Skip to main content

दर्पण

काठमाण्डौ भन्दा धेरै टाढाको बस्तिको कथा हो यो। तेस गाउँक मान्छे एक्दमै काम शीक्षित छन। हरी प्रसाद गाउँमा खेती किसानि गरेर जिविका चलाऊछन्। उनको खेतिपतिको बन्दोबस्त राम्रै छ। तरकारी खेती गर्छन् ३ जनको जहानलाई राम्रै खान पुग्छ। परिवारमा हरी प्रसाद्, इश्वर र आमा छन अहिले। दिदिको बिहे भाईसक्यो इश्वर्को।

इश्वर गाउँकै स्कुलमा पढ्यो सानो बेलामा त। उन्को बाउलाई लाग्यो छोराको भबिस्य राम्रो बनाउने हो भने राम्रो बोर्डिङमा हल्नुपर्छ। दु:खजिलो गरेर भये पनि बुढाले छोरोलाई सदर्मुकाममा लगेर पढाए। छोरो पनि मिहिनेती पर्‍यो बुढाको राम्रो डिभिजनका साथ् एस्एलसी पास गर्‍यो। हुनत छोराले काठमान्डौमा गएर पढ्छु नभनेको त होइन, तर बुढाले गाउँकै दश जोड दुई म राखेर पढाए। उसले त्यहा पनि राम्रै अंक शाहीत उतिर्ण भयो। छोरोका चाहना फेरि पनि शहरै जाने थियो तर गाउँकै स्कुल्मा पढाउने अवसर आयो उस्लाई। उस्ले पनि नाइ भनेन।
उस्को गणित र बिज्ञानमा राम्रो दख्खल थियो र स्कुलमा राम्ररी नै जम्यो भन्नुपर्‍यो। बाबु खेतिपाती गर्थे छोरो स्कुल्मा पढाउने,आमा घरको काम सम्भाल्ने। जीवन राम्रै चलिरहेको थियो।

५ बर्षा बितिसकेछ उस्ले स्कुलमा काम गर्न थालेको पनि। आमा बुढी एक्लै घरमा; छोरोलाई कर गर्न थालिन बाबु बिहे गर्नु पर्‍यो भनेर। तर छोरो अचेल कुन्नी के मा हराको छ, तेत्ति राम्रो जवाफ पनि दिदैन। अस्तिको महिना शहर गएर आएपछी के भा छ कुन्नी। 'ए बुढा छोरोको बिहे गर्ने होइन भन्या, मेरो कुरो कल्ले सुन्छ र यो घरमा', बुढी गंगानाउछिन।

शहर नामैले राम्रो लाग्न थाल्यो इश्वरलाई। जता ततै झिलिमिली, गाडीहरुका लहर, मान्छेको भीड, सबै सबै। उ गाउँकै माइलाबाको छोरोकोमा बसेको थियो। उस्ले सोच्यो समयमै यो शहरमा आएर पढेको भये म पनि येतै जागिर खाएर ठुलो मान्छे पो बन्थें कि। उस्लाई लाग्यो गाउँमा के छ र। बर्षाभरी लाएर खेती गर्‍यो,कहिले पानी परेर दाम आउन्न त कहिले असिना पर्दिन्छ, केही भन्नै गर्हो। गाई बस्तुलाई घास पनि चाहियो, स्कुल्मा दिनभरी करायो आउने बेलामा पैसा कम्। दर्बन्दिमा पर्‍यो भने बढ्छ भन्छन कहिले हो कहिले। शहर कति आनन्द छ।माइलाबाको छोरोले राम्रै कमाइ गरेको छ। जमानामा भन्सारमा छिरेको क्या शानको घर छ अहिले। टिवि, फिरिज, लुगा धुने मसिन, हुँदा हुँदा भुइ बडार्ने सम्म पो मसिन छ त। गाउँमा आमाले बाबियोको कुचोले बडार्छिन्। कता कता फुरुङ पर्छ।खास्मा उ गाउँकै एउटा साथीले बोलाको भएर आको।

