Friday, July 25, 2008

मदिरा-प्रेम(?)

सुनसान रात त। चकमन्न छ। लाग्छ सबैजना निदाइसके। मलाई किन निद्रा लाग्दैन? म laptop अगाडि एक्लै बसिरहेको छु। तिनै पुरानो फोटोहरु सँग स्‍मृतिको कुनै क्षणमा छु म। फ्रीजबाट red-label झिक्छु। एक मन त लाग्छ यो वोतल एकै चोटिमा पिदिउ। Ice झिक्छु फेरी। त्यो पेगमा ice खस्दा यस्तो आवाज आउछ मानौ त्यो रातको सन्नाटालाई चिर्न खोज्दैछ। आज दिन चिसो पनि त छ, शुरुमा बहाना खोज्छ यो मन पनि। पिउनु त यसै पनि छदैछ।

आज गीत पनि जग्जित सिंहको बज्दैछ। थाहा छैन आज के भइरहेकोछ,म प्राय यस्तो गीत कमै सुन्छु। हुनत म englishमा Pink Floyd देखी लिएर नेपालीमा बद्री पङगेनिको लोक गीत सम्म सुन्छु। शायद पिउदै भएर पनि हो कि गजलको मूडमा छु आज। पहिलो पेग एकैचोटिमा रितिन्छ। घाटिबाट हुँदै सारा शरीरले उर्जा पएको महसुस हुन्छ। चिसो रातको अब कुनै असर छैन म मा।

फोटो slide showमा छोडिदिन्छु। आहा यो फेवा तालको फोटो। तिमी र म डुंगामा छौ र छ शितल बतास । तिमीले केश खुल्ला छोडेकी छौ। हावाको हल्का झोकाले उड्न खोज्दै गरेका ति तिम्रा केशहरु मेरो क्यामरामा कैद भएछन। म कवि भएको भए कती कविताहरु लेख्थे होला तिम्रो बयानमा। तर अफसोस म कवि होइन। अरु साथीहरु अर्को डुंगामा गैसके। मेरो लागि मेरो ताल-बाराही तिमी नै हौ भने म डुंगा खियाउदै किन त्यहासम्म जाउ। न तिमी केही बोलेकी छौ, न म केही बोलेको छु। हाम्रो मौनतामा घरी घरी पानीको कल्कलले संगीत भरेजस्तो लाग्छ।

ओहो यो पेग पनि त रितिसकेछ मैले त पत्तै पाइन। फेरी थपिन्छ रात त आफ्नै हो नि। फोटो अगाडि बढ्दै छ।

"सुनन म त अष्ट्रेलिया जाने भए।" अचानक कसरी भयो म छक्क पर्छु। म जागिरको कामको सिल्सिलामा बाहिर थिए। हाम्रो दुई महिना देखी भेटघाट भाको छैन। तर कसरी यती छिट्टै। हाम्रो त अमेरिका जाने त्यो पनि सँगै भन्ने सल्लाह थियो। Toefl पनि त सँगै दिएका हौ हामीले। म बुझ्न सक्दिन। म भेट्न चाहन्छु तिमीलाई। तिमी हतारमा छौ। फोन राख्छौ एकैछिनमा। बेलुका कोठामा फर्कन्छु। gmail check गर्छु, तिम्रो mail। म excited हुन्छु। लामो mailछ म सबै सम्झिन्न,भनौ सम्झनै चाहन्न। तिम्रो बिहे हुँदै रहेछ खुशी लाग्यो। केटो australia को PR पएको, झनै खुशी लाग्यो। अन्तिमका केही हरफ कानमा गुन्जन्छ। If possible I want my photos back ,we will remain gud frens forever। म एक तमाशले फोटो हेर्दैछु। ए glass त फेरी रितिएछ।

