Skip to main content

Posts

Showing posts from 2008

घाम डुबी तारा नउदाएको आकाश हुँ म

भिमदर्शन रोकाको कविता हो यो। पुरा कविता त याद छैन। यो साल हामीलाई छोडेर जाँदैछ। अर्को साल केही दिनमै शुरु हुँदैछ। यो पनि घाम डुबेर तारा नउदाउदाको जस्तै समय त हो नि। तर यसको अर्थ मैले २००८ लाई घाम र अब रात आउन लागेको भन्न खोजेको होइन। यो समय पनि सन्क्रमणकालको समय हो भन्न खोजेको मात्रै हो। यस्तै केही घाम डुबेका तस्बिर संकलन गर्ने प्रयास हो यो।

परिवर्तन

मलाई चिनेनौ कि क्या हो?
म दौरा-सुरुवाल छोडेर सुटमा सजिएकोछु
म त्यही त हुँ
जसले तिम्रो जीवनलाई परिवर्तन गर्न
आफ्नो सारा जीवन बिताइदियो

तिमीले खोजेको
मैले पनि चाहेको
भईरहेकै छ नि
हिजो उनिहरुको हातमा मात्र शक्ती थियो
आज हामी सबैको हातमा बन्दुक र खुकुरी छ

त्यो अस्पताल हेर त
हामीले तेसको नाम परिवर्तन गरिदियौं
भलै तिमीले डाक्टर र ओखती फेला नपारौला
तर त्यो नयाँ अस्पताल त हो नि

त्यो बिधालय हेर त
हामीले तेसको पनि नाम परिवर्तन गरिदियौं
भलै तिमीले शिक्षक फेला नपारौला
किताब र कापीको सट्टा इट्टा र टायर बोक्ने जमात पनि भेटौला
तर त्यो नयाँ बिधालय त हो नि

तिम्रै लागि यो राजमार्गको नाम पनि फेरियो
भलै चक्काजामले गाडी गूड्न नपाओस
नयाँपन त आयो नि

तिमीले गुनासो गर्ने गर्थियौ नि
हामी जिन्दगीभर दियालोमा बाँच्ने
शहर चै सधैं झिलिमिली हुने
हेर त हामीले शहर पनि परिवर्तन गरिदियौं
अब उनिहरु पनि टुकिमा पढ्दैछन

तिमीले अझै मलाई चिनेनौ?
राजा त म होइन नि
हामीले त्यो व्यवस्था हटाइसक्यौं
म त्यही त हुँ
जसले तिम्रो जीवनलाई परिवर्तन गर्न
आफ्नो सारा जीवन बिताइदियो

Thanks for the coffee

चिसो बढ्ने क्रम घटेको छैन। बाटोमा जमेका हिउँ पग्लिसकेको छैन। यो ठाउँमा एक महिना अघि मात्र पनि हरियाली थियो भन्ने कुरा असम्भव झै लाग्छ। साँझ हुन खोज्दैछ तर पूर्ण चन्द्र आकाशमा छ। राती घाम देखिने ठाउँमा दिउसै चन्द्रमा देख्नु पनि के नौलो भयो र! म आफ्नो बासस्थानमा फर्कदैछु। मलाई हिउँमा टेक्दै त्यसको आवाज सुन्दै हिंड्न रमाइलो लाग्छ, तर आज त म गीत सुन्दै हिंड्दैछु। यस्तो हिँउमा पनि साईकल चलाऊदै हिंड्छन यिनिहरु, अचम्म लाग्छ मलाई। हुन त जहाँ जे छ तेस्मै रमाउन सक्यो भने त जीवन सरल हुन्छ नि। हामी भए हिँउ पर्नासाथ बेसींतिर झरिसक्थ्यौं होला। सजिलो भयो नि त्यो बाटो।

पछाडिबाट साईकलवालाले घन्टी बजाउदै रहेछ, गीतको सुरमा मैले त सुनिनछु। पछी देखेर ठाउँ छोडिदिएँ। अगाडि गएर हिँउमा नमज्जासँग लड्यो साईकल। म पनि अगाडि सरे साईकल उठाउन मद्धत गर्न। साईकल उठाएपछी हेर्छु त एक युवती रहिछ। उसै त गोरी, तेसमाथि पनि त्यो lamp-postको प्रकाश हिँउमा छरिएर झनै गोरी देखिन पुगी। धन्यवाद सुन्न पाइयो, तेतिमै धन्य भईयो आफु त। कसैलाई बनाउदा पनि इश्वरले कति मिहिनेत गर्छन् होला। मैले उसलाई कुनै परीभन्दा कम देखिँन। उ साईकल डोहोराउ…

abstract कविता

पातमा अडेको पानी
आँशुले भरिएको आँखाको नानी
पग्लेको हिउँको पानीझै
चिप्लिएछु मै पनि

फुसफुस परेको हिउँ
थाकेको छ जीउ
मन भन्छ नलिउँ
मौसम भन्छ पिउ न पिउ

मौसम छ जाडो जाडो
रौं पनि भए ठाडो ठाडो
तिमी छौ तेती टाढो
तैपनी माया छ गाढो

खोइ त अचेल घाम
मान्छेकै मात्र छ लाम
गएर आए चार धाम
हजुरबा लिदैछन रामको नाम
कामरेडले गरे लालसलाम
खानै गार्हो भो माम
कविता लेख्ने पो भो काम

