Skip to main content

Posts

Showing posts from 2009

फिल्मका कुरा

जीवन पनि चलाचित्रै हो त। कताबाट यस्तो सोच आयो भन्नुहोला, यो बितेको दुइ तीन दिन मज्जाले फिल्महरु हेरियो तेही भएर होला। सेक्सपियरले रंगमंच भनेका थिए क्यारे, उस्तै उस्तै त हो नि। नभन्दै जीवनको सुरुवात देखि अन्तसम्म फरक फरक भूमिका पनि त निर्वाह गरेकै हुन्छौ नि हामी पनि। जीवनरुपी नाटकको पर्दा खुल्छ जब आँखाको पर्दा खुल्छ बालककालमा, तर रंगमंचको पर्दा लाग्ने समय निश्चित हुन्छ, जीवनको भने ठेगान छैन। कुनै भूमिकामा जम्न खोज्दा खोज्दै कसैले पर्दा तानिदिन्छ अनि नाटक पनि सिदिन्छ। बालक, युवा, बृद्धको भूमिका गर्दा गर्दै नाटक पनि अन्त हुन्छ एकदिन। अन्त्यको मात्र कुरा गर्दा अलि  निराशाबादी लाग्न सक्ला तर अन्तिम सत्य तेही हो क्यारे।

खासमा कुरा चलचित्रको गर्न खोजेको हो, दर्शनतिर पो पुग्यो। हुनत दर्शनमा उति रुची त छैन तैपनि बेला-बेलामा खोक्न भने छोडिन्न। के गर्ने नेपालमा नजाने पनि खोक्नेकै प्रगति छ र प्रगति गर्न को चाहदैनर। चलचित्रको कुरा गर्दा हामी अलि सानोछदाखेरिको त राम्रै जस्तो लाग्थ्यो नेपाली फिल्महरु पनि। गीतहरु पनि राम्रै सुनिन्थे। अचेलका त के हुन् कुन्नि, नेपाली भाषामा मात्र बन्छन अरु सबै त छिमेकी …

प्रसन्नता

"सुनन मेरो एउटा काम गरिदिन्छौ?" फोनमा उही परिचित आवाज आयो । "भनन, तिमीले भनेको के कुरा मैले नाइँ भनेको छु र", म जवाफ दिन्छु ।
"हेर न मेरो भाई हृदय छ नि, तेसलाइ पनि अमेरिका जान पर्यो रे। मैले अहिले भर्खर त +2 सिद्धियो, के हतार भो र, Bachelor यतै Complete गर अनि गए भैहाल्यो नि भनेको मान्दै मान्दैन। अहिले उता गएर त गार्हो हुन्छ नि पढ्न पनि काम पनि गर्न भनेको । बुवा आमाको कुरा त झन कहिले पो सुन्थियो र तेसले अहिले सुनोस, at least तिम्रो कुरा त सुन्छ नि, एकचोटी सम्झाईदेउ न । झन अस्ति भिनाजु चाहिँले सम्झाउनु भएको, रिसाएर गयो खानै पनि नखाइकन। संगत पनि तेति गतिलो छैन तेसको, खाली Guitar बोकेर हिड्छ, पढाईमा ध्यान दिने होइन, भन्यो भने उल्टै रिसाइदिन्छ ।"
उ फोनमा बोल्दैछे, म हिजोको कुरा सम्झदैछु। हिजो हृदय मेरोमा आएको थियो। आउन त उ Guitar सिक्न भनेर आएको थियो, तर कुरा भने यही बारेमा गर्न आएको थियो। मैले उसलाई चिनेको सानै बेला देखि हो। उसको दिदि र म संगै पढेको School र College पनि । बाउ-आमा अलि कडा स्वभावको, दिदिलाइ सबै कुरा भन्न नमिल्ने, म senior भएपनि सबै कुरा share…

हनुमान र पाण्डवहरु

वानर सेना साथमा लिइ
वनवास बाट फर्केर आए
मर्यादाविहिन रामहरु
शहरमा स्वागत द्वार बनाइ
कुर्दैछन सारा हनुमानहरु

आँखा भएको  धृतराष्ट्र सामु
द्रोपदीको सारी तान्दैछन
बलवान दुर्योधनहरु
निर्लज्ज भै बसेर
हेर्दैछन् सारा पाण्डवहरु