अर्को folder हेर्छु, नाम छ र U n me together in life। यो चाँही तिमी र म दक्षिनकाली घुम्न जादाको। हामी दुबैको हातमा माला छ। यो फोटो हेर्दा जहिले कल्पना गर्थे, यस्तै गरी फेरी एकदिन हामी मन्दिर जान्छौ, सबको अगाडि म तिम्रो सिउदो रङगाउछु। यो folder मा एउटा औंला shift र अर्को deleteमा छ। laptop सोध्छ, are you sure ? म भन्न चाहन्छु no। तर के गर्ने उस्को mail छ जे आयो। म पनि रिसाएर reply गर्न चाहन्छु, तर मेरा औंलाहरु मेरो साथ दिन्नन। सोच्छु साचो प्रेम त्याग दिन्छ, बदलामा केही लिदैन। कसको भनाइ हो कुन्नी म बिर्सन्छु। म कुर्सी बाट उठ्ने प्रयास गर्छु। मलाई लागेछ कि क्या हो? होइन। उनी त्यो फोटोबाट हात अघी बढाउछिन, उनको हातमा ग्लास छ, त्यो मेरो हातमा राखी उनी फेरी तेही हराउछिन।

मैले बहाना पाउछु, तिम्रो हातबाट त म बिश पनि पिउन तयार छु भने यो त के हो र?किन किन यो पेग निकै नशालु लाग्छ; यस्को एक एक बुदमा म उसको ओठलाई चुमेसरी महसुस गर्दछु। म अब बोतलबाट सुरु गर्छु। आहा यो आनन्द, मैले पैले किन महसुस गरिन। शायद यस्तैलाई हो कि क्या हो ओशोले समाधी भनेर परीभासित गरेको?

अब त बोतल पनि रितियो। फोटो पनि त सिदियो नि बोतल जस्तै खाली मेरो फोटोको collection पनि। म उठ्न खोज्छु। तिमी त्यो बोतल बाट चियाउदै हात समौन आइपुग्छौ। म तिमीमा हराउन चाहन्छु। ओहो मेरो desktop को background त अझै तिमी नै छौ। म हटाउन खोज्छु,सक्तिन। लाग्छ म नशामै छु कि क्या हो? तिम्रो त्यो हसाइ जस्मा मेरो जिन्दगीका सब दु:ख छोडेर मग्न हुन्छु, त्यो अब रहने छैन। साहारा छ त केबल यस्कै। म छुट्याउन सकिरहेको छैन, यो तिम्रो प्रेम हो कि मेरो मदिरा-प्रेम हो।

पृष्‍ठभुमिमा गीत बज्दै छ।"होशवालोको खबर क्या बेहोशी क्या चिज हे,इश्क किजिये फिर समझिये जिन्दगी क्या चिज हे....."

Friday, July 18, 2008

रहर

राजनीति
भाग लागि सके पछी केही शेष भए त
हामी पनि रहने थियौ नि हजुर देश भए त

कालो कोट लाएरै उपराष्ट्रपती बन्न पाउने भए
हामी पनि लड्ने थियौ नि हजुर केस भए त

राजनीति त गरिएन समाचार त पढिन्छ नि
हामी पनि खेल्ने थियौ नि हजुर चेस भए त

पत्रकारिता
उ कहाँ पुगिसक्यो त भने जही को तही
हामी पनि कुद्ने थियौ नि हजुर रेस भए त

