Skip to main content

म प्रेसिडेन्ट हुँदा...

मलाई थाहा छैन यो औधी खुशीको कुरा हो कि ठिकै कुरा हो या निराशाको कुरा हो। तर जे भए पनि यो मेरो जीवनको एउटा नौलो अनुभवको कुरा चै हो। म नेपाली समाजको समाजको प्रेसिडेन्ट हुन पुगे। मैले जीवनको कुनै पनि मोडमा यस्तो कल्पना पनि गरेको थिईन कि म कुनै संस्थामा अगाडि बसेर काम गरौला। मनिसहरुको जमातमा रमेर ठट्टा गरेपनि म प्राय एकान्तमै रमाउने गर्छु। हुन त सबै मनिसको सबै सँग कुरा मिल्छ भन्ने त छैन। एउटै खाटमा सँगै रात बिताउने श्रीमान र श्रीमतीको त सधैं कुरा मिल्दैन भने अरुको मिल्न पर्छनै भन्ने पनि त केही छैन नि। तर समाज त समाज नै हो नि, सबैको सबै कुरामा कहाँ सहमती हुन्छ र। सबै बिमति भित्र पनि सहमती को प्रयास त हो शायद नेत्रित्वले गर्ने।

लेख्न खोज्दै थिए एउटा कुरा, अन्तै तिर पो पुग्न थालेछु। आज पुरानो कमिटीले नयाँलाई हस्तान्तरण गर्ने दिन थियो। सबै साथीहरु उत्साहित थिए। तर उत्साह र उमङगकै बिचबाट एउटा नरमाइलो पनि महसुश भयो। साधारण कुरालाई लिएर भएको एउटा विवादले चर्कै रुप लिन पुग्यो। मान्छे ब्यक्तीगत कुरामा पनि पुगेर गाली गर्न तिर लागे। म सोच्न थाले यस्तै हो भने त काम गर्न त गर्हो पो होला कि। नेपाली समाज जहाँ सुकै पुगे पनि नेपालको सन्स्कार चै भुल्दो रहेनछ। चाहे त्यो राम्रो होस् या नराम्रो। नेपालीहरु बिकसित मुलुकमा रहेर पनि मानसिकता चै बिकसित हुन सकेनछ जस्तो लाग्यो। सोचे यिनै मनिसहरु भोली बिदेशबाट सिकेर आएको कुरा, सिप लिएर नेपाल गए भने त देश त आखिर के नै परिवर्तन होला र। अर्को कुरा नेपालीहरुमा लोकतन्त्र भन्दा भन्दै यती राजनीतिले प्रवेश पाइसकेछ कि एउटा संस्थाले गर्ने काममा समेत राजनीति घुस्न थालेछ। हामी बिदेशमा छौ। सबै मिलेर चाडपर्बहरु मनाऔं, दु:ख सुखका कुराहरु साटौ,र आफ्नो सन्स्कृतिलाई पनि जोगाऔ भन्ने न उदेश्य हो। यस्मा त्यस्तो बिबाद केही आउनु पर्छ भन्ने त देखिदैन। तर के भन्ने भने जस्तो नहुने रहेछ। नेपालीहरु धेरै पैसामुखी मात्र पो भएका हुन कि के हो।

कुनै एउटा क्षणमा त यस्तो पनि लाग्यो म नेपालबाट बाहिर छैन। एक जना अर्कोको कुरा काट्नमा ब्यस्त छ। म नेपालमा जुन कुरा देखी डराएर बिदेश भागेको थिए, यहाँ पनि तेही कुराको पुनराव्रिती नहोस् भन्ने मात्रै चाहना हो। बिदेश भागेको भन्दा पनि आएको भन्नु पर्ला। मैले आएको अवसरलाई नछोडेको मात्रै हो, पढ्ने चाहना त्यो पनि बिदेशमा छात्रब्रिती पाएपछी। म सरकारी जागिर खान्थे, चिया सँगै यस्तै गफअरु हुन्थे। फलानो त ट्रेनिङमा पर्‍यो, फलानो हाकिम नराम्रो, यस्तै यस्तै। बिस्तारै बिस्तारै म पनि त्यस्तो कुरामा रमाउन थालीसकेको थिए। पछी म बरु ईन्टरनेटमा बसेर किताब पढेर बस्न थाले,ती कुराहरुमा तेती चासो दिन छोडे। तर तेसो भनेर गफनै नगर्ने भन्ने त होइन, तर सिमित र आवश्यक मात्रै। यहाँ आएर पनि फेरी तेही नदोहोरिउन भन्ने चाहना हो। तर सबै आफ्नो बसमा कहाँ हुन्छ र।