नाक

आँखाको मुनि र मुखको माथिको भागको नाम नै नाक हो। नाकको कुरा कताबाट आयो भन्ने सोच्नुहोला फेरी। के गर्ने सबैजना यहि नाकको लागि काम गर्दैछन। राम्रो र नराम्रो सबै कामकुरा यहि नाकले नै नियन्त्रण त गर्छ नि। आज नाकको बारेमा लेख्न मन लाग्यो, मनै त हो जे पनि त सोच्न सक्छ नि। भैरव अर्यालले टाउको लेखे, म पनि के कम तर तेही त दोहोराउनु भएन, कि तेस्को हाराहारीमा लेख्ने आँट हुन पर्यो। होइन भने बिषय परिवर्तन गर्यो आनन्द।

साँचै नाक भएन भने के होला त। पहिलो कुरा त सिंगान आउदैन, झन्झटै साफ। हुनत नाकले हावामा भएका फोहोरहरु छान्ने भएर नै सिंगान आउने हो। तर पनि रुघा लागेको बेलामा सिंगान पुछेर हैरान भइने, नाकनै नभए त ढुक्कै भयो नि। तर आफ्नो भने अलिकति अप्ठेरो पर्ने जस्तो छ। चस्मा लगाउनु पर्ने नाक भएन भने त कसरि अड्याउने मुश्किल पो हुन्छ त। हुन त अचेल लेन्सको जमाना आइसक्यो तर पनि म त अन्धो नै पो हुन्छु त। फेरी नाकमा फुली र अरु गहना लगाउनेहरुले कति गालि गर्दा हुन् भगवानलाइ। उसमाथि आफु त बाहुन हो परियो; नाकले नै पहिचान गराउछ। थेप्चे नाक भएका सब अरु जाति, चुच्चा नाक जति बाहुन छेत्री। फेरी कुनै जातजाति माथि भेदभाव…

१२ सेप्टेम्बर, २००९

हिजोको दिन संसारकै लागि एउटा दु:खद दिन हो। मानव सभ्यतामा मानव नै दानव बनेको दिन हो शायद। संसारले त्यो दिनलाई सम्झीराख्दा आतंकबाद कहिले हट्ला र शान्ती छाउला भन्ने प्रश्नले पनि मनमा घेरिरह्यो। हुन त कुनै बेला आतंक र हिंसात्मक भनिएको समुह कालान्तरमा राजनीतिक शक्ती पनि बन्न पुगेका छन। तर पनि मलाई लाग्ने एउटा कुरा के हो भने बिचारलाई बन्दुकले अन्त गर्छु भन्ने हरु पनि बिचारको रुपन्तरण बिना केही गर्न सक्दैनन होला।
हिजोको दिन त्यस्तो भए पनि आजको दिन भने मलाई सम्झिन लायकको दिन भयो। एक बर्ष अघीको कुराबाट शुरु गरौ होला।
"भन्छन नि अधिकार र कर्तब्य सँगसगै आउछन। तेही भएर चुनौती पनि छ। यदी कुनै काममा चुनौती नै छैन भने त्यो कामको अर्थ पनि के नै रह्यो र होइन? जीवनको मजा नै तेस्मा छ नि।"
यो लेखेको आज एक बर्ष पनि बितेछ। यहाँको नेपाली समाजको अध्यक्ष हुँदाखेर मैले लेखेका कुरा हुन यि। समय कती चाँडो बित्दोरहेछ। यो कार्यकाल सम्पूर्ण रुपमा सफल भएको त भन्न नमिल्ला तर मेरो आफ्नै मुल्याङ्कनमा केही हदसम्म सफल नै मान्छु म। म केही हदसम्म सफल हुनु भनेको नै यहाँको नेपाली समाज पनि सफल हुनु हो जस्तो लाग्छ मलाई। …