समाचार बिक्दै छन पृष्‍ठ मात्र थरी-थरीका
हामी पनि गर्ने थियौ नि हजुर गेस भए त

खाना
खाना मिठो पाकेन होला पेट त भरियो नि
हामी पनि खाने थियौ नि हजुर मेस भए त

मन
घरी यता घरी उता यो मनको के भर
हामी पनि बाध्ने थियौ नि हजुर लेस भए त

दु:ख
किताब त अङ्रेजिमा हामी पनि पढिन्छ नि
हामी पनि लेख्ने थियौ नि हजुर बेस भए त

र अन्तमा ,
टाउकामा रौहरु अड्ने बेस भए त
हामी पनि कोर्ने थियौ नि हजुर केश भए त

Wednesday, July 16, 2008

भाग नास्ती शुन्ना

२ ले २१लाई भाग गर्दा धेरैले mistake गर्छन्। दुई लाई भाग गरिसकेपछी भाग नास्ती ० राख्नुपर्छ होइन भने भाग मिल्दैन। म यो देशको राजनीतिलाई हेर्दैछु,हेर्दैछु के भनौ पढ्दैछु। किनभने म त फगत news हेर्ने मान्छे हुँ, तर देश बारे चासो त छ नि मलाई। देशमा महङगी बढ्यो भने म news हेरेर घरमा कराउछु होला, तर बाहिर भएको आन्दोलन म हेर्न पनि जान्न। २१ दिनसम्म आन्दोलन चल्यो म घर बसेर cnn,bbc हेर्दै दिन बिताउथे, कती दिन त marriage पनि खेलियो होला। तर पनि मेरो लागि पनि देशले उतिनै माया गर्ला जती त्यो आन्दोलनमा जानेलाई गर्ला, किनभने democracy भनेकाइ तेही त होला मेरो विचारमा।

हुन त म अहिले पनि politics मा तेती interest दिन्न तरै पनि किन किन कता कता देशको माया भने हुदोरहेछ। देश पनि अहिले भाग बन्डाको राजनीतिमा चलिरहेछ। घरी गिरिजालाई राष्ट्रपती हुनु पर्या छ, घरी मकुनेलाई, तराइको पार्टिहरुलाई फेरी एक मधेश चहिएको छ, साना दलहरुलाई एउटा मन्त्री भये पुगिगो। सबैको आ आफ्नो स्वार्थ छ। जनता भन्न थालिसके कि बरु राजै पो ठीक थे कि नेपालको लागि। जनताले राजा हट्नु र हुनुमा तात्विक भिन्नता के पाये कुन्नी। सामन्ती संस्थाको जग सिदियो रे। जस्लाई बिहान खाए पछी बेलुका के खाउ भन्ने हुन्छ उस्लाई सामन्ती शब्दको अर्थ बुझ्ने फुर्सद नै छैन। शान्ती, सुरक्षा, महन्गी सबै उस्तै छ। यता यिनिहरु सत्ताको भाग बन्डामा ब्यस्त छन।

म एउटा subject सँग रिलेटेड mathematical calculation गर्दै थिए, सोच्छु यो राजनीतिको भाग बन्डा पनि एसरी नै भाग नास्ती ० राखेर हुने भये कती हुन्थियो, फेरी सोच्दा त यहाँ पनि भाग नास्ती सुन्ना कै त कुरो रहेछ। तर यो हिसाबमा भाग नास्ती ० होइन अरु नै केही चाहिन्छ कि। के होला त त्यो तेसोभए? गिरिजालाई नै राष्ट्रपती, माकुनेलाई राष्ट्रपती, मधेसिलाई राष्ट्रपती, फोरमलाई उप राष्ट्रपती ।नेपाली चरित्र वा सजिलो सबैले भन्ने भाषाको उत्तर भारतको कुनै स्वार्थ कि अमेरिकाको चल्खेल,भन्दिउ न अमेरिकालाई साम्यवाद सँग डर भएर।

