tators,
He don't plant cotton,
An' dem dat plants'em
is soon forgotten,
But ol'man river,
He jes keeps rollin'along.

You an'me, we sweat an' strain,
Body all achin' an' racket wid pain,
Tote dat barge!
Lif' dat bale!
Git a little drunk
An' you land in jail.

Ah gits weary
An' sick of tryin'
Ah'm tired of livin'
An' skeered of dyin',
But ol' man river,
He jes'keeps rolling' along.

[Colored folks work on de Mississippi,
Colored folks work while de white folks play,
Pullin' dose boats from de dawn to sunset,
Gittin' no rest till de judgement day.
or musical part]

Don't look up
An' don't look down,
You don' dast make
De white boss frown.
Bend your knees
An'bow your head,
An' pull date rope
Until you' dead.)

Let me go 'way from the Mississippi,
Let me go 'way from de white man boss;
Show me dat stream called de river Jordan,
Dat's de ol' stream dat I long to cross.

O' man river,
Dat ol' man river,
He mus'know sumpin'
But don't say nuthin'
He jes' keeps rollin'
He keeps on rollin' along.

Long ol' river forever keeps rollin' on...

He don' plant tater,
He don' plant cotton,
An' dem dat plants 'em
Is soon forgotten,
but ol' man river,
He jes' keeps rollin' along.

Long ol' river keeps hearing dat song.
You an' me, we sweat an' strain,
Body all achin an' racked wid pain.
Tote dat barge!
Lif' dat bale!
Git a little drunk
An' you land in jail.

Ah, gits weary
An' sick of tryin'
Ah'm tired of livin'
An' skeered of dyin',
But ol' man river,
He jes'keeps rollin' along!

Watch Video

यही गीतलाई हिन्दीमा र अरु भाषामा पनि गाइएको छ तर अलिकता फरक शब्द सहित र गायक हुन भुपेन हजारिका। गीतले गंगा नदी किन बहिरन्छ भन्ने बिषय बनाएको छ।

विस्तार है अपार प्रजा दोनों पार
करे हाहाकार निःशब्द सदा
ओ गंगा तुम, गंगा बहती हो क्यों

नैतिकता नष्ट हुयी, मानवता भ्रष्ट हुयी
निर्लज्ज भाव से बहती हो क्यों

इतिहास की पुकार करे हुंकार
ओ गंगा की धार निर्बल जन को
सबल संग्रामी समग्र गामी बनाती नहीं हो क्यों

विस्तार है अपार प्रजा दोनों पार
करे हाहाकार निःशब्द सदा
ओ गंगा तुम, ओ गंगा बहती हो क्यों

अनपढ़ जन अक्षरहीन, अनगिन जन खाद्य विहीन
नेत्र विहीन देख मौन हो क्यों

इतिहास की पुकार करे हुंकार
ओ गंगा की धार निर्बल जन को
सबल संग्रामी समग्र गामी बनाती नहीं हो क्यों

विस्तार है अपार प्रजा दोनों पार
करे हाहाकार निःशब्द सदा
ओ गंगा तुम, गंगा बहती हो क्यों

व्यक्ति रहे व्यक्ति केंद्रित, सकल समाज व्यक्तित्व रहित
निश्प्राण समाज को तोड़ती न क्यों

इतिहास की पुकार करे हुंकार
ओ गंगा की धार निर्बल जन को
सबल संग्रामी समग्र गामी बनाती नहीं हो क्यों

विस्तार है अपार प्रजा दोनों पार
करे हाहाकार निःशब्द सदा
ओ गंगा तुम, गंगा बहती हो क्यों

श्रुतस्विनी क्यों न रहीं, तुम निश्चय चेतन नहीं
प्राणों में प्रेरणा देती न क्यों, उन्मद अवनी कुरुक्षेत्र बनी
गंगे जननी नव भारत में, भीष्मरूपी सुतसमरजयी जनती नहीं हो क्यों

विस्तार है अपार प्रजा दोनों पार
करे हाहाकार निःशब्द सदा
ओ गंगा तुम, गंगा बहती हो क्यों