अनन्त बाँदर सिद्धान्त

म आफ्नो पढाईसँग सम्बन्धित केही कुरा खोज्दैथिएँ। अचानक internetको link र hyperlinkबाट एउटा सिद्धान्तमा पुग्दा निकै चासो लाग्यो। Infinite monkey theorem भनिने उक्त सिद्धान्तबारे wikipedia लेख्दछ:

"The infinite monkey theorem states that a monkey hitting keys at random on a typewriter keyboard for an infinite amount of time will almost surely type a given text, such as the complete works of William Shakespeare."

अर्थात एउटा बाँदरलाई अनन्त समय दिने हो भने र एउटा टाइपराइटर दिने हो भने, उसले तेसमा अनियमित किसिमले टाईप गर्दै गयो भने सेक्सपियरको कुनै कृति टाईप गर्न सक्छ।

यस सिद्धान्तलाई हाम्रो देशको संबिधान निर्माण गर्ने कुरा सँग दाँजेर हेरौन, कस्तो होला? यहाँ मैले सभासदहरुलाई बाँदरसँग तुलना गर्न भने खोजेको होइन है। यो त एउटा exampleमात्रै हो। ६००को सन्ख्यामा रहेका बाँदरले अन्धाधुन्द टाईप गर्ने हो भने अनन्त समय सम्ममा संबिधान अवश्य पनि लेखिनेछ। भनेपछी अनेकौ समितिहरु बनाएर किन झन्झट बेहोरीराख्ने। सबैजनालाई एक एकवटा शब्द टाईप गर्न दिए त भईहाल्ने रहेछ। यसलाई mathematical treatment गरेर हे…

आशा

जाडोको आगमनसँगै रात लम्बिदैछ
जसरी लम्बिदैछन हामी बीचका दुरीहरु

घामको अनुहार हेर्ने कोशिस गर्दा गर्दै हराउदैछ
जसरी हराउदैछन हाम्रा मनका भावनाहरु

बिहानी शीत हावाको हल्का स्पर्शले बिलाउदैछ
जसरी बिलाउदैछन हाम्रा सम्बेदनशीलताहरु

लम्बिदै-हराउदै-बिलाउदै
समय बित्दै गएर
फेरी जाडो हट्नेछ
फेरी घाम देख्न पाइनेछ
यो हामी बीचको तुषारोलाई पगाल्नेगरी

मुक्तीनाथ यात्रा सम्झदा

जीवन एउटा मीठो संयोग त रहेछ। यो स्कुल पढ्दाखेरी घनघस्याको उकालो काट्दा भन्नेबाट सम्झेर लेखेको हो तर सन्दर्भ भने त्यो होइन है। यसमा मीठो भन्ने शब्द चै मैले जोडेको हुँ। यो शब्द सापटी लिएको हो एक साथीको, हाम्रो यात्राको सहयात्रीको। उसले गन्हाउने शब्दलाई पनि मीठोसँग fusion गरेर भन्थ्यो राम्रो सुनिने गरी, मैले पनि तेही भएर जोडीहालेँ।

यो प्रसंग हो हाम्रो मुक्तीनाथको यात्राको। ५-६ जना जाने तयारी थियो, जाने बेलामा तीनजना भईयो। तयारी गरिसकेपछी जती जना भए पनि जाने निधोमा पुगियो। यात्रा कलंकीबाट सुरु हुन्छ। पहिलो गासमै ढुङ्गा भनेजस्तो बाटो बन्द हुन्छ। खै कुनचाही यातायातको मान्छेलाई कसैले कुट्यो वा यस्तै के कुरा थियो। जे होस् बन्द हुनु थियो भयो। घरबाट जान भएर निस्किसकेको समस्यामा पर्छौ हामी। नभन्दै पोखरा जाने एउटा माईक्रो फेला पर्छ, तीन सिट खाली। संयोग होइन त। एकजना साथी भन्छ, यो मुक्तीनाथ्को कृपाले हो। म बहस गर्न चाहन्न। मेरो उद्धेश्य घुम्ने प्रमुख हो, दर्शन पनि हुन्छ भने राम्रै हो। म नास्तिक होइन, न त धर्मको अन्धबिश्वासी। मेरो बिचारमा असल काम गर्नु नै धर्म हो। मन्दिर गएर हुने नै के हो र? तर म …

हजार सपनाहरुको....