Saturday, July 5, 2008

नेपाल/यातायात

मेरो दैनिकीको एउटा अभिन्न अङग हो नेपाल यातायात। मेरो अफिस आउने जाने साधन हो नेपाल यातायात।कालिमाटीबाट जावलाखेल सम्मको मेरो यात्रा को सुरुवात यसैबाट हुन्छ। यो सस्तो पनि छ, तर मलाई सस्तो भन्दा पनि दुई वटा चेन्ज गर्नु पर्दैन, तेही भएर म यही चढछु । यसको नाम कसैले जानेरै नेपाल यातायात राखेको हुनुपर्छ मलाई लाग्दछ। नेपालभित्र हुने घटना र यस बसको सेरोफेरोमा हुने घटनामा म खासै फरक पाउन्न। १० बजे अफिस पुग्नै पर्‍यो, सबैलाई हतारो छ। हुन त सरकारी काम गर्नेहरु किन टाईममै जान खोज्छन मलाई थाहा छैन, तर मेरो टाईममा जानुमा हाकिम्को ठुलो योग्दान छ भन्नुपर्ला। भनौ म हाकिमको अगाडि देखा पर्नै चाहन्न। मलाई हाकिम तेती मन पर्दैन, मन नै पर्दैन भनौ। तेही भएर १० बज्नु केही अगाडिनै गयो भने त उ पनि आएको हुन्न आनन्द लाग्छ मलाई। बसको प्रसँग थियो, म त बोसको कुरामा पो पुगेछु। मेरो हतारो चाँही त्यो हो भनौन। खैरो रङ्को बस, तेस्को आफ्नै पहिचान छ। जहा केही जान्न तेह्य नेपाल यातायात जान्छ भनेजस्तो। आज बस किन आएन, मान्छे टन्न जम्मा भैसके। कतै तेलको लाइनमा पो छ कि, आज आउला जस्तो छैन। ए आयो पो त टन्नै मान्छे पो छन त जाने कसरी? सबै जना दौडिन्छन। म दौडमा सामेल हुन चाहन्न, तेसैले सधैं उभिनुपर्छ मलाई थाहा छ। आज पनि म उभिए।


'अली भित्र भित्र जानुस् त, खलासी मान्छे थप्दै छ। ल ल एकापट्टी मात्र समातेर उभिनुस् त।' उभिनमा समेत पो गार्हो बनाये त। मान्छे थपिदै छन। 'ये भाई यो भारी हालौ न है', मिल्दैन दिदी यो अफिस ट्याममा त। 'यसो मिलाएर हलिदेउन त भाई', एकजना बुज्रुक बोल्न भ्याउछन। 'कती मिलाउने हो यो भन्दा त। 'छिटो गर न भाई अफिस जान ढिलो भाईसक्यो', अर्को बोल्छ। हतार हुनेले त ट्याक्सी चाडनु पर्थियो नि खलासी बोल्छ। बस अगाडि बढ्छ। अलिकता अगाडि अर्को नेपाल यातायात देखा पर्छ। अब यिनीहरु दुईवटाको प्रतिश्पर्धा हुन थाल्छ र एसो हुँदा कहिले समय भन्दा धेरै अघी पुगिन्छ कि धेरै पछी। कुनै बेला त कुरिराखेका सब यात्रुहरु हेरेको हेर्यै हुन्छन।

म बसमा उभीरहदा म यो सोच्न थाल्छु, यो बस र नेपालमा के नै फरक छ र? बस त नेपाल भईहाल्यो। यसको ड्राइभर राजनैतीक दलका नेताहरु जसले देश चलाऊने जिम्मा लिएका छन। खलासी चै ति दलका कार्यकर्ता। हामी यात्रु चै जनता। जसरी खलासी र ड्राइभर मिलेर यात्रुको सुबिधा बिना यात्रा गराउछन ठीक त्यसरी नै नेताहरु पनि जनतालाई सुबिधा दिने भन्दा पनि आफु कमाउनमै ब्यस्त छन। र जनता पनि उही त हो नि, जे भये पनि तेही बस चढ्नुपर्ने। आफु सचेत नहुने अनी नेतालाई मात्र गाली गर्ने। दुर्घटना भयो भने चै ड्राइभरलाई मात्रै गाली गर्ने। खलासी त खलासी भइगो। ड्राइभरले जे गर्‍यो त्यो ठीक। चाहे त्यो गलत नै किन नहोस्, आखिर उ पनि त पछीको फाईदा हेरेर त लागेको हो नि। एउटै यातायात हो तर यि ड्राइभरहरु किन मरिहत्ते गर्छन् आखिर सबको काम उस्तै त हो नि। समय मिलायर चलाये त नचैदो प्रतिस्पर्धा गर्नै पर्दैन थियो नि। तर नि राजनैतीक दलका नेताहरु कहा मिल्छन र मौका परे दुर्घटना गराउन पनि पछी पर्दैनन। म सोच्दै छु जब सम्म यो नेपाल यातायात सुध्रन्न तब सम्म नेपाल पनि सुध्रन्न। आखिर नेता पनि त तपाईं हामी जस्तै बाट बन्ने न हो। जस्तो हामी उस्तै हाम्रो नेता।