आधुनिक साहित्यकार

उ सानै देखि साहित्यमा रुची राख्ने गर्थ्यो। स्कुलको कार्यक्रमहरुमा कहिलेकहिँ फाट्टफुट्ट रुपमा कविता भने लेख्ने गर्थ्यो। समयको बेगसंगै धेरै समय बितिसकेको थियो। उ आफ्नो क्षेत्रमा एक किसिमको सफल नै थियो। तर सानै देखि साहित्यमा रुची भएको मान्छे पछी पनि अलिअलि लेख्नु पर्यो भन्ने विचारले केहि कविताहरु लेखेर पत्र पत्रिकाहरुमा पठायो पनि तर जता पनि छापिने कुनै संकेत नै देखिएन। हुन त तेस्तो कलात्मक त थिएन पनि तर तेस्तो निम्न कोटीको पनि थिएन तर के गर्नु छापिएन। उसले देख्यो एता उता पत्रिकामा उत्तर आधुनिक कला साहित्य सम्बन्धि केहि लेखहरु। बुझ्न त उसले पनि तेती धेरै त बुझेन तर जताततै तारिफ मात्र सुन्यो। कता कता विनिर्माण, डेरिडा, मार्क्स, अन्य पनि थुप्रै थुप्रै कुराहरु सुन्यो बुझ्ने प्रयत्न पनि गर्यो तर खासै बुझ्न भने सकेन। हुन त नेपालका हल्का फूल्का केहि उपन्यास पनि पढेको हो तर यी नयाँ कुराहरु भने तेती बुझ्न सकेन। एउटा यस्तै लेख सम्बन्धि नेपाली लेखक को एउटा किताब पनि किन्यो तर उपलब्धि भने शुन्य। एक दिन उसलाई एउटा चित्रकला प्रदर्शनीमा जाने अवसर जुर्यो जहाँ केहि चित्र बुझ्न सकेन र पनि मान्छेको भिड नै…

संवाद

उ: यो बाटो कतिको राम्रो छ?
म: किन मलाई यो प्रश्न?
उ: तिमी त यो बाटो हिँडिसकेको मान्छे।
म: हिंड्नु मात्रै त के ठुलो कुरो भयो र, यहाँ असन्ख्य हिंडेका छन।
उ: तिमी त गन्तब्यमा पुगिसक्यौ नि त।
म: म जहाँ छु त्यो नै गन्तब्य हो भनेर तिमी कसरी भन्न सक्छौ?
उ: तिमी सफल देखिन्छौ नि त।
म: देखिनुमा के छ र। हिजो सफल भनिएकाहरु खै आज कोही देखिदैनन। फेरी सफल केलाई मान्ने हो र।
उ: तैपनी यो बाटोको बारेमा त केही भन। म यसमा हिँडु कि नहिँडु।

म: यहाँ चाहनेको लागि जताततै बाटैबाटा छन, तैपनी बाटो आँफैले खोज्नुपर्छ। म हिंडेको बाटो तिमिलाई मिल्छ भन्ने के छ र। यात्राको मज्जा त फेरी बाटो पहिलाएर हिंड्नुमा पो छ त। अरुले देखाएको बाटोमा त जो पनि हिड्छन नि।

उ: तिमीले जानेका कुरा भनेर मेरो यात्रा सजिलो हुन्छ भन्ने तिम्रो के जान्छ र। कि तिमीले जती दु:ख पायौ त्यो मैले पनि पाउँ भन्ने हो?

म: मैले सबै भनिदिँदा सजिलो त होला र यता पनि छिट्टै आउलाउ तर यती चाँडै यता आएर गर्ने के हो? तिमी अल्मलिन सक्छौ, तेही भएर खोज्दै आउ। उकालो- ओरालो गर्दै आउ। भोक र तिर्खाको अनुभव गर्दै आउ। गर्मी र जाडोको महसुश गर्दै आउ। दु:ख र पसिना बगाउदै आउ। अहिले आयौ…

क्रमभंगता

धेरै भो नलेखेको पनि। के लेख्ने भन्ने विषय नभएको पनि होइन। यसो हेर्दै थिएँ प्रत्येक महिनामा कम्तिमा एउटा भए पनि लेखेको रहेछु मैले। यो महिना त केहि पनि लेखिएनछ। अचेल राजनीति देखि लिएर जताततै क्रमभंगताको कुरा हुदैछ आफुले पनि तेही अनुसरण गरियो भनौन अब। बितेको महिना नेपालमा थिएँ, घर परिवार, साथी-भाई, आफन्त भेटघाटमा समय बितेको त पत्तै पाइएन। लेख्ने फुर्सद नै भएन भनौन।