रत्नपार्कतिर हिद्डै हुन्छ,अचानक एउटा पारीचित आवाजले बोलाको सुन्छ,'इश्वर सर'। ए आफ्नै विद्यार्थी पो रहेछ,नबिन। उस्ले एस्एलसी मा ट्युसन पढाएको केटो। 'सर के गर्दै हुनुहुन्छ अचेल?' उस्ले प्रश्न गर्छ। म त गाउँतिरै छु। 'ए सर त अझै तेही हुनुहुन्छ, म त हजुर पनि येतै आउनुभएछ भन्ठानेको। के गर्नु हुन्छ सर गाउँ बसेर? म त प्लुस 2 येतै गरे,अब bachelors पढ्न अष्ट्रेलिया जन लगेको सर, यहाँ बसेर केही होला जस्तो लाग्दैन सर मलाई त।'

बेलुका साथीको कोठामा पुग्छ।साथिले भन्छ,' हेर तँ त राम्रो पढ्ने मान्छे यहाँ बसेर केही हुन्न। म त कोरिया जानको लागि तयारी गर्न लाको छु, त पनि जाने भये घरमा सल्लाह गरेर येतै आइज सँगै बसेर पढौंला ,के त।'
उस्लाई निद्रै लगेन तेस रात, ओल्टे कोल्टेमा रात बित्यो। रातभरी सोच्यो। आफुले पढाको केटाहरु सबै बिदेश्मा गएर तेत्रो उन्नती गर्न थालइसके आफु भने गाउँमा बसेर रमाको छु। घटना एक्दुमै सामान्य थियो तर तेस्को असार दर्हो पर्‍यो उस्लाई। सोच्यो गाउँमा के छ र, मरी मरी काम गर्‍यो खेत बारीमा, कहिले भाउ नै आउन्न, कहिले बाटो बन्द हुन्छ। अस्तिको पालिको अदुवा अझै भाउ नआएर बेचेको छैन। बाउ सधैं घोटियेकै छन, आमा पनि, आफु पनि दिन रात काम गरेकै छ, तैपनि जीवन उस्तै छ। गाउँमा को नै छ र अहिले; झन उ त पढेलेखेको मान्छे। उसले सपना देख्यो त्यो रात बिदेश गाको,सबै राम्रै राम्रो।

हुन त उस्लाई एस्ता अनेक सोचहरु समय समय मा न आएका पनि होइनन्।६-७ बर्षा अघि पनि उ झन्डै जङल पसेको थियो। नयाँ नेपाल बनाउने सोच्का साथ, दलित उत्पीडितको आवाज बुलन्द गर्ने उस्को सपना पनि थियो। पढे लेखेको मान्छे उनिहरुलाई पनि चाइएको। एक दुई ठाउन्म त हिन्डेको पनि हो जुवा तास बन्द गराउन लाई भनेर।तर तेही बेलामा आमा बिरामी भएर उपचार् गराउन काठमाडौं लानु पर्ने भयो र उ त्यता पनि राम्ररी लग्न सकेन। एक चोटि त आर्मी पनि आएको थियो घरमा सोध्पुछ को लागि भनेर। धन्न उस्को ठुला बौ जमनाका आर्मीमा जागिर खाएका बुढा थिए कुरो मिलाए, बच्यो। नत्र उ सङैका अझै पनि त बेपत्तै छन। तर बच्ने हरु त अहिले सभासद पनि भाईसके भन्ने सुनेको हो उस्ले पनि तर भेटेको भने छैन।अस्ती चुनावमा त राम्रै सहयोग गरेको हो उस्ले पनि।

तलाई के नपुग छ र यहाँ। हामी तीन जनाको जहान, खेतीपाती ले राम्रै खान पुगिहाल्छ। तेरो पनि त कमाइ छ नि। एस्एलसी को बेलातिर त ट्युसन पढाएर पनि त राम्रै कमाउछस नि। आमा पनि अब बुढी भैसकी, अब छोरोको बिहे गरौन्ला यो पाली भनेको त झन। दिदि को बिहे भाईगो, त पनि गैस भने हामीलाई कस्ले हेर्छ भन त परेको बेलामा। 'होइन बा मेरो केही गर्ने बेला हो यो, अस्तिन पनि उतातिर लग्न खोज्दा तपाईंहरुकै करणले मैले माने। यो पाली चै मैले निस्चय गरिसके बा, मा जाने हो।' आमा रुन खोज्दैथिन, उ निस्किहाल्यो। 'अब खान खाने बेलामा कता हिड्यो यो, बाबु ए बाबु। तपाईंले पनि भोली सम्झाको भये हुनी नि'। 'छोड् दे शहरमा गयो कस कस्लाई भेटेर आयो कसले के कुरा भने अनी। '