Watch Video

नेपालमा पनि राजनीतिले कोल्टे फेरिरहन्छ तर समाजले कहिले पनि फेर्दैन। नेपालको राजनीति मुलत: काठमाडौंकै राजनीति न हो। तेही भएर नेपालीमा यो गीत बन्यो भने चाँही बाग्मतीलाई नै सम्झनुपर्ने हुन्छ। हुनत यो बग्दै तराइ सम्मै पुग्छ तर पनि यहाँको सभ्यता त बागमती कै त हो नि। हुन त बागमती आँफैनै आफ्नो सुरक्षा गर्न सक्ने अवस्थामा छैन अरुको कसरी गरोस। तेसकै किनारामा बस्ने तेत्रा सुकुम्बासीहरु छन, गरीबी पनि तेही छ, अन्याय पनि तेही छ, भ्रस्टाचार पनि यही छ र पनि यो बहिरन्छ कसैको वास्तै नगरिकन। यो गीतलाई यदी नेपालीमा गाइयो भने कस्तो होला ,तेही कल्पनामा एक दुई हरफ लेख्दैछु।

तेरो किनारमा
त्यो सोझो गाउँले ठगीयो रे
फेरी नारीको अस्मिता लुटियो रे
ति बालकहरुले श्राद्धको पिन्ड खोसाखोस् गरे रे
त्यो बालुवा चाल्नेले आज पनि ज्याला पनि पाएन रे
त्यो स्कुलको टहरा फेरी पनि हुरीले उडायो रे

तेरै किनारामा
मट्टीतेल नभएर त्यो सुकुम्बासीको घरमा भात पाकेन रे
युवाहरु नशामा उन्मुक्त भएर लडे रे
तर
पारी पार्टी अफीसकाहरु मन्त्री बन्ने होडमा छन रे
जीत र हारको हिसाबमै ब्यस्त छन रे

तँ फोहोरमै पनि रमाएकै हो कि
निर्लज्ज भएर बगिरहेको छस
सबै कुराहरु थाहा पाएर पनि
केही नबोलिकन
तँ बगिरहन्छस बागमती
किन तँ बगिरहन्छस बागमती??

Popular posts from this blog

देशभक्तिका कुरा

हनुमान र पाण्डवहरु

वानर सेना साथमा लिइ
वनवास बाट फर्केर आए
मर्यादाविहिन रामहरु
शहरमा स्वागत द्वार बनाइ
कुर्दैछन सारा हनुमानहरु

आँखा भएको  धृतराष्ट्र सामु
द्रोपदीको सारी तान्दैछन
बलवान दुर्योधनहरु
निर्लज्ज भै बसेर
हेर्दैछन् सारा पाण्डवहरु

अनन्त बाँदर सिद्धान्त

म आफ्नो पढाईसँग सम्बन्धित केही कुरा खोज्दैथिएँ। अचानक internetको link र hyperlinkबाट एउटा सिद्धान्तमा पुग्दा निकै चासो लाग्यो। Infinite monkey theorem भनिने उक्त सिद्धान्तबारे wikipedia लेख्दछ:

"The infinite monkey theorem states that a monkey hitting keys at random on a typewriter keyboard for an infinite amount of time will almost surely type a given text, such as the complete works of William Shakespeare."

अर्थात एउटा बाँदरलाई अनन्त समय दिने हो भने र एउटा टाइपराइटर दिने हो भने, उसले तेसमा अनियमित किसिमले टाईप गर्दै गयो भने सेक्सपियरको कुनै कृति टाईप गर्न सक्छ।

यस सिद्धान्तलाई हाम्रो देशको संबिधान निर्माण गर्ने कुरा सँग दाँजेर हेरौन, कस्तो होला? यहाँ मैले सभासदहरुलाई बाँदरसँग तुलना गर्न भने खोजेको होइन है। यो त एउटा exampleमात्रै हो। ६००को सन्ख्यामा रहेका बाँदरले अन्धाधुन्द टाईप गर्ने हो भने अनन्त समय सम्ममा संबिधान अवश्य पनि लेखिनेछ। भनेपछी अनेकौ समितिहरु बनाएर किन झन्झट बेहोरीराख्ने। सबैजनालाई एक एकवटा शब्द टाईप गर्न दिए त भईहाल्ने रहेछ। यसलाई mathematical treatment गरेर हे…

के Twitter भीड हो?