हजार सपनाहरुको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरी भएर आँउछ
मैले बाँचेको परिवेश सानो तेती थिएन परदेशी जस्तो कोही एक्लो पनि थिएन अल्झे कहीँ त के भो बाटो भुलेको छैन-२ भाँचीसकेको विश्वाश फेरी भएर आउँछ
मेरा ती स्वरहरुलाई थुन्नु तेती भएन सबले भुलेको जस्तो भुल्नु पनि भएन खुशीनै हो कि क्या हो मनमा भएर आँउछ-२ छिनमा लहर अनेकौ मनमा उठेर आउँछ
हजार सपनाहरुको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरी भएर आँउछ

मलाई मन पर्ने गीतहरुमध्यको एक गीत हो यो। शब्द मन पर्नु भन्दा पहिले त गीत मन परेको भक्तराज आचार्यको स्वरको कारणले होला। पहिले त शब्दमा तेती ध्यान दिएको थिइन, आज सुन्दा सुन्दै लेख्न मन लाग्यो तेसैले लेखिहाले। बिशेष त केही छैन। सुनेका धेरै गीतमध्ये अलीकता आशाबादी गीत जस्तो लाग्छ। जीवनमा केही गर्न नसकेको, बाटोमा अल्झेको पिडा त छदैछ, तेसको बबजुद पनि हजारौ सपनाहरुलाई सम्झेर बाच्ने प्रेरणा त छ नि। असल काममा अगाडि बढ्न खोज्दा तिम्रो स्वरलाई दबाउन खोज्नेहरु पनि होलान, तीनलाई थुन्न खोज्नेहरु पनि होलान। तर असल काममा लाग्नेलाई र अगाडि बढ्नेलाई यसले केही असर गर्दैन। बरु यसले त हौसला र प्रेरणा पो मिल्छ त अघी बढ्नलाई।…

मृत्‍यु

जिउँदै बोकेर आएको
तोते बोलीबाट शुरु भएर
कठीन यात्रा गर्दा पनि
कहिल्यै नछोड्ने
अन्तिम सत्य
बुझेरै पनि जीवन त जिउनै छ
अगाडि त बढ्नु नै छ
संघर्ष त गर्नु नै छ
अस्तित्वको रक्षा गर्नु नै छ

अन्तमा चाहिने के हो र
केही दाउरा?
एक टुक्रा कपडा?
थोरै जमिन?

बुझेरै पनि
नाम कमाउने होडमा
दाम कमाउने होडमा
जीवनको धेरै मोडमा
गल्ती गर्न पछी पर्दैनन कोही

फर्केर हेर त पछाडि
त्यो तिमी जस्तै
तिम्रै पछी आईरहेछ

(कसैको मृत्‍युको खबर सुनेर लेखिएको हो यो। हुन त मेरो नजिकको ब्यक्ती होइन तर मृत्‍यु त मृत्‍यु हो नि। जीवन वास्तवमै के हो र? होडबाजीमा लाग्दा-लाग्दै, झिना-मसिना कुरामा अल्झिदै जाँदा मान्छेले मृत्‍युलाई बिर्सेंको हुन्छ। हुन त फेरी तेही मात्र सत्य हो भनेर बस्यो भने त जीवन अघी पनि त चल्दैन। हो अघी बढ्ने क्रममा काम गर्दाखेरी यो अन्तिम सत्यलाई ध्यानमा दियो भने अवश्य पनि जीवन राम्रैगरी अघी बढ्ला कि? )

जागिर मोह

जागिर शब्द कती राम्रो सुनिन्न, पहिले जा अनि गिर भनेजस्तो। नभन्दै उस्तै त छ जागिर। सबैको आ-आफ्नो अनुभव होलान हुनत। सरकारी जागिरको लागि यो अती मिल्ने शब्द हो, प्राइभेटमा त कहाँ त्यस्तो। गिर या नगिर त्यो तिम्रो रोजाइ तर दिएको काम राम्ररी गर, दाँया बाँया गर्ने होइन। जाउठ कस्तो सुनिन्थियो होला। गएर काम गरेपछी अगाडी पनि बढन सकियोस न।

हुन त जागिर जसले खान्छ तेसको अर्थ के हो भने त्यो मान्छे कि त जागिर खान वाध्य छ, आफ्नो दैनिक आवश्यकता पुरा गर्न या उ सजिलो बाटोको खोजिमा छ। सजिलो यस अर्थमा कि जागिर(बिशेषगरी सरकारी) खाएपछी ढुक्क भयो जीवन। secure लाईफ भन्छौ नि हामी, तेस्तै। अचेल त जताततै आन्दोलनको मौसम छ प्राइभेटको पनि बाध्यता छ, जागिर खाएपछी ढुक्क। जागिर कसैले खोस्न सक्ने पनि होइन। तेसैले त हाकिमले अर्हाएको काम पियनले पनि मान्दैन यदी कुनै स्वार्थ छैन भने। जागिर अरुले खान सक्तैन। तर ठाउमा पर्‍यो भने त फेरी जागिर जाउठ पनि हुन्छ। ठाउँको अर्थ के भन्नुहोला। घुस खाने ठाउँलाई राम्रो ठाउँ भन्ने चलन छ नेपाली समाजमा। कोही भन्सारमा खर्दार थियो र उसले टन्न सम्पत्ति जोड्यो भने तेस्लाई घुस मान्दैन हाम्रो समाजल…

फर्केर आईज है....