जावलाखेल कोइ छ? छिटो गर्नुस् है। खलासिलाई हतार छ। 'एक छिन है भाई, धेरै भिड छ।' म बल्लतल्ल निक्लन्छु। मेरो अफिसको पियन पनि तेही बसमा रहेछ। सर नमस्कार। उ मलाई सम्बोधन गर्छ। म नमस्कार फर्काउछु। 'सरको मोटरसाईकल छैन?'उसले यसरी सोध्यो मानौ म त केही नभएको मान्छे पो हु कि क्या हो? १० बजिसकेछ, फेरी हाकिमसँग भेट हुने भयो। म दिक्क मान्दै हाजिर गर्न उक्लन्छु।

(यो धेरै अगाडि लेखिएको हो तर यसको सन्दर्भ शायदै पुरानो होला, तेलको लाइन उस्तै होला अझै र उस्तै त होला नेपाल यातायात पनि।)

Wednesday, July 2, 2008

दर्पण

काठमाण्डौ भन्दा धेरै टाढाको बस्तिको कथा हो यो। तेस गाउँक मान्छे एक्दमै काम शीक्षित छन। हरी प्रसाद गाउँमा खेती किसानि गरेर जिविका चलाऊछन्। उनको खेतिपतिको बन्दोबस्त राम्रै छ। तरकारी खेती गर्छन् ३ जनको जहानलाई राम्रै खान पुग्छ। परिवारमा हरी प्रसाद्, इश्वर र आमा छन अहिले। दिदिको बिहे भाईसक्यो इश्वर्को।

इश्वर गाउँकै स्कुलमा पढ्यो सानो बेलामा त। उन्को बाउलाई लाग्यो छोराको भबिस्य राम्रो बनाउने हो भने राम्रो बोर्डिङमा हल्नुपर्छ। दु:खजिलो गरेर भये पनि बुढाले छोरोलाई सदर्मुकाममा लगेर पढाए। छोरो पनि मिहिनेती पर्‍यो बुढाको राम्रो डिभिजनका साथ् एस्एलसी पास गर्‍यो। हुनत छोराले काठमान्डौमा गएर पढ्छु नभनेको त होइन, तर बुढाले गाउँकै दश जोड दुई म राखेर पढाए। उसले त्यहा पनि राम्रै अंक शाहीत उतिर्ण भयो। छोरोका चाहना फेरि पनि शहरै जाने थियो तर गाउँकै स्कुल्मा पढाउने अवसर आयो उस्लाई। उस्ले पनि नाइ भनेन।
उस्को गणित र बिज्ञानमा राम्रो दख्खल थियो र स्कुलमा राम्ररी नै जम्यो भन्नुपर्‍यो। बाबु खेतिपाती गर्थे छोरो स्कुल्मा पढाउने,आमा घरको काम सम्भाल्ने। जीवन राम्रै चलिरहेको थियो।

५ बर्षा बितिसकेछ उस्ले स्कुलमा काम गर्न थालेको पनि। आमा बुढी एक्लै घरमा; छोरोलाई कर गर्न थालिन बाबु बिहे गर्नु पर्‍यो भनेर। तर छोरो अचेल कुन्नी के मा हराको छ, तेत्ति राम्रो जवाफ पनि दिदैन। अस्तिको महिना शहर गएर आएपछी के भा छ कुन्नी। 'ए बुढा छोरोको बिहे गर्ने होइन भन्या, मेरो कुरो कल्ले सुन्छ र यो घरमा', बुढी गंगानाउछिन।