नेपालमा इन्टरनेटको बढ्दो प्रयोग संगै सामाजिक संजालमा रमाउनेहरुको संख्या निकै पुगिसकेको छ। केही बर्ष अगाडि Hi5 र तेसपछि Facebook मा अभ्यस्त नेपाली पुस्ता अचेल Twitter मा जम्न थालेका छन्। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका कतिपय मुलुकमा यिनै सामाजिक संजालले जनताको आवाज विश्वमाझ पुर्याउन ठुलै भूमिका खेलेका छन्। म आफु पनि twitter मा छु धेरै अगाडिदेखि, तर खासै सक्रिय भने होइन। धेरै नेपाली पत्रकारहरुलाई twitter मा follow गरेको हुनाले संबिधानसभाको अन्त्य हुँदाताका भने मैले पनि twitter लाइ यस्तो अवस्थामा समाचार जान्न उपयुक्त ठानें। तर नेपाली twitter प्रयोगकर्ताहरु बढीरुपमा व्यक्तिगत गालीगलौचमा उत्रेको पाएँ। हुन त मलाई twitter एउटा भीड जस्तै लाग्छ। भीडमा राम्रा-नराम्रा सबै खाले मान्छे हुन्छन। भनिन्छ नि भीडको विवेक हुदैन, तेसैले होला सही विचार बोकेका व्यक्तिहरु पनि भीडको मानसिकताबाट निर्देशित भएको देखिन्छ कहिलेकाँही। अनि अर्को कुरा हामी नेपालीहरु अरुले गरेको कामलाइ राम्रो भन्न सक्तैनौ, त्यो हाम्रो सामुहिक चरित्र नै होला सायद। हामी समालोचना होइन बढी आलोचना गर्छौ। अझ गाली गर्छौ नै भनौंन। अनि…

कालो चिया कि दुध भा'को चिया?

तातो खानुहुन्छ कि चिसो? कसैकोमा जाँदा सोधिने सामान्य प्रश्न हो यो। तातो भनेपछि त चिया नै भैहाल्यो, कफीको तेती चलन पनि त छैन नि हाम्रोमा। चिया त खाने तर फेरि Black Tea कि Milk Tea भन्ने प्रश्न शुरु भैहाल्छ। कतै कतै Lemon Tea खाने कि भन्ने प्रस्ताव पनि आइहल्छ। हुन त दुधको भाउ पनि महँगो नै छ हाम्रोमा, तेही भएर पो हो कि सोधिराख्ने। हुन त कालो चिया खानु र दुध हालेको चिया खानुमा पनि सम्पन्नताको अर्थ संग नै त हेर्न नमिल्ला तर आफ्नो दिमागले त तेही सोचिहल्छ। आखिर जे भए पनि दुध किन्न नसक्नेको लागि पनि राम्रो कारण बनेको छ कालो चिया। Health को कारणले गर्दा कालो चिया खाएको भन्यो, राम्रै हो। Gastritis भएर पनि धेरैले दुध चियालाई बन्द गरेको भन्छन, आफु पनि पिडित नै हो तर खै यो तथ्य भने medical science  ले prove गरेको हो कि हल्ला हो त्यो भने थाहा भएन। हुन त नेपालमा gastritis बाट पिडित नहुने कमै होलान, महले त एकचोटी नेपालीहरुलाई नागरिकतानै यहि रोग हेरेर दिए राम्रो भन्थे क्यार। 
त्यसो त गाउँमा बाहेक शहरतिर खाइने चियामा त दुधको काम भनेको चियालाई धमिलो बनाउने मात्र त हो। तर पनि कसैले केहि नसोधेमा मेरो रोजाई…

कार्यशील जिन्दगी बगिरहने नदी हो

कार्यशील जिन्दगी बगिरहने नदी हो
जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन जुन नदीमा  बग्दैजाँदा कहिले फूल भेटिन्छन
जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन् जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन
पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ भन्ने कुरा सत्य हो पुर्खाहरु भन्ने गर्छन कार्यशील जिन्दगी बगिरहने नदी हो

सानै छँदादेखि सुनेको बालगीत हो यो। तेतिखेर सायद शब्दमा ध्यान दिइएको थिएन। रामेशको संगीतमा रहेको हो यो गीत, शब्द भने मन्जुलको हुनुपर्छ तर पक्का भने छैन। नभन्दै कार्यशील जिन्दगी बगिरहने नदी नै त हो नि। केहि कार्य गर्ने जोश जाँगर नै त हो हाम्रो जीवनरुपी नदीको बग्नुको कारण। केही नगरिकनै जीवन बिताउन खोज्नु पनि एक प्रकारले रोकिनु त हो, नबगेपछि फोहोर हुनु स्वाभाविक नै त हो। तेसैले जीवनलाइ बग्ने नदीजस्तै बनाऔ र सफा र स्वच्छ बनौ।