म मदनदाइको पलेटी श्रंखला सुन्दैछु। उनलाई प्रश्न गरिन्छ, तपाईंको छोरा छोरी बिदेशमा छन, कस्तो लाग्छ तपाईंलाई? उनको जवाफले चित्त बुझ्छ। कानले खोज्छ, कानले पनि भेट्छ, आँखाले खोज्छ तेस्ले पनि भेट्छ, तर जब मनले खोज्छ, तब गर्हो हुन्छ। तेस्तै हो यो मनको कुरो बुझ्न गर्हो छ। अहिलेको नेपालको यो बाध्यता पनि होला, सबैले आ-आफ्नो सन्तानलाई यस्तै मनले खोज्दा खोज्दै पनि चित्त बुझाईरहनु परेको छ। हो भुगोलले हामीलाई अवश्य टाढा बनाएको होला तर यो मनको आवाज पनि सुन्न सकिन्छ कि जस्तो लाग्छ कहिले कही। हाम्रा आफन्तहरुलाई दु:ख परेको हुन्छ हामीलाई तेस्तै केही असजिलो महसुश हुन्छ। हाम्रो जहिले पनि उन्नती प्रगतिको कामना गर्छन् उनिहरु, तेही भएर त होला, जस्तो सुकै काठिन परिस्थितीमा पनि नेपालीहरु दु:ख दर्द भुलेर बचिरहेका छन।

हामी त मानव हौ, हामीलाई भुगोलले छेक्ला, रोक्ला; तर प्रकृतिलाई त कस्ले रोक्न सक्छ र। हामी प्रकृतिको माध्यम बाट त जोडीन सक्छौ नि। ए बहिरहेको हावा, यहाँबाट बहदै जा, मेरो श्वासको सुस्केरा लिएर जा। मेरो आराम बिरामको खबर लिएर जा। त यहाँबाट बहदै जा, जादा जादै तैले मेरो चाहने कसैलाई भेटिस भने यो मेरो खबर त…

साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
म बिदेशकै भाषा र भेशमा छु
म पैसा कमाउने रेशमा छु
साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
म कहिलेकाही रिश र द्वेशमा छु
म सधै खुइलियको केशमा छु
साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
र अहिले दशै छ
न यहाँको आकाशमा चङ्गा छ
न यहाँको सडकमा दङ्गा छ
साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
यहाँको माटो मेरो होइन
यहाँ माटो कम जताततै बालुवा र गिटी छन
सडक-शहर जताततै राम्रा-राम्रा ठिटी छन
साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
र अहिले दशै हो
यो रातो रङ,
असत्यमाथि सत्यको जीतको रङ हो
यो मालश्रीको गीतको रङ हो
यो हामी एक आपसको प्रीतको रङ हो

तेसैले हामी सबै दसैंको रङमा रमौ
सबैको निधारमा टिका र जमरा होस्
हात हातमा डिजिटल क्यामरा होस्
सबैको एक आपसमा मेल होस्
माया र पिरतिको भेल होस्
किनकी
साथीहो, म बिदेशमा छु

प्रचन्ड पुत्र, डलर र जनता

म देशको खबर सुनिरहेको/पढिरहेकोछु। म अहिले mysansar.com मा एउटा लेख पढ्दैछु। प्रधानमन्त्री प्रचन्डको अमेरिका भ्रमणको बारेमा थियो समाचार। कता कता माओवादीको समर्थनमा लेखिएको हो कि जस्तो तर नेपालीको चरित्र माथि बिश्लेसण गरिएको रहेछ। बिषय थियो बिदेश भ्रमणमा गरिएको खर्च र त्यसमा सामेल भएका ब्यक्तीको बारेमा। लेखले भन्छ नेपालमा भएको महान जनयुद्धमा ती ब्यक्तीका परिवारको योग्दान धेरै ठुलो भएकोले त्यो भ्रमणमा प्रचन्डको पुत्र रहनु ठीक भएको कुरालाई justify गर्न खोजिएको छ। लेखक Ascol पढ्दाखेरी कती ब्यक्ती आफ्नो पढाई छोडेर युद्धमा लागे,कती त शाहीद पनि भए। पढ्न पाएका भये ती ब्यक्ती पनि आज कुनै राम्रो ठाउँमा पढिरहेका वा जागिर खाइरहेको हुन्थे भन्ने कुरामा जोड दिईएको छ। हुन त बलेको आगो सबैले ताप्छन तर नेपालीहरु पनि आ-आफ्नो दुनो सोझो पार्नमै मस्त छन। ४६ अघि सबै पञ्च, त्यसपछी सबै कांग्रेस, तेसपछी एमाले, राजाको शासनमा सबै राजावादी र अहिले सबै माओवादी। गल्ती गरेको छ भने पनि बयान गर्ने। यो लेख पनि त्यस्कै निरन्तरता त होइन कतै, शंकापो लाग्छ त।