बिषय त प्रसस्तै थिए, के मात्र लेख्ने? जो पनि लेख्ने मात्र छन् गर्ने चाहिँ कसले हो कुन्नि। आफु पनि उही ड्यांगको मुला न परियो। गर्ने त आफु पनि कता हो र गफ चै दिइहालौं न मौकामा। जाजरकोटमा झाडापखाला महामारी छ, मन्त्रिजी विदेशमा छन् , प्रधानमन्त्रि फुलमाला पहिरेर हिड्नैमा ब्यस्त छन्।एउटा समूह सडकमा नागरिक सर्वोच्चता खोज्दैमा व्यस्त छ। काठमाडौँमा फोहोरको थुप्रो छ, पानी परेर त्यो पनि बगाउन थालेछ। फोरममा चिरा पर्यो रे, एउटा समूह प्रजातान्त्रिक रे अर्को चाहि के हो कुन्नि? एउटा बिधार्थी युनियनले बस तोडफोड गरेरे, अनि ३ दिन यातायात बन्द भयो रे। आफुलाई भने airport आउनको लागि गाडी चलेको छ कि छैन भन्ने मात्र tension। साचै एउटा अलि रमाइलो कुरा…

तँ बगिरहन्छस बागमती

म कम्प्युटर अगाडि छु, Youtube मा गीत सुन्दैछु र आफ्नो काम पनि। एउटा पुरानो गीत सुन्दैथिएँ । मलाई मन पर्‍यो र यसको बारेमा केही लेखौँ जस्तै लाग्यो। हुन त यसको सन्दर्भ बेग्लै हो तर मैले धेरै भन्नु भन्दा पनि यो गीत नै यहाँ राख्दा ठीक होला कि। यो गीत हो Paul Robeson को, Ol' Man River। यसको शब्दहरु मैले राखेको छु जुन मिसिसिपी नदी सँग सम्बन्धित छ। यो गोरा र कालाहरुको बिषयमा केन्द्रित छ।
Dare's an ol' man cal'd de Mississipi
Dat's de ol' man dat I'd lek to be
Whot does he care
iv de world gets trauble
Whot does he care iv de land lev's free.Ol' man river,
Dat ol' man river
He mus'know sumpin'
But don't say nuthin',
He jes'keeps rollin'
He keeps on rollin' along.

He don' plant taters/tators,
He don't plant cotton,
An' dem dat plants'em
is soon forgotten,
But ol'man river,
He jes keeps rollin'along.

You an'me, we sweat an' strain,
Body all achin' an' racket wid pain,
Tote dat barge!
Lif' dat bale!
Git a l…

ओ ओलिविया!!!

मन्द मन्द बतास तिम्रो केश उडाउन खोज्दैछ
म पनि त उड्दैछु नि तेसैसँग
तिमीले देख्यौ वा देखिनौ
म बतासमै मिसिएर तिमीलाई स्पर्श गर्दैछु

मीठो तिम्रो बोली संगीत बजाउदैछ
म पनि त गाउदैछु नि तेही भाकासँग
तिमीले सुन्यौ वा सुनिनौ
म तिम्रो बोलीको धुनमा गीत गाउदैछु

तिम्रो हेराइ मुटुको गहिराइलाई छुन खोज्दैछ
म पनि त घाइते छु नि तेहीसँग
तिमीले महसुश गर्‍यौ वा गरिनौ
म तेही नजरबाटै तेस्को उपचार गर्न खोज्दैछु

ओ ओलिविया!!!
तिमीसँगको बिछोड मुटुलाई छिया छिया पार्न खोज्दैछन
म पनि त रुदैछु नि तेही पिडासँग
तिमीले थाहा पायौ कि पाइनौ
मेरा आँशु आकाशबाट बर्सेर तिमीलाई स्पर्श गर्न खोज्दैछन

रुन देउ मलाई

म घरी चिच्याउन चाहन्छु त घरी रुन चाहन्छु
म घरी अट्टहास हाँस्न चाहन्छु त घरी बिस्फोट हुन चाहन्छु

म असामाजिक मान्छे
सामाजिक हुनपर्ने करले
मेरो आफ्नै रहरले
न म राम्ररी रुन सक्छु न राम्ररी हाँस्न नै

निरशाको बादलले ढाकिदिंदा
आशाको घाम नदेखेर रुन खोज्छु घरी घरी
तर म त आशावादी मान्छे
म कसरी रुन सक्छु फेरी ?