उस्ले साथीसङै बसेर कोरियान भाषाको तालिम गर्‍यो, जाच पनि दियो। २ महिन पछी नतिजा आयो ,उस्को पनि नाम निस्किएको रहेछ। बाउ आमा छोरो गाउँ मै आयो भनेर दङ थिए, अब फेरि छोरो जाने भयो भनेर चिन्ता गर्न थाले। हेर्नुस् बा, २ बर्षा त हो नि, तेस्पछी त म अैहल्छु नि,हाम्रा दु:ख का दिन गये अब बा। बा के बोल्ने के नबोल्ने अवाक थिए। स्कुलमा दर्बन्दी थप गर्दै छ रे,त पढाईराको मान्छे, थाइ जागिर हुन्थियो, तेरो साथी पनि त सभासद भा छ क्यारे। होइन बा अब त म जाने निस्चित भाईसक्यो, मलाई नरोक्नुस्।

छोरो गयो। एक बर्षा त येतिक्कै बितिसकेछ। दसैं आयो, बुढाले छोरोलाई फोन गरे।बा म एक्दुम आरामै छु। मेरो चिन्ता गर्नु पर्दैन, मैले पठको पैसा त पाइरनुभा छ नि। आमको दमको पनि राम्रो ठाउमा लगेर उपचार् गर्नु। तिहार आयो, दिदिको एक्लो भाई सार्है खल्लो महशुस गरिन। तर दुई बर्षा त एसै बितिहाल्छ नि भनेर मन बुझाईन। छोरोको अचानक फोन आयो एक्दिन। बा मेरो यहाँन्को काम देखेर उनिहरु एकदम खुशी भए। मैले अब भरी सारी बोक्ने काम गर्नु पर्दैन,हिसाब किताब हेर्ने थाउन पये।बुढा पनि खुशी नै भए।

फेरि छोरोको फोन आयो ६ महिन पछी, बा मेरो कामबाट उनिहरु खुशी भए, फेरि २ बर्षा लाई मेरो म्याद थपिदिए। म त अझै २ बर्षा दु:ख गर्ने भए। बुढाले भने,'अब पैसो पुगिगो नि बाबु, हामीलाई खान खेती ले पुगिहाल्छ, त अब येतै अइज।' होइन बा बरु खेती गर्न छोडिदिनुस्, घरमा पनि काम गर्ने मान्छे राख्नुस्, म येतै बाट हेरौला तपाईंले अब दु:ख गर्नु पर्दैन। बुढाले केही भनेनन।

छोराले बिस्तारै कम फोन गर्न थाल्यो।पैसा पनि पहिले जस्तो पठाउदैन तेति। ६ महिन पछि फेरि छोरोको फोन आयो। बा मैले त येतै बिहे गरे। केटी त नेपालीनै हो बा।नेपाल आउ, बिहे गर,फेरि फर्क, पैसा पनि धेरै खर्छ हुने भयो।अब बुहारी लिएर आउछु बा एकै चोटि। अब छोराको फोन झन कम हुन थालयो।बुढाले एक्जना काम गर्ने रखे घरमा, दमको रोग गार्हो भो बुढीयलाई। जीत मान, बुढीको राम्रो स्यहार गर्छ, घास पनि काट्छ, बुढालाई पनि राम्रै मद्घत गर्छ। बुढाले पनि स्कुल हालिदे जीतेलाई। पढ्न पनि राम्रै पद्छ।

धेरै पछि बुढाले छोरोलाई फोन गरे। बा एस्पाली पनि दशैमा आउँछु भनेको छुटी नै मिलेन, यता काम को सिजन छ अहिले।बुहरी पनि बच्चा पाउनेवला छे। अब बा पनि शहरतिरै आएर बस्न पर्‍यो बा।हामी पनि फर्केर आए पछि गाउँमा बस्न सकिन्न्न अब। म पैसा पठैदिन्छु, काठमाडौं को छेउ छौमा जग्गा लिएर घर बनाउनु पर्‍यो बा। भयो छोरा मलाई पैसा चहिन्न अहिले, म गाउँमै ठीक छु। तिमीहरु यहीं आएपछी बिचार गरौल। छोरोले आमको बारे पनि सोधेन। बाउ खिन्न भएर फर्किए। बुढीलाई भने अब आउछ रे तेरो छोरो, यहिँ आएर सँगै बस्ने रे। बुढी दङ पारीन।