म लेख्नेछु एकदिन

पहाडसरि भावहरु उर्लेका बेला गम्दै, खोज्दै, मुछ्दै, साँचोमा राख्दै, इँटाजस्तै शब्द बनाउदैथिएँ, मिलाएर राख्ने कोशिश गर्दैथिएँ ठीक त्यसैबेला तिमीले देख्यौ र तत्काल घोषणा पनि गरिदियौ आहा! कति राम्रो कविता अनि म कवि भएँ
छन्द मिलाउने के कुरा भाव मिलाउने त झन् के कुरा काँचै थिए शब्दहरु खारिनै बाँकी थिए परिपक्वता त झन् आएकै थिएन नजानेरै म कवि भएँ
अचेल! व्यवहारिक, सामाजिक हुनुपर्ने 
केही रहरले केही करले केही कुरा जीवनले सिकाउदैछ केही आफैं पनि सिक्दैछु भावहरु नआउने होइनन नलेखेको पनि होइन लेखिरहन्छु मेटिरहन्छु

गफै त हो

लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि, यस्तो सोचिन्थ्यो आफु पनि। के नै बुझिएको छ र बुझ्ने कुरो लेख्नलाई त। कति कुरो बुझ्नु, संसार अथाह छ बुझेरै पनि के सकिन्छ र। बुझ्नेले पनि के नै नाप्या छन र। देशको बारेमा कुरो के गर्नु गरिसाध्य भए पो। वास्तै नगरिकन पनि बस्न नसकिने, वास्ता गर्यो भने झनै बस्न नसकिने। कुरा यस्तो छ। नेतालाई कति गाली गर्नु, अरुलाई खै कसलाई पो गालि गर्नु, जानेको काम तेही हो अरुलाई गाली गर्ने। आफुले केहि गर्न सक्या होइन, ठाउमा बसेका तिनै नेता छन तिनैलाई त हो नि गाली गर्ने। धान भाको भए बरु कति बालि हुन्थ्यो होला यो संबिधान त खै आउने पो हो कि होइन। भ्रस्टाचारी नेता जेलमा पर्यो रे, राम्रो समाचार हो रे। खै सबै जनता नै भ्रस्ट भएको ठाउँमा एउटा नेतालाई थुनेर के पो होला र। घुस खाएर चारतल्ले घर ठड्याउने खरदारलाई प्रगति गरेको भन्ने समाजले तेही घुस नखाने एउटा अधिकृतलाई मुर्ख भनेर तक्मा दिन्छ भने। उसैपनि एकवर्षपछि एउटा किताब हातमा लिएर जेलबाट निस्कने त होला। छाप्न खोज्नेको पनि लाइन होला। राम्रा लेखकका किताब छाप्न त उह…

आगो, सपना र जलेको विपना

झर्दैछु तेही ओरालो
जहाँ टेकेर उकालो चढ्न खोजेको थिएँ

पछ्याउदैछु तिनै जुनकिरिहरुलाई
जो आगोका रापमा मरेका थिए कुनैबेला

तर्न खोज्दैछु खोलाहरु
डुंगाहरु पनि त जलिसकेछ्न तेही आगोमा

आशाहरुको खेती गर्न भनेर
पसिना बगाउने प्रयास गर्छु
त्यो आगोले जमिन पनि सुख्खा भइसकेछ

टन्टलापुर घामले पोल्दा
चौतारीमा बस्न खोज्छु
त्यो पनि तेही आगोमा बलेछ

तिर्खा मेटौ भनेर
पानीको मूल खोज्छु
जंगल त झन् डढेलोले नष्ट भएछ

एकान्तले सताएर
आफन्तलाइ भेट्न जान्छु
आगोको राप सहन नसकेर सबै कता कता हराएछन

हिड्दा हिड्दै
आज फेरि काँडाले बिझायो
सबै घोच्ने काँडाहरुलाई सिध्याउछु भनेर
बोकेको आगोले
काँडाको बीउलाई त सिध्याउन सकेको रहेनछ
उल्टो आफ्नै विपना पो जलेर खरानी भइसकेछ

( अप्रमाणित भएका माओवादीको लडाकुहरुको भावनालाइ समेट्ने प्रयास हो यो)