आखिर जे जस्तो विवाद आए पनि अन्तमा त टुङगो लाग्यो। म पनि पहिलो चोटि प्रेसिडेन्ट भए। भलै त्यो रामबरण यादवको जस्तो जोड घटाऊ र गणितको खेल थिएन र त्यस्तो उत्साह पनि थिएन। म आफ्नै बारेमा भन्दा म कुनै पनि समुहमा हुँदा नेता हुने क्षमता त म मा थिएन तर हुने कुनै निर्णयमा मेरो बिचार र प्रस्तावले पनि भूमिका चै खेल्थियो। कतीपए बेलामा मलाई साथीहरुले त मा त managerमा हुने जस्तो गुनहरु छ भन्थे म फुर्किन्थे बस तेही हो। कतीपय बेलामा भने राम्रै मान्छेहरुले पनि तपाईं ठुलो मान्छे बन्नुहुन्छ भनेर भन्थे। मैले यो संस्थामा बसेर नै म ठुलो मान्छे बन्छु भन्न खोजेको त होइन तर मलाई अचानक ति कुराहरु याद आउन थाले। के थाहा म मा तेस्तै क्षमता देखेर पो साथीहरुले प्रेसिडेन्ट बन पो भनेका हुन कि। सोचे मेरो लागि पनि यो एउटा चुनौती नै हो नि। यदी म यसमा सफल भए भने मेरो लागि र यो समाजको लागि पनि राम्रै हुन्छ नि। म र यो समाजको सफलता भन्नु नै यो बिदेशको भुमीमा हाम्रो देशको सफलता होइन र? यस्तै सोचे र खुशी पनि लाग्यो। भन्छन नि अधिकार र कर्तब्य सँगसगै आउछन। तेही भएर चुनौती पनि छ। यदी कुनै काममा चुनौती नै छैन भने त्यो कामको अर्थ पनि के नै रह्यो र होइन? जीवनको मजा नै तेस्मा छ नि।

Popular posts from this blog

देशभक्तिका कुरा

हनुमान र पाण्डवहरु

वानर सेना साथमा लिइ
वनवास बाट फर्केर आए
मर्यादाविहिन रामहरु
शहरमा स्वागत द्वार बनाइ
कुर्दैछन सारा हनुमानहरु

आँखा भएको  धृतराष्ट्र सामु
द्रोपदीको सारी तान्दैछन
बलवान दुर्योधनहरु
निर्लज्ज भै बसेर
हेर्दैछन् सारा पाण्डवहरु

अनन्त बाँदर सिद्धान्त

म आफ्नो पढाईसँग सम्बन्धित केही कुरा खोज्दैथिएँ। अचानक internetको link र hyperlinkबाट एउटा सिद्धान्तमा पुग्दा निकै चासो लाग्यो। Infinite monkey theorem भनिने उक्त सिद्धान्तबारे wikipedia लेख्दछ:

"The infinite monkey theorem states that a monkey hitting keys at random on a typewriter keyboard for an infinite amount of time will almost surely type a given text, such as the complete works of William Shakespeare."

अर्थात एउटा बाँदरलाई अनन्त समय दिने हो भने र एउटा टाइपराइटर दिने हो भने, उसले तेसमा अनियमित किसिमले टाईप गर्दै गयो भने सेक्सपियरको कुनै कृति टाईप गर्न सक्छ।

यस सिद्धान्तलाई हाम्रो देशको संबिधान निर्माण गर्ने कुरा सँग दाँजेर हेरौन, कस्तो होला? यहाँ मैले सभासदहरुलाई बाँदरसँग तुलना गर्न भने खोजेको होइन है। यो त एउटा exampleमात्रै हो। ६००को सन्ख्यामा रहेका बाँदरले अन्धाधुन्द टाईप गर्ने हो भने अनन्त समय सम्ममा संबिधान अवश्य पनि लेखिनेछ। भनेपछी अनेकौ समितिहरु बनाएर किन झन्झट बेहोरीराख्ने। सबैजनालाई एक एकवटा शब्द टाईप गर्न दिए त भईहाल्ने रहेछ। यसलाई mathematical treatment गरेर हे…

के Twitter भीड हो?