शहर नामैले राम्रो लाग्न थाल्यो इश्वरलाई। जता ततै झिलिमिली, गाडीहरुका लहर, मान्छेको भीड, सबै सबै। उ गाउँकै माइलाबाको छोरोकोमा बसेको थियो। उस्ले सोच्यो समयमै यो शहरमा आएर पढेको भये म पनि येतै जागिर खाएर ठुलो मान्छे पो बन्थें कि। उस्लाई लाग्यो गाउँमा के छ र। बर्षाभरी लाएर खेती गर्‍यो,कहिले पानी परेर दाम आउन्न त कहिले असिना पर्दिन्छ, केही भन्नै गर्हो। गाई बस्तुलाई घास पनि चाहियो, स्कुल्मा दिनभरी करायो आउने बेलामा पैसा कम्। दर्बन्दिमा पर्‍यो भने बढ्छ भन्छन कहिले हो कहिले। शहर कति आनन्द छ।माइलाबाको छोरोले राम्रै कमाइ गरेको छ। जमानामा भन्सारमा छिरेको क्या शानको घर छ अहिले। टिवि, फिरिज, लुगा धुने मसिन, हुँदा हुँदा भुइ बडार्ने सम्म पो मसिन छ त। गाउँमा आमाले बाबियोको कुचोले बडार्छिन्। कता कता फुरुङ पर्छ।खास्मा उ गाउँकै एउटा साथीले बोलाको भएर आको।

रत्नपार्कतिर हिद्डै हुन्छ,अचानक एउटा पारीचित आवाजले बोलाको सुन्छ,'इश्वर सर'। ए आफ्नै विद्यार्थी पो रहेछ,नबिन। उस्ले एस्एलसी मा ट्युसन पढाएको केटो। 'सर के गर्दै हुनुहुन्छ अचेल?' उस्ले प्रश्न गर्छ। म त गाउँतिरै छु। 'ए सर त अझै तेही हुनुहुन्छ, म त हजुर पनि येतै आउनुभएछ भन्ठानेको। के गर्नु हुन्छ सर गाउँ बसेर? म त प्लुस 2 येतै गरे,अब bachelors पढ्न अष्ट्रेलिया जन लगेको सर, यहाँ बसेर केही होला जस्तो लाग्दैन सर मलाई त।'

बेलुका साथीको कोठामा पुग्छ।साथिले भन्छ,' हेर तँ त राम्रो पढ्ने मान्छे यहाँ बसेर केही हुन्न। म त कोरिया जानको लागि तयारी गर्न लाको छु, त पनि जाने भये घरमा सल्लाह गरेर येतै आइज सँगै बसेर पढौंला ,के त।'
उस्लाई निद्रै लगेन तेस रात, ओल्टे कोल्टेमा रात बित्यो। रातभरी सोच्यो। आफुले पढाको केटाहरु सबै बिदेश्मा गएर तेत्रो उन्नती गर्न थालइसके आफु भने गाउँमा बसेर रमाको छु। घटना एक्दुमै सामान्य थियो तर तेस्को असार दर्हो पर्‍यो उस्लाई। सोच्यो गाउँमा के छ र, मरी मरी काम गर्‍यो खेत बारीमा, कहिले भाउ नै आउन्न, कहिले बाटो बन्द हुन्छ। अस्तिको पालिको अदुवा अझै भाउ नआएर बेचेको छैन। बाउ सधैं घोटियेकै छन, आमा पनि, आफु पनि दिन रात काम गरेकै छ, तैपनि जीवन उस्तै छ। गाउँमा को नै छ र अहिले; झन उ त पढेलेखेको मान्छे। उसले सपना देख्यो त्यो रात बिदेश गाको,सबै राम्रै राम्रो।