बुढा फलैचाम बसेर चुरोट पिउदै छन्। बुढी पिढिमा बसेर तरकारी केलाउदै छिन्। जीते बन्चरो ले दाउरा चिर्दै छ। आमा मै पकाउल है भात तपाईंलाई खोकी लाग्छ, जीते भन्छ।जीते भोटेको बच्चा हो अब उनीहरुले बिर्सिसके। बुढा जीतेको अनुहारमा हेर्छन, कता कता इश्वर देख्छन्। इश्वर अब उनको दुनियाँमा फर्कन्न उन्लाई लगिसक्यो।'ए बाबु, जा हेर त तरकारी ढड्यो कि क्या हो, धुवा आयो जस्तो छ नि'। 'बा चुरोट् कति खाको टिवि हुन्छ रे, हाम्लाई स्कुलमा भनेको', बुढा झल्यस्स हुन्छन।

( यस कथाका पात्र तथा घटना सबै वास्तविक हुन, कसैको जीवन सँग मेल खाएमा संयोग् मात्र हुनेछ। )

Popular posts from this blog

देशभक्तिका कुरा

हनुमान र पाण्डवहरु

वानर सेना साथमा लिइ
वनवास बाट फर्केर आए
मर्यादाविहिन रामहरु
शहरमा स्वागत द्वार बनाइ
कुर्दैछन सारा हनुमानहरु

आँखा भएको  धृतराष्ट्र सामु
द्रोपदीको सारी तान्दैछन
बलवान दुर्योधनहरु
निर्लज्ज भै बसेर
हेर्दैछन् सारा पाण्डवहरु

अनन्त बाँदर सिद्धान्त

म आफ्नो पढाईसँग सम्बन्धित केही कुरा खोज्दैथिएँ। अचानक internetको link र hyperlinkबाट एउटा सिद्धान्तमा पुग्दा निकै चासो लाग्यो। Infinite monkey theorem भनिने उक्त सिद्धान्तबारे wikipedia लेख्दछ:

"The infinite monkey theorem states that a monkey hitting keys at random on a typewriter keyboard for an infinite amount of time will almost surely type a given text, such as the complete works of William Shakespeare."

अर्थात एउटा बाँदरलाई अनन्त समय दिने हो भने र एउटा टाइपराइटर दिने हो भने, उसले तेसमा अनियमित किसिमले टाईप गर्दै गयो भने सेक्सपियरको कुनै कृति टाईप गर्न सक्छ।

यस सिद्धान्तलाई हाम्रो देशको संबिधान निर्माण गर्ने कुरा सँग दाँजेर हेरौन, कस्तो होला? यहाँ मैले सभासदहरुलाई बाँदरसँग तुलना गर्न भने खोजेको होइन है। यो त एउटा exampleमात्रै हो। ६००को सन्ख्यामा रहेका बाँदरले अन्धाधुन्द टाईप गर्ने हो भने अनन्त समय सम्ममा संबिधान अवश्य पनि लेखिनेछ। भनेपछी अनेकौ समितिहरु बनाएर किन झन्झट बेहोरीराख्ने। सबैजनालाई एक एकवटा शब्द टाईप गर्न दिए त भईहाल्ने रहेछ। यसलाई mathematical treatment गरेर हे…

के Twitter भीड हो?

