Skip to main content

Posts

Showing posts from December, 2008

घाम डुबी तारा नउदाएको आकाश हुँ म

भिमदर्शन रोकाको कविता हो यो। पुरा कविता त याद छैन। यो साल हामीलाई छोडेर जाँदैछ। अर्को साल केही दिनमै शुरु हुँदैछ। यो पनि घाम डुबेर तारा नउदाउदाको जस्तै समय त हो नि। तर यसको अर्थ मैले २००८ लाई घाम र अब रात आउन लागेको भन्न खोजेको होइन। यो समय पनि सन्क्रमणकालको समय हो भन्न खोजेको मात्रै हो। यस्तै केही घाम डुबेका तस्बिर संकलन गर्ने प्रयास हो यो।

परिवर्तन

मलाई चिनेनौ कि क्या हो?
म दौरा-सुरुवाल छोडेर सुटमा सजिएकोछु
म त्यही त हुँ
जसले तिम्रो जीवनलाई परिवर्तन गर्न
आफ्नो सारा जीवन बिताइदियो

तिमीले खोजेको
मैले पनि चाहेको
भईरहेकै छ नि
हिजो उनिहरुको हातमा मात्र शक्ती थियो
आज हामी सबैको हातमा बन्दुक र खुकुरी छ

त्यो अस्पताल हेर त
हामीले तेसको नाम परिवर्तन गरिदियौं
भलै तिमीले डाक्टर र ओखती फेला नपारौला
तर त्यो नयाँ अस्पताल त हो नि

त्यो बिधालय हेर त
हामीले तेसको पनि नाम परिवर्तन गरिदियौं
भलै तिमीले शिक्षक फेला नपारौला
किताब र कापीको सट्टा इट्टा र टायर बोक्ने जमात पनि भेटौला
तर त्यो नयाँ बिधालय त हो नि

तिम्रै लागि यो राजमार्गको नाम पनि फेरियो
भलै चक्काजामले गाडी गूड्न नपाओस
नयाँपन त आयो नि

तिमीले गुनासो गर्ने गर्थियौ नि
हामी जिन्दगीभर दियालोमा बाँच्ने
शहर चै सधैं झिलिमिली हुने
हेर त हामीले शहर पनि परिवर्तन गरिदियौं
अब उनिहरु पनि टुकिमा पढ्दैछन

तिमीले अझै मलाई चिनेनौ?
राजा त म होइन नि
हामीले त्यो व्यवस्था हटाइसक्यौं
म त्यही त हुँ
जसले तिम्रो जीवनलाई परिवर्तन गर्न
आफ्नो सारा जीवन बिताइदियो

Thanks for the coffee

चिसो बढ्ने क्रम घटेको छैन। बाटोमा जमेका हिउँ पग्लिसकेको छैन। यो ठाउँमा एक महिना अघि मात्र पनि हरियाली थियो भन्ने कुरा असम्भव झै लाग्छ। साँझ हुन खोज्दैछ तर पूर्ण चन्द्र आकाशमा छ। राती घाम देखिने ठाउँमा दिउसै चन्द्रमा देख्नु पनि के नौलो भयो र! म आफ्नो बासस्थानमा फर्कदैछु। मलाई हिउँमा टेक्दै त्यसको आवाज सुन्दै हिंड्न रमाइलो लाग्छ, तर आज त म गीत सुन्दै हिंड्दैछु। यस्तो हिँउमा पनि साईकल चलाऊदै हिंड्छन यिनिहरु, अचम्म लाग्छ मलाई। हुन त जहाँ जे छ तेस्मै रमाउन सक्यो भने त जीवन सरल हुन्छ नि। हामी भए हिँउ पर्नासाथ बेसींतिर झरिसक्थ्यौं होला। सजिलो भयो नि त्यो बाटो।

पछाडिबाट साईकलवालाले घन्टी बजाउदै रहेछ, गीतको सुरमा मैले त सुनिनछु। पछी देखेर ठाउँ छोडिदिएँ। अगाडि गएर हिँउमा नमज्जासँग लड्यो साईकल। म पनि अगाडि सरे साईकल उठाउन मद्धत गर्न। साईकल उठाएपछी हेर्छु त एक युवती रहिछ। उसै त गोरी, तेसमाथि पनि त्यो lamp-postको प्रकाश हिँउमा छरिएर झनै गोरी देखिन पुगी। धन्यवाद सुन्न पाइयो, तेतिमै धन्य भईयो आफु त। कसैलाई बनाउदा पनि इश्वरले कति मिहिनेत गर्छन् होला। मैले उसलाई कुनै परीभन्दा कम देखिँन। उ साईकल डोहोराउ…

abstract कविता

पातमा अडेको पानी
आँशुले भरिएको आँखाको नानी
पग्लेको हिउँको पानीझै
चिप्लिएछु मै पनि

फुसफुस परेको हिउँ
थाकेको छ जीउ
मन भन्छ नलिउँ
मौसम भन्छ पिउ न पिउ

मौसम छ जाडो जाडो
रौं पनि भए ठाडो ठाडो
तिमी छौ तेती टाढो
तैपनी माया छ गाढो

खोइ त अचेल घाम
मान्छेकै मात्र छ लाम
गएर आए चार धाम
हजुरबा लिदैछन रामको नाम
कामरेडले गरे लालसलाम
खानै गार्हो भो माम
कविता लेख्ने पो भो काम