नेपालमा इन्टरनेटको बढ्दो प्रयोग संगै सामाजिक संजालमा रमाउनेहरुको संख्या निकै पुगिसकेको छ। केही बर्ष अगाडि Hi5 र तेसपछि Facebook मा अभ्यस्त नेपाली पुस्ता अचेल Twitter मा जम्न थालेका छन्। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका कतिपय मुलुकमा यिनै सामाजिक संजालले जनताको आवाज विश्वमाझ पुर्याउन ठुलै भूमिका खेलेका छन्। म आफु पनि twitter मा छु धेरै अगाडिदेखि, तर खासै सक्रिय भने होइन। धेरै नेपाली पत्रकारहरुलाई twitter मा follow गरेको हुनाले संबिधानसभाको अन्त्य हुँदाताका भने मैले पनि twitter लाइ यस्तो अवस्थामा समाचार जान्न उपयुक्त ठानें। तर नेपाली twitter प्रयोगकर्ताहरु बढीरुपमा व्यक्तिगत गालीगलौचमा उत्रेको पाएँ। हुन त मलाई twitter एउटा भीड जस्तै लाग्छ। भीडमा राम्रा-नराम्रा सबै खाले मान्छे हुन्छन। भनिन्छ नि भीडको विवेक हुदैन, तेसैले होला सही विचार बोकेका व्यक्तिहरु पनि भीडको मानसिकताबाट निर्देशित भएको देखिन्छ कहिलेकाँही। अनि अर्को कुरा हामी नेपालीहरु अरुले गरेको कामलाइ राम्रो भन्न सक्तैनौ, त्यो हाम्रो सामुहिक चरित्र नै होला सायद। हामी समालोचना होइन बढी आलोचना गर्छौ। अझ गाली गर्छौ नै भनौंन। अनि…

कालो चिया कि दुध भा'को चिया?

तातो खानुहुन्छ कि चिसो? कसैकोमा जाँदा सोधिने सामान्य प्रश्न हो यो। तातो भनेपछि त चिया नै भैहाल्यो, कफीको तेती चलन पनि त छैन नि हाम्रोमा। चिया त खाने तर फेरि Black Tea कि Milk Tea भन्ने प्रश्न शुरु भैहाल्छ। कतै कतै Lemon Tea खाने कि भन्ने प्रस्ताव पनि आइहल्छ। हुन त दुधको भाउ पनि महँगो नै छ हाम्रोमा, तेही भएर पो हो कि सोधिराख्ने। हुन त कालो चिया खानु र दुध हालेको चिया खानुमा पनि सम्पन्नताको अर्थ संग नै त हेर्न नमिल्ला तर आफ्नो दिमागले त तेही सोचिहल्छ। आखिर जे भए पनि दुध किन्न नसक्नेको लागि पनि राम्रो कारण बनेको छ कालो चिया। Health को कारणले गर्दा कालो चिया खाएको भन्यो, राम्रै हो। Gastritis भएर पनि धेरैले दुध चियालाई बन्द गरेको भन्छन, आफु पनि पिडित नै हो तर खै यो तथ्य भने medical science  ले prove गरेको हो कि हल्ला हो त्यो भने थाहा भएन। हुन त नेपालमा gastritis बाट पिडित नहुने कमै होलान, महले त एकचोटी नेपालीहरुलाई नागरिकतानै यहि रोग हेरेर दिए राम्रो भन्थे क्यार। 
त्यसो त गाउँमा बाहेक शहरतिर खाइने चियामा त दुधको काम भनेको चियालाई धमिलो बनाउने मात्र त हो। तर पनि कसैले केहि नसोधेमा मेरो रोजाई…

कार्यशील जिन्दगी बगिरहने नदी हो

कार्यशील जिन्दगी बगिरहने नदी हो
जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन जुन नदीमा  बग्दैजाँदा कहिले फूल भेटिन्छन
जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन् जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन
पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ भन्ने कुरा सत्य हो पुर्खाहरु भन्ने गर्छन कार्यशील जिन्दगी बगिरहने नदी हो

सानै छँदादेखि सुनेको बालगीत हो यो। तेतिखेर सायद शब्दमा ध्यान दिइएको थिएन। रामेशको संगीतमा रहेको हो यो गीत, शब्द भने मन्जुलको हुनुपर्छ तर पक्का भने छैन। नभन्दै कार्यशील जिन्दगी बगिरहने नदी नै त हो नि। केहि कार्य गर्ने जोश जाँगर नै त हो हाम्रो जीवनरुपी नदीको बग्नुको कारण। केही नगरिकनै जीवन बिताउन खोज्नु पनि एक प्रकारले रोकिनु त हो, नबगेपछि फोहोर हुनु स्वाभाविक नै त हो। तेसैले जीवनलाइ बग्ने नदीजस्तै बनाऔ र सफा र स्वच्छ बनौ।