नेपालमा इन्टरनेटको बढ्दो प्रयोग संगै सामाजिक संजालमा रमाउनेहरुको संख्या निकै पुगिसकेको छ। केही बर्ष अगाडि Hi5 र तेसपछि Facebook मा अभ्यस्त नेपाली पुस्ता अचेल Twitter मा जम्न थालेका छन्। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका कतिपय मुलुकमा यिनै सामाजिक संजालले जनताको आवाज विश्वमाझ पुर्याउन ठुलै भूमिका खेलेका छन्। म आफु पनि twitter मा छु धेरै अगाडिदेखि, तर खासै सक्रिय भने होइन। धेरै नेपाली पत्रकारहरुलाई twitter मा follow गरेको हुनाले संबिधानसभाको अन्त्य हुँदाताका भने मैले पनि twitter लाइ यस्तो अवस्थामा समाचार जान्न उपयुक्त ठानें। तर नेपाली twitter प्रयोगकर्ताहरु बढीरुपमा व्यक्तिगत गालीगलौचमा उत्रेको पाएँ। हुन त मलाई twitter एउटा भीड जस्तै लाग्छ। भीडमा राम्रा-नराम्रा सबै खाले मान्छे हुन्छन। भनिन्छ नि भीडको विवेक हुदैन, तेसैले होला सही विचार बोकेका व्यक्तिहरु पनि भीडको मानसिकताबाट निर्देशित भएको देखिन्छ कहिलेकाँही। अनि अर्को कुरा हामी नेपालीहरु अरुले गरेको कामलाइ राम्रो भन्न सक्तैनौ, त्यो हाम्रो सामुहिक चरित्र नै होला सायद। हामी समालोचना होइन बढी आलोचना गर्छौ। अझ गाली गर्छौ नै भनौंन। अनि…

कालो चिया कि दुध भा'को चिया?

तातो खानुहुन्छ कि चिसो? कसैकोमा जाँदा सोधिने सामान्य प्रश्न हो यो। तातो भनेपछि त चिया नै भैहाल्यो, कफीको तेती चलन पनि त छैन नि हाम्रोमा। चिया त खाने तर फेरि Black Tea कि Milk Tea भन्ने प्रश्न शुरु भैहाल्छ। कतै कतै Lemon Tea खाने कि भन्ने प्रस्ताव पनि आइहल्छ। हुन त दुधको भाउ पनि महँगो नै छ हाम्रोमा, तेही भएर पो हो कि सोधिराख्ने। हुन त कालो चिया खानु र दुध हालेको चिया खानुमा पनि सम्पन्नताको अर्थ संग नै त हेर्न नमिल्ला तर आफ्नो दिमागले त तेही सोचिहल्छ। आखिर जे भए पनि दुध किन्न नसक्नेको लागि पनि राम्रो कारण बनेको छ कालो चिया। Health को कारणले गर्दा कालो चिया खाएको भन्यो, राम्रै हो। Gastritis भएर पनि धेरैले दुध चियालाई बन्द गरेको भन्छन, आफु पनि पिडित नै हो तर खै यो तथ्य भने medical science  ले prove गरेको हो कि हल्ला हो त्यो भने थाहा भएन। हुन त नेपालमा gastritis बाट पिडित नहुने कमै होलान, महले त एकचोटी नेपालीहरुलाई नागरिकतानै यहि रोग हेरेर दिए राम्रो भन्थे क्यार। 
त्यसो त गाउँमा बाहेक शहरतिर खाइने चियामा त दुधको काम भनेको चियालाई धमिलो बनाउने मात्र त हो। तर पनि कसैले केहि नसोधेमा मेरो रोजाई…

कार्यशील जिन्दगी बगिरहने नदी हो

कार्यशील जिन्दगी बगिरहने नदी हो
जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन जुन नदीमा  बग्दैजाँदा कहिले फूल भेटिन्छन
जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन् जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन
पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ भन्ने कुरा सत्य हो पुर्खाहरु भन्ने गर्छन कार्यशील जिन्दगी बगिरहने नदी हो

सानै छँदादेखि सुनेको बालगीत हो यो। तेतिखेर सायद शब्दमा ध्यान दिइएको थिएन। रामेशको संगीतमा रहेको हो यो गीत, शब्द भने मन्जुलको हुनुपर्छ तर पक्का भने छैन। नभन्दै कार्यशील जिन्दगी बगिरहने नदी नै त हो नि। केहि कार्य गर्ने जोश जाँगर नै त हो हाम्रो जीवनरुपी नदीको बग्नुको कारण। केही नगरिकनै जीवन बिताउन खोज्नु पनि एक प्रकारले रोकिनु त हो, नबगेपछि फोहोर हुनु स्वाभाविक नै त हो। तेसैले जीवनलाइ बग्ने नदीजस्तै बनाऔ र सफा र स्वच्छ बनौ।