सबैको भलो होस् भन्ने चाहना गर्दा गर्दै
सफलताको जस लिन खोज्नेहरुदेखी दिक्क लागेर
असफलताको दोष थोपर्नेहरुदेखी वाक्क मानेर
म रुन कराउन खोज्छु
मेरा बग्न खोजेका आँशुका थोपालाई
गोहीका आँशु सम्झेपछी
फेरी म कसरी रुन सक्छु?

बरु सानो हुँदै आनन्द थियो
म निस्फ्रिकी रुन कराउन त सक्थेँ
नरोउ भनेर सम्झाउने तिम्रा हातहरु हुन्थे
अहिले त म ठुलो भएँ(?)
न त त्यसरी रुन सक्छु
न त तिम्रा हातहरु नै छन
मलाई रुन पनि दिएनन हेरन।

प्रभु!! मलाई पानी बनाइदेउ

पानी बन्न पाए हुन्थ्यो, जता मन लाग्यो तेतै बग्न पाइन्थ्यो। कुनै आकारको आवश्यकता पनि थिएन न त कुनै बाटो नै जरुरी थियो। जता बग्यो तेतै बाटो बन्थ्यो। सानातिना अवरोधहरुलाई आँफैले बगाएर लान पनि सकिन्थ्यो। ठुला आए बाटो फेरेर हिंड्न पनि सकिन्थ्यो कि। धेरै चिसो भए बरफ बनेर बसिन्थ्यो होला,तापक्रम मिलेपछी फेरी पग्लिन मिल्ने। धेरै तातो भए बाफ बनेर उडिन्थ्यो होला, चिसिएर फेरी पानी बन्न मिल्थ्यो होला। कतै आगो भए निभाउन पनि सकिन्थ्यो होला। कहिलेकाँही जताततै बलेको देखिन्छ। दृष्‍टिभ्रम पनि हुन सक्छ। बिचारहरुको टकरावले पनि आगो बलिदिन्छ कहिले, अन्तरद्वन्दले पनि आगो बलिदिन्छ कहिले। न त पानी बन्न सकियो न त कतैको आगो नै निभाउन सकियो। जताततै प्यासीहरु भेट्छु, धेरै तिर्खाएर हिंडेकाहरु भेट्छु। न त पानी बन्न सकियो न त कसैको तिर्खा मेट्न सकियो। धेरै ठाउँ सुख्खा भएका छन। खडेरी देख्छु धेरै तिर। पानी भएर बर्सिन पाए हुन्थ्यो, सुख्खालाई हटाउन सकिन्थ्यो कि। पानी बन्न पाए हुन्थ्यो। बाढी आए जसरी सबै ठाउँमा बगिदिन हुन्थ्यो। सबै मनका मैलाहरुलाई पनि बगाएर लान सकिन्थ्यो होला। तेही भएर अनुरोध गर्छु प्रभु मलाई पानी बनाइदेउ।…

आउ हामी रंगमा रमौँ

आउ हामी रंगमा रमौँ
एक अर्काको सँगमा रमौँ
खुशीको रङमा
नयाँ उमङमा
होलीको चाडसँगै
भोलिको आडसँगै
मीठो सपनासँगै
तीतो यथार्थसँगै
झिना मसिना कुरालाई छोडेर
माया-सद्भावको फुल गोडेर
मानिसको रङको भिन्नतालाई लत्याउदै
अबिर, रङ र पानी खत्याउदै

हेर त!! यो रंगहरुमा
नीलो,पहेँलो, हरियो अनुहारहरु
तिमी पनि उस्तै छौ
तेस्तै त छु म पनि
को ठुलो हो, को सानो हो?
को धनी हो, को गरीब हो?
अनुहारको कुनै पहिचान छैन
एक अर्कामा खिचातान छैन

तेसैले आउ सधैं होली खेलौं
फेरी यिनै रंगमा रमौँ
एक अर्काको सँगमा रमौँ

लेख्न मन नलाग्दा नलाग्दै

आज धेरै पछी केही लेख्ने जाँगर चल्यो तर लेख्ने पो के हो केही थाहा छैन। अचेल लेख्ने काम कम भएको छैन। त्यस्तो ब्यस्तता त केही होइन, तर पनि खोइ किन हो। हुन त जीवनमा जे पनि गर्न सकिन्छ जस्तो लाग्छ नि, सबैले सबै काम कहाँ गर्न सक्छन र! एक दुईओटा लेखहरु लेख्न थालियो, साथीहरुले हौस्याए, कति न राम्रो लेख्छु जस्तो लाग्न थाल्यो। तेही हो केही समयलाई निरन्तरता पनि पायो। अचेल साथीहरु, दाईहरु, भाईहरुको लेख पढ्न ज्यादा थालिएको छ, लेख्ने त त्यसरी पो हो त जस्तो लाग्दैछ।