म लेख्नेछु एकदिन

पहाडसरि भावहरु उर्लेका बेला गम्दै, खोज्दै, मुछ्दै, साँचोमा राख्दै, इँटाजस्तै शब्द बनाउदैथिएँ, मिलाएर राख्ने कोशिश गर्दैथिएँ ठीक त्यसैबेला तिमीले देख्यौ र तत्काल घोषणा पनि गरिदियौ आहा! कति राम्रो कविता अनि म कवि भएँ
छन्द मिलाउने के कुरा भाव मिलाउने त झन् के कुरा काँचै थिए शब्दहरु खारिनै बाँकी थिए परिपक्वता त झन् आएकै थिएन नजानेरै म कवि भएँ
अचेल! व्यवहारिक, सामाजिक हुनुपर्ने 
केही रहरले केही करले केही कुरा जीवनले सिकाउदैछ केही आफैं पनि सिक्दैछु भावहरु नआउने होइनन नलेखेको पनि होइन लेखिरहन्छु मेटिरहन्छु

गफै त हो

लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि, यस्तो सोचिन्थ्यो आफु पनि। के नै बुझिएको छ र बुझ्ने कुरो लेख्नलाई त। कति कुरो बुझ्नु, संसार अथाह छ बुझेरै पनि के सकिन्छ र। बुझ्नेले पनि के नै नाप्या छन र। देशको बारेमा कुरो के गर्नु गरिसाध्य भए पो। वास्तै नगरिकन पनि बस्न नसकिने, वास्ता गर्यो भने झनै बस्न नसकिने। कुरा यस्तो छ। नेतालाई कति गाली गर्नु, अरुलाई खै कसलाई पो गालि गर्नु, जानेको काम तेही हो अरुलाई गाली गर्ने। आफुले केहि गर्न सक्या होइन, ठाउमा बसेका तिनै नेता छन तिनैलाई त हो नि गाली गर्ने। धान भाको भए बरु कति बालि हुन्थ्यो होला यो संबिधान त खै आउने पो हो कि होइन। भ्रस्टाचारी नेता जेलमा पर्यो रे, राम्रो समाचार हो रे। खै सबै जनता नै भ्रस्ट भएको ठाउँमा एउटा नेतालाई थुनेर के पो होला र। घुस खाएर चारतल्ले घर ठड्याउने खरदारलाई प्रगति गरेको भन्ने समाजले तेही घुस नखाने एउटा अधिकृतलाई मुर्ख भनेर तक्मा दिन्छ भने। उसैपनि एकवर्षपछि एउटा किताब हातमा लिएर जेलबाट निस्कने त होला। छाप्न खोज्नेको पनि लाइन होला। राम्रा लेखकका किताब छाप्न त उह…

आगो, सपना र जलेको विपना

झर्दैछु तेही ओरालो
जहाँ टेकेर उकालो चढ्न खोजेको थिएँ

पछ्याउदैछु तिनै जुनकिरिहरुलाई
जो आगोका रापमा मरेका थिए कुनैबेला

तर्न खोज्दैछु खोलाहरु
डुंगाहरु पनि त जलिसकेछ्न तेही आगोमा

आशाहरुको खेती गर्न भनेर
पसिना बगाउने प्रयास गर्छु
त्यो आगोले जमिन पनि सुख्खा भइसकेछ

टन्टलापुर घामले पोल्दा
चौतारीमा बस्न खोज्छु
त्यो पनि तेही आगोमा बलेछ

तिर्खा मेटौ भनेर
पानीको मूल खोज्छु
जंगल त झन् डढेलोले नष्ट भएछ

एकान्तले सताएर
आफन्तलाइ भेट्न जान्छु
आगोको राप सहन नसकेर सबै कता कता हराएछन

हिड्दा हिड्दै
आज फेरि काँडाले बिझायो
सबै घोच्ने काँडाहरुलाई सिध्याउछु भनेर
बोकेको आगोले
काँडाको बीउलाई त सिध्याउन सकेको रहेनछ
उल्टो आफ्नै विपना पो जलेर खरानी भइसकेछ

( अप्रमाणित भएका माओवादीको लडाकुहरुको भावनालाइ समेट्ने प्रयास हो यो)