यो लेख त्यसको जवाफ भन्दा पनि मेरो ब्यक्तिगत बिचार हो। एक त यो माओव…

स्वप्न-सुन्दरी

गुलाबी अधर बन्द छ आँखाको पलक बोल्दो छ
खुल्ला केशले त्यो मुहार खुले जस्तो लाग्यो

मुस्कान मन्द छ गालामा हल्का लाली छ
बोलीसङगै संगीतको सुर मिले जस्तो लाग्यो

बारुले कम्मर छ सिंहको जस्तो चाल छ
जुनको टुक्रा धरतीमै खसे जस्तो लाग्यो

नशालु आँखा छन निर्दोश हेराइ छ
नजरको बिशको प्यालाले माते जस्तो लाग्यो

तिमी पनि चुप छौ म पनि चुप छु
मनै मनले केही कुरा बोले जस्तो लाग्यो

शब्द-शब्दले आज गीत गुन्जाउदै छ
मनका कुरा हामीले खोले जस्तो लाग्यो

भो! लुकामारी नखेल आउ अब यथार्थमा
सपनाको संसारमा भुले जस्तो लाग्यो

निरर्थक सोचाइ

म अहिले एउटा गीत सुनिरहेकोछु। मलाई कुनै बेला आँफै देखि अचम्म लाग्छ। यो गीत सुन्दासुन्दै म आफु नै यो गीतको गायकजस्तो महसुस गर्न थाल्छु।म गीतको शब्दमा ध्यान दिन्छु, मलाई लाग्छ यतिको त म पनि लेख्न सक्छु नि, अझ राम्रो हुन सक्थ्यो नि गीत जस्तो पनि लाग्छ। म साथी भाईको जमघटमा गीत पनि गुन्गुनाउछु, उनीहरु तारिफ गर्छन्। म ठान्दछु म राम्रो गाउछु, तर गहिरिएर सोच्दै जाँदा न ममा संगीतको ज्ञान छ, न त स्वर नै त्यस्तो राम्रो छ। तर पनि मन भित्र कता कता त्यो लुकेर रहेको हुदो हो। म घरी गितार सिक्ने लहडमा हुन्छु तेसै कारणले। सोचे जस्तो सिक्न सक्तिन, लाग्छ यो मेरो क्षेत्र होइन।

म फिल्म हेरिरहेको हुन्छु, मलाई लाग्न थाल्छ यो नायकले त अभिनय नै गर्न जान्दोरहेनछ। यतिको त म नायक भएको पनि गरिहाल्थे जस्तो। हुन त ममा कुनै पनि नायक बन्ने सम्भावना छैन, न त ममा त्यो कला नै छ न त मेरो सुन्दरता पनि फिल्ममा सुहाउदोछ। तर पनि म कल्पिन पुग्छु। म नायक भन्दा पनि निर्दैशकिय क्षमतातिर सोच्न थाल्छु। यतिको पो गरेको भए राम्रो हुन्थ्यो कि। फेरि कसैले वृतचित्र बनायो भने म पनि त बनाउन सक्छु नि जस्तो लाग्छ; र घरि घरि कसैको गीतको भिडि…

गजल

तिम्रो माया मेरो माया जोड्ने एउटा पुल थियो
तेसमै जीवन बित्ला भन्नु मेरो कस्तो भुल थियो

तिमीलाई भेट्न भनी तिम्रो घरमा गएँ
त्यहा देखें थुप्रै थुप्रै मनिसको हुल थियो

भिडभाड छिचोल्दै गएँ तिमी कहाँ छौ भनी
त्यहा त मैले देखें शुभ विवाहको तुल थियो

गीत तिम्रो भाका मेरो, आँखा तिम्रो नजर मेरो
ती बाचा भन्दा उच्च त घराना र कुल थियो

धन सम्पत्ति दुई दिनको हो तिमीले नबुझे पनि
मेरो मन त आखिर माया प्रेमको मुल थियो

एक्लै जिउनु एक्लै मर्नु हो भने साथ नै किन चाहियो र
हिलोमा पनि फुलिदिने यो त कमल फुल थियो

( सिर्जनाको हिसाबले यो कुनै गतिलो रचना त नहोला तर मैले गजलको नियममा रहेर लेख्न खोजेको हुँ )

मेरो गीत मेरै प्रतिबिम्ब होइन...

मेरो गीत मेरै प्रतिबिम्ब होइन जो फुटी जाने होइन, जो टुटी जाने होइन आकाश जस्तो अमर गीत मेरा म जस्तो दुई दिनको पाहुना होइन
केही गुङुनाउछु धेरै शान्ती पाउछु केही शान्ती बाट्न यहाँ गीत सुनाउछु म ल्याउछु सगरबाट अन्जुलीमा पानी एक एक बुदले सबको प्यास मेट्न खोज्छु सबैलाई रिझाउने मेरो गीत होइन तिमीले नसुन्दैमा गीत मर्ने होइन आकाश जस्तो अमर गीत मेरा म जस्तो दुई दिनको पाहुना होइन
गीत चोरी ल्याए सागर बाट आकाशको नीलो गहिराइबाट सुनी हेर सबमा गीतको मुहान छ यहाँ जिउदोलाई श्वास फेर्न जही तही हावा छ मेरो गीत भन्ने अधिकार छैन गीतको पो म हुँ मेरो गीत होइन आकाश जस्तो अमर गीत मेरा म जस्तो दुई दिनको पाहुना होइन

म आज शब्दलाई ध्यान दिएर गीत सुन्दैछु। यो गीत म गुनगुनाइ रहने गीत हो तर मैले यसको शब्दमा तेती ध्यान दिएको रहेनछु। म मा यो क्षमता त छैन कि यो गीत माथि म समिक्षा गर्न सकु, तर मैले सुन्दा लागेको कुराहरु लेख्ने प्रयास हो यो। म ल्याउछु सगरबाट अन्जुलीमा पानी एक एक बुदले सबको प्यास मेट्न खोज्छु। सबैको प्यास मेट्न खोज्नु त असल कुरा हो तर चाहना हुँदैमा मात्र कहा हुन्छ र। सबैलाई रिझाउन कहाँ सकिन्छ र त्यो प्रयास पन…

म प्रेसिडेन्ट हुँदा...