अचेल तेही भएर पढ्नेतिर मन लाग्न थालेको छ। भर्खरै Arabinda Adigaa को The White Tiger पढेर सिध्याइयो। सलल बगेको राम्रो लाग्यो। दुई दिनमै सिधियो। कोर्सको किताब जस्ताको तस्तै छ। कहिलेकाँही लाग्छ लेख्ने क्षमता कहाँ सबैको हुन्छ र। मेरो पनि लेख्ने बेला भएको छैन। तर सोच्छु यो त मेरो मनको बहकाइ हो, कहाँ लेख हो र कसैलाई राम्रो लाग्यो भने ठीक छ नभए पनि के भो र। मेरो मनको भाव हो, मेरो नितान्त ब्यक्तिगत सोचाइ हो कोही सहमत हुनु र नहुनुमा के फरक पर्छ र। तेसो भए किन लेख्छन त कोही। व्यावसायिक रुपले वा ब्यक्तिगत इच्छाले। नेपालकै कुरा गर्ने हो भने पहिले व्य…

एउटा भए त

यात्रा हो कि घुमाइ बुझ्नै गार्हो भो
पाइला बरु रुक्थ्यो होला थकान भए त

हिंडेको हो कि दौडेको हो बुझ्नै गार्हो भो
धर्म बरु मिल्थ्यो होला काशी गए त

बचन हो कि सल्लाह हो सुन्नै गार्हो भो
आँखा बरु बग्थ्यो होला दु:ख भए त

फुल हो कि काँडा हो देख्नै गार्हो भो
हाँगा बरु झुल्थ्यो होला फल भए त

सुख हो कि दु:ख हो बाँच्नै सार्हो भो
फुल बरु फुल्थ्यो होला मौसम भए त

मन हो कि भाव हो चिन्नै गार्हो भो
चरा बरु उड्थ्यो होला आकाश भए त

सबैलाई माया गर्ने एउटा भए त
पूजा बरु गर्न हुन्थ्यो देउता भए त

दोधार...

गाउँमा धुवाँ-धुवाँ देख्छु। चौतारीमा शीतलता छ। उकालोको बाटो कठिन देख्छु। ओरालोमा चिप्लिने डर छ। गाउँमा जीवन चलेकै देख्छु। समाचार तर नराम्रो छ। चौतारीको कहाँ भर हुन्छ र, पल पल हुरी बतास र असिनाको डर देख्छु। चौबाटोमा उभिएको छु। तल आफ्ना मान्छे छन, त्यहाँ झन अन्धकार देख्छु। डाँडा पारी सपना छ, बाटो तर देखेको छैन। सम्म बाटो सजिलो छ, अर्को चौतारीको तर पत्तो छैन। चौतारीमा कुर्न सजिलो छ, शीतल छ र छ आशा पनि। जहाँबाट गाउँ देखिन्छ। एक दिन त घाम लाग्ला,त्यो घाम ताप्न म पनि आउँला।

पग्लिएका मैनहरु

चिसा चिसा रातहरु
मीठा मीठा बातहरु
कहाँ रहे र अब
छन त केवल
लडेर मर्केका हातहरु
मातेर बितेका रातहरु
घात अनि प्रतिघातहरु

फुलेका फुलका थुँगाजस्तै
मैले पालेका जुँगाजस्तै
सधैं रहने छैनन केही पनि
आँधीको बीचमा डुंगाजस्तै

मैनबत्तिको उज्यालो छ
वरीपरी जताततै अन्धकार र कालो छ
पग्लेरै सिध्दिने भए सबै मैनबत्तीहरु

हल गर्न सकिएका छैनन अझै समिकरणहरु
बढ्दै छन मानिसका मरणहरु
थाहा छैनन कारणहरु
कहिले सम्म हो भोग्नुपर्ने यस्ता चरणहरु
बादलले छेकेको छ
धेरै माथि छन घामका किरणहरु