हुन त उस्लाई एस्ता अनेक सोचहरु समय समय मा न आएका पनि होइनन्।६-७ बर्षा अघि पनि उ झन्डै जङल पसेको थियो। नयाँ नेपाल बनाउने सोच्का साथ, दलित उत्पीडितको आवाज बुलन्द गर्ने उस्को सपना पनि थियो। पढे लेखेको मान्छे उनिहरुलाई पनि चाइएको। एक दुई ठाउन्म त हिन्डेको पनि हो जुवा तास बन्द गराउन लाई भनेर।तर तेही बेलामा आमा बिरामी भएर उपचार् गराउन काठमाडौं लानु पर्ने भयो र उ त्यता पनि राम्ररी लग्न सकेन। एक चोटि त आर्मी पनि आएको थियो घरमा सोध्पुछ को लागि भनेर। धन्न उस्को ठुला बौ जमनाका आर्मीमा जागिर खाएका बुढा थिए कुरो मिलाए, बच्यो। नत्र उ सङैका अझै पनि त बेपत्तै छन। तर बच्ने हरु त अहिले सभासद पनि भाईसके भन्ने सुनेको हो उस्ले पनि तर भेटेको भने छैन।अस्ती चुनावमा त राम्रै सहयोग गरेको हो उस्ले पनि।

तलाई के नपुग छ र यहाँ। हामी तीन जनाको जहान, खेतीपाती ले राम्रै खान पुगिहाल्छ। तेरो पनि त कमाइ छ नि। एस्एलसी को बेलातिर त ट्युसन पढाएर पनि त राम्रै कमाउछस नि। आमा पनि अब बुढी भैसकी, अब छोरोको बिहे गरौन्ला यो पाली भनेको त झन। दिदि को बिहे भाईगो, त पनि गैस भने हामीलाई कस्ले हेर्छ भन त परेको बेलामा। 'होइन बा मेरो केही गर्ने बेला हो यो, अस्तिन पनि उतातिर लग्न खोज्दा तपाईंहरुकै करणले मैले माने। यो पाली चै मैले निस्चय गरिसके बा, मा जाने हो।' आमा रुन खोज्दैथिन, उ निस्किहाल्यो। 'अब खान खाने बेलामा कता हिड्यो यो, बाबु ए बाबु। तपाईंले पनि भोली सम्झाको भये हुनी नि'। 'छोड् दे शहरमा गयो कस कस्लाई भेटेर आयो कसले के कुरा भने अनी। '

उस्ले साथीसङै बसेर कोरियान भाषाको तालिम गर्‍यो, जाच पनि दियो। २ महिन पछी नतिजा आयो ,उस्को पनि नाम निस्किएको रहेछ। बाउ आमा छोरो गाउँ मै आयो भनेर दङ थिए, अब फेरि छोरो जाने भयो भनेर चिन्ता गर्न थाले। हेर्नुस् बा, २ बर्षा त हो नि, तेस्पछी त म अैहल्छु नि,हाम्रा दु:ख का दिन गये अब बा। बा के बोल्ने के नबोल्ने अवाक थिए। स्कुलमा दर्बन्दी थप गर्दै छ रे,त पढाईराको मान्छे, थाइ जागिर हुन्थियो, तेरो साथी पनि त सभासद भा छ क्यारे। होइन बा अब त म जाने निस्चित भाईसक्यो, मलाई नरोक्नुस्।

छोरो गयो। एक बर्षा त येतिक्कै बितिसकेछ। दसैं आयो, बुढाले छोरोलाई फोन गरे।बा म एक्दुम आरामै छु। मेरो चिन्ता गर्नु पर्दैन, मैले पठको पैसा त पाइरनुभा छ नि। आमको दमको पनि राम्रो ठाउमा लगेर उपचार् गर्नु। तिहार आयो, दिदिको एक्लो भाई सार्है खल्लो महशुस गरिन। तर दुई बर्षा त एसै बितिहाल्छ नि भनेर मन बुझाईन। छोरोको अचानक फोन आयो एक्दिन। बा मेरो यहाँन्को काम देखेर उनिहरु एकदम खुशी भए। मैले अब भरी सारी बोक्ने काम गर्नु पर्दैन,हिसाब किताब हेर्ने थाउन पये।बुढा पनि खुशी नै भए।