मलाई थाहा छैन यो औधी खुशीको कुरा हो कि ठिकै कुरा हो या निराशाको कुरा हो। तर जे भए पनि यो मेरो जीवनको एउटा नौलो अनुभवको कुरा चै हो। म नेपाली समाजको समाजको प्रेसिडेन्ट हुन पुगे। मैले जीवनको कुनै पनि मोडमा यस्तो कल्पना पनि गरेको थिईन कि म कुनै संस्थामा अगाडि बसेर काम गरौला। मनिसहरुको जमातमा रमेर ठट्टा गरेपनि म प्राय एकान्तमै रमाउने गर्छु। हुन त सबै मनिसको सबै सँग कुरा मिल्छ भन्ने त छैन। एउटै खाटमा सँगै रात बिताउने श्रीमान र श्रीमतीको त सधैं कुरा मिल्दैन भने अरुको मिल्न पर्छनै भन्ने पनि त केही छैन नि। तर समाज त समाज नै हो नि, सबैको सबै कुरामा कहाँ सहमती हुन्छ र। सबै बिमति भित्र पनि सहमती को प्रयास त हो शायद नेत्रित्वले गर्ने।
लेख्न खोज्दै थिए एउटा कुरा, अन्तै तिर पो पुग्न थालेछु। आज पुरानो कमिटीले नयाँलाई हस्तान्तरण गर्ने दिन थियो। सबै साथीहरु उत्साहित थिए। तर उत्साह र उमङगकै बिचबाट एउटा नरमाइलो पनि महसुश भयो। साधारण कुरालाई लिएर भएको एउटा विवादले चर्कै रुप लिन पुग्यो। मान्छे ब्यक्तीगत कुरामा पनि पुगेर गाली गर्न तिर लागे। म सोच्न थाले यस्तै हो भने त काम गर्न त गर्हो पो होला कि। नेपाली समा…

खोज

उताबाट यता त्यहाबाट यहाँ
दौडेको होइन भागेको छैन
जोगी हुने चाहना छैन
लुक्ने कुनै बहाना होइन

एकान्त रात छ
जूनको उज्यालो छ
घामको पर्खाइ छ
तारालाई छुने चाहना छैन
कवि हुने बहाना होइन

भङालिएको मन छ
अङालिने चाहना छ
दौतरिको साथ छ
भौतारिने बहाना छ

पाइला अघि बढ्दो छ
क्षितिज अझै टाढा छ
शिखर चुम्ने चाहना छ
बाच्ने एउटा बहाना छ

आँखामा निद्रा छैन
सुन्दर स्वप्नको चाहना छ
प्रचुर थकाईको बहाना छ
सुनौलो घामको किरण सँगै
फेरी हुन्छ रोज शुरु
एउटा नयाँ खोज सुरु

मुक्तक

बिड फुक्लेर खिया लागेको बारीको कुटो जस्तो
खाना पकिसकेपछी भुसे चुल्होमा रहेको ढुटो जस्तो
तिमी बिनाको जीवन लाग्दैछ
बलिसकेर फिल्टरनेर पुगेको चुरोटको ठुटो जस्तो

तिमी

पहिले आकाश उज्यालो थियो घाम पनि लागेको थियो तिमी पनि त खुशी थियौ नि

अचेल आकाश किन कालो छ? शायद रुन खोजेको होला तिमी पनि त उदास-उदास छौ नि

तिमी पनि रोइदेउ न बरु आकाश जस्तै दु:खका सबै तुशहरु मेटिएर जाओस त्यो बर्शेको पानीले जस्तै फोहोर-मैला सबै बगाएर लैजाओस


होइन रहेछ यो कालो आकाश त धुवाले पो रहेछ घाम त लागिराखेकै रहेछ तिमी त सदा रोइ नै रहेकी रहेछौ मात्र मैले नदेखेको रहेछु
मेरो आँखा वरीपरी त धुवै-धुवा रहेछ

यो धुवा के को हो त? टायरको?सन्क्रमणको?डरको?बिखन्डनको?निराशाको?