म लेख्नेछु एकदिन

पहाडसरि भावहरु उर्लेका बेला गम्दै, खोज्दै, मुछ्दै, साँचोमा राख्दै, इँटाजस्तै शब्द बनाउदैथिएँ, मिलाएर राख्ने कोशिश गर्दैथिएँ ठीक त्यसैबेला तिमीले देख्यौ र तत्काल घोषणा पनि गरिदियौ आहा! कति राम्रो कविता अनि म कवि भएँ
छन्द मिलाउने के कुरा भाव मिलाउने त झन् के कुरा काँचै थिए शब्दहरु खारिनै बाँकी थिए परिपक्वता त झन् आएकै थिएन नजानेरै म कवि भएँ
अचेल! व्यवहारिक, सामाजिक हुनुपर्ने 
केही रहरले केही करले केही कुरा जीवनले सिकाउदैछ केही आफैं पनि सिक्दैछु भावहरु नआउने होइनन नलेखेको पनि होइन लेखिरहन्छु मेटिरहन्छु

गफै त हो

लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि, यस्तो सोचिन्थ्यो आफु पनि। के नै बुझिएको छ र बुझ्ने कुरो लेख्नलाई त। कति कुरो बुझ्नु, संसार अथाह छ बुझेरै पनि के सकिन्छ र। बुझ्नेले पनि के नै नाप्या छन र। देशको बारेमा कुरो के गर्नु गरिसाध्य भए पो। वास्तै नगरिकन पनि बस्न नसकिने, वास्ता गर्यो भने झनै बस्न नसकिने। कुरा यस्तो छ। नेतालाई कति गाली गर्नु, अरुलाई खै कसलाई पो गालि गर्नु, जानेको काम तेही हो अरुलाई गाली गर्ने। आफुले केहि गर्न सक्या होइन, ठाउमा बसेका तिनै नेता छन तिनैलाई त हो नि गाली गर्ने। धान भाको भए बरु कति बालि हुन्थ्यो होला यो संबिधान त खै आउने पो हो कि होइन। भ्रस्टाचारी नेता जेलमा पर्यो रे, राम्रो समाचार हो रे। खै सबै जनता नै भ्रस्ट भएको ठाउँमा एउटा नेतालाई थुनेर के पो होला र। घुस खाएर चारतल्ले घर ठड्याउने खरदारलाई प्रगति गरेको भन्ने समाजले तेही घुस नखाने एउटा अधिकृतलाई मुर्ख भनेर तक्मा दिन्छ भने। उसैपनि एकवर्षपछि एउटा किताब हातमा लिएर जेलबाट निस्कने त होला। छाप्न खोज्नेको पनि लाइन होला। राम्रा लेखकका किताब छाप्न त उह…

आगो, सपना र जलेको विपना

झर्दैछु तेही ओरालो
जहाँ टेकेर उकालो चढ्न खोजेको थिएँ

पछ्याउदैछु तिनै जुनकिरिहरुलाई
जो आगोका रापमा मरेका थिए कुनैबेला

तर्न खोज्दैछु खोलाहरु
डुंगाहरु पनि त जलिसकेछ्न तेही आगोमा

आशाहरुको खेती गर्न भनेर
पसिना बगाउने प्रयास गर्छु
त्यो आगोले जमिन पनि सुख्खा भइसकेछ

टन्टलापुर घामले पोल्दा
चौतारीमा बस्न खोज्छु
त्यो पनि तेही आगोमा बलेछ

तिर्खा मेटौ भनेर
पानीको मूल खोज्छु
जंगल त झन् डढेलोले नष्ट भएछ

एकान्तले सताएर
आफन्तलाइ भेट्न जान्छु
आगोको राप सहन नसकेर सबै कता कता हराएछन

हिड्दा हिड्दै
आज फेरि काँडाले बिझायो
सबै घोच्ने काँडाहरुलाई सिध्याउछु भनेर
बोकेको आगोले
काँडाको बीउलाई त सिध्याउन सकेको रहेनछ
उल्टो आफ्नै विपना पो जलेर खरानी भइसकेछ

( अप्रमाणित भएका माओवादीको लडाकुहरुको भावनालाइ समेट्ने प्रयास हो यो)