फेरि छोरोको फोन आयो ६ महिन पछी, बा मेरो कामबाट उनिहरु खुशी भए, फेरि २ बर्षा लाई मेरो म्याद थपिदिए। म त अझै २ बर्षा दु:ख गर्ने भए। बुढाले भने,'अब पैसो पुगिगो नि बाबु, हामीलाई खान खेती ले पुगिहाल्छ, त अब येतै अइज।' होइन बा बरु खेती गर्न छोडिदिनुस्, घरमा पनि काम गर्ने मान्छे राख्नुस्, म येतै बाट हेरौला तपाईंले अब दु:ख गर्नु पर्दैन। बुढाले केही भनेनन।

छोराले बिस्तारै कम फोन गर्न थाल्यो।पैसा पनि पहिले जस्तो पठाउदैन तेति। ६ महिन पछि फेरि छोरोको फोन आयो। बा मैले त येतै बिहे गरे। केटी त नेपालीनै हो बा।नेपाल आउ, बिहे गर,फेरि फर्क, पैसा पनि धेरै खर्छ हुने भयो।अब बुहारी लिएर आउछु बा एकै चोटि। अब छोराको फोन झन कम हुन थालयो।बुढाले एक्जना काम गर्ने रखे घरमा, दमको रोग गार्हो भो बुढीयलाई। जीत मान, बुढीको राम्रो स्यहार गर्छ, घास पनि काट्छ, बुढालाई पनि राम्रै मद्घत गर्छ। बुढाले पनि स्कुल हालिदे जीतेलाई। पढ्न पनि राम्रै पद्छ।

धेरै पछि बुढाले छोरोलाई फोन गरे। बा एस्पाली पनि दशैमा आउँछु भनेको छुटी नै मिलेन, यता काम को सिजन छ अहिले।बुहरी पनि बच्चा पाउनेवला छे। अब बा पनि शहरतिरै आएर बस्न पर्‍यो बा।हामी पनि फर्केर आए पछि गाउँमा बस्न सकिन्न्न अब। म पैसा पठैदिन्छु, काठमाडौं को छेउ छौमा जग्गा लिएर घर बनाउनु पर्‍यो बा। भयो छोरा मलाई पैसा चहिन्न अहिले, म गाउँमै ठीक छु। तिमीहरु यहीं आएपछी बिचार गरौल। छोरोले आमको बारे पनि सोधेन। बाउ खिन्न भएर फर्किए। बुढीलाई भने अब आउछ रे तेरो छोरो, यहिँ आएर सँगै बस्ने रे। बुढी दङ पारीन।

बुढा फलैचाम बसेर चुरोट पिउदै छन्। बुढी पिढिमा बसेर तरकारी केलाउदै छिन्। जीते बन्चरो ले दाउरा चिर्दै छ। आमा मै पकाउल है भात तपाईंलाई खोकी लाग्छ, जीते भन्छ।जीते भोटेको बच्चा हो अब उनीहरुले बिर्सिसके। बुढा जीतेको अनुहारमा हेर्छन, कता कता इश्वर देख्छन्। इश्वर अब उनको दुनियाँमा फर्कन्न उन्लाई लगिसक्यो।'ए बाबु, जा हेर त तरकारी ढड्यो कि क्या हो, धुवा आयो जस्तो छ नि'। 'बा चुरोट् कति खाको टिवि हुन्छ रे, हाम्लाई स्कुलमा भनेको', बुढा झल्यस्स हुन्छन।

( यस कथाका पात्र तथा घटना सबै वास्तविक हुन, कसैको जीवन सँग मेल खाएमा संयोग् मात्र हुनेछ। )