तर म अझै पनि आशामा छु बादल चिर्दै घामको किरण आउनेछ त्यो किरणले हाम्रो वरीपरीको धुवालाई उडाउनेछ फेरि तिम्रो अनुहारमा त्यो मुस्कान छाउनेछ

प्याज

ओहो कहाँबाट प्याजको कुरो आयो भन्नुहोला। भैरब अर्यालले आलुको बारेमा लेखे उनी चर्चित भए। म पनि चर्चित भाईहल्छु कि। हुन त प्याजको बारेमा लेख्ने म नै पहिलो कहाँ हुँ र? शंकर लामिछनेले Abstract चिन्तन प्याज लेखे, उनले मदन पुरस्कार पनि पाए। यसो हेर्दा लाग्छ म मा पनि चर्चा पाउने भूत पो चलेको हो कि।

भैरब अर्यालले जब आलु लेखे तेतिखेरका बाहुनहरु लसुन र प्याज खाँदैनथे। उनले जताजतै आलु खाए, तेसैले आलुको बारेमा लेखे होलान। यहाँ बाहुन शब्द कुनै जाती बिशेष भएर लेखिएको होइन है, फेरी यसको प्रतिकृयामा पनि टायर बल्ला नि। अहिले हाम्रो परीकारमा आलु होला नहोला, तर लसुन र प्याज चै अवस्य हुन्छ नै। भनेपछी मैले खानेकुराको बारेमा लेख्नु मेरो पनि धर्म हो नि।

प्याज आँफैमा तरकारी त होइन, यसलाई तरकारीको स्वाद राम्रो बनाउन प्रयोग गरिन्छ। तेसो त प्याजको तरकारी पनि त खाइन्छ नि आलुसँग मिसाएर। अचेल त हरियो प्याज पनि पाईन्छ नि तरकारीको रुपमा। अझ मासुमा त प्याज नहालिकन स्वाद नै आउन्न भन्छन खानाको पारखीहरु। अर्को कुरा यसलाई सलादको रुपमा काचै पनि खान सकिन्छ। तपाईं burgerर sandwich खानुहुन्छ भने तेसमा पनि प्याज त राखेकै हुन्…

मदिरा-प्रेम(?)

सुनसान रात त। चकमन्न छ। लाग्छ सबैजना निदाइसके। मलाई किन निद्रा लाग्दैन? म laptop अगाडि एक्लै बसिरहेको छु। तिनै पुरानो फोटोहरु सँग स्‍मृतिको कुनै क्षणमा छु म। फ्रीजबाट red-label झिक्छु। एक मन त लाग्छ यो वोतल एकै चोटिमा पिदिउ। Ice झिक्छु फेरी। त्यो पेगमा ice खस्दा यस्तो आवाज आउछ मानौ त्यो रातको सन्नाटालाई चिर्न खोज्दैछ। आज दिन चिसो पनि त छ, शुरुमा बहाना खोज्छ यो मन पनि। पिउनु त यसै पनि छदैछ।
आज गीत पनि जग्जित सिंहको बज्दैछ। थाहा छैन आज के भइरहेकोछ,म प्राय यस्तो गीत कमै सुन्छु। हुनत म englishमा Pink Floyd देखी लिएर नेपालीमा बद्री पङगेनिको लोक गीत सम्म सुन्छु। शायद पिउदै भएर पनि हो कि गजलको मूडमा छु आज। पहिलो पेग एकैचोटिमा रितिन्छ। घाटिबाट हुँदै सारा शरीरले उर्जा पएको महसुस हुन्छ। चिसो रातको अब कुनै असर छैन म मा।
फोटो slide showमा छोडिदिन्छु। आहा यो फेवा तालको फोटो। तिमी र म डुंगामा छौ र छ शितल बतास । तिमीले केश खुल्ला छोडेकी छौ। हावाको हल्का झोकाले उड्न खोज्दै गरेका ति तिम्रा केशहरु मेरो क्यामरामा कैद भएछन। म कवि भएको भए कती कविताहरु लेख्थे होला तिम्रो बयानमा। तर अफसोस म कवि होइन। अरु साथ…

रहर

राजनीति
भाग लागि सके पछी केही शेष भए त
हामी पनि रहने थियौ नि हजुर देश भए त

कालो कोट लाएरै उपराष्ट्रपती बन्न पाउने भए
हामी पनि लड्ने थियौ नि हजुर केस भए त

राजनीति त गरिएन समाचार त पढिन्छ नि
हामी पनि खेल्ने थियौ नि हजुर चेस भए त

पत्रकारिता
उ कहाँ पुगिसक्यो त भने जही को तही
हामी पनि कुद्ने थियौ नि हजुर रेस भए त

समाचार बिक्दै छन पृष्‍ठ मात्र थरी-थरीका
हामी पनि गर्ने थियौ नि हजुर गेस भए त

खाना
खाना मिठो पाकेन होला पेट त भरियो नि
हामी पनि खाने थियौ नि हजुर मेस भए त

मन
घरी यता घरी उता यो मनको के भर
हामी पनि बाध्ने थियौ नि हजुर लेस भए त

दु:ख
किताब त अङ्रेजिमा हामी पनि पढिन्छ नि
हामी पनि लेख्ने थियौ नि हजुर बेस भए त

र अन्तमा ,
टाउकामा रौहरु अड्ने बेस भए त
हामी पनि कोर्ने थियौ नि हजुर केश भए त

भाग नास्ती शुन्ना

२ ले २१लाई भाग गर्दा धेरैले mistake गर्छन्। दुई लाई भाग गरिसकेपछी भाग नास्ती ० राख्नुपर्छ होइन भने भाग मिल्दैन। म यो देशको राजनीतिलाई हेर्दैछु,हेर्दैछु के भनौ पढ्दैछु। किनभने म त फगत news हेर्ने मान्छे हुँ, तर देश बारे चासो त छ नि मलाई। देशमा महङगी बढ्यो भने म news हेरेर घरमा कराउछु होला, तर बाहिर भएको आन्दोलन म हेर्न पनि जान्न। २१ दिनसम्म आन्दोलन चल्यो म घर बसेर cnn,bbc हेर्दै दिन बिताउथे, कती दिन त marriage पनि खेलियो होला। तर पनि मेरो लागि पनि देशले उतिनै माया गर्ला जती त्यो आन्दोलनमा जानेलाई गर्ला, किनभने democracy भनेकाइ तेही त होला मेरो विचारमा।
हुन त म अहिले पनि politics मा तेती interest दिन्न तरै पनि किन किन कता कता देशको माया भने हुदोरहेछ। देश पनि अहिले भाग बन्डाको राजनीतिमा चलिरहेछ। घरी गिरिजालाई राष्ट्रपती हुनु पर्या छ, घरी मकुनेलाई, तराइको पार्टिहरुलाई फेरी एक मधेश चहिएको छ, साना दलहरुलाई एउटा मन्त्री भये पुगिगो। सबैको आ आफ्नो स्वार्थ छ। जनता भन्न थालिसके कि बरु राजै पो ठीक थे कि नेपालको लागि। जनताले राजा हट्नु र हुनुमा तात्विक भिन्नता के पाये कुन्नी। सामन्ती संस्थाको जग …

नेपाल/यातायात

मेरो दैनिकीको एउटा अभिन्न अङग हो नेपाल यातायात। मेरो अफिस आउने जाने साधन हो नेपाल यातायात।कालिमाटीबाट जावलाखेल सम्मको मेरो यात्रा को सुरुवात यसैबाट हुन्छ। यो सस्तो पनि छ, तर मलाई सस्तो भन्दा पनि दुई वटा चेन्ज गर्नु पर्दैन, तेही भएर म यही चढछु । यसको नाम कसैले जानेरै नेपाल यातायात राखेको हुनुपर्छ मलाई लाग्दछ। नेपालभित्र हुने घटना र यस बसको सेरोफेरोमा हुने घटनामा म खासै फरक पाउन्न। १० बजे अफिस पुग्नै पर्‍यो, सबैलाई हतारो छ। हुन त सरकारी काम गर्नेहरु किन टाईममै जान खोज्छन मलाई थाहा छैन, तर मेरो टाईममा जानुमा हाकिम्को ठुलो योग्दान छ भन्नुपर्ला। भनौ म हाकिमको अगाडि देखा पर्नै चाहन्न। मलाई हाकिम तेती मन पर्दैन, मन नै पर्दैन भनौ। तेही भएर १० बज्नु केही अगाडिनै गयो भने त उ पनि आएको हुन्न आनन्द लाग्छ मलाई। बसको प्रसँग थियो, म त बोसको कुरामा पो पुगेछु। मेरो हतारो चाँही त्यो हो भनौन। खैरो रङ्को बस, तेस्को आफ्नै पहिचान छ। जहा केही जान्न तेह्य नेपाल यातायात जान्छ भनेजस्तो। आज बस किन आएन, मान्छे टन्न जम्मा भैसके। कतै तेलको लाइनमा पो छ कि, आज आउला जस्तो छैन। ए आयो पो त टन्नै मान्छे पो छन त जाने कसरी…

दर्पण

काठमाण्डौ भन्दा धेरै टाढाको बस्तिको कथा हो यो। तेस गाउँक मान्छे एक्दमै काम शीक्षित छन। हरी प्रसाद गाउँमा खेती किसानि गरेर जिविका चलाऊछन्। उनको खेतिपतिको बन्दोबस्त राम्रै छ। तरकारी खेती गर्छन् ३ जनको जहानलाई राम्रै खान पुग्छ। परिवारमा हरी प्रसाद्, इश्वर र आमा छन अहिले। दिदिको बिहे भाईसक्यो इश्वर्को।

इश्वर गाउँकै स्कुलमा पढ्यो सानो बेलामा त। उन्को बाउलाई लाग्यो छोराको भबिस्य राम्रो बनाउने हो भने राम्रो बोर्डिङमा हल्नुपर्छ। दु:खजिलो गरेर भये पनि बुढाले छोरोलाई सदर्मुकाममा लगेर पढाए। छोरो पनि मिहिनेती पर्‍यो बुढाको राम्रो डिभिजनका साथ् एस्एलसी पास गर्‍यो। हुनत छोराले काठमान्डौमा गएर पढ्छु नभनेको त होइन, तर बुढाले गाउँकै दश जोड दुई म राखेर पढाए। उसले त्यहा पनि राम्रै अंक शाहीत उतिर्ण भयो। छोरोका चाहना फेरि पनि शहरै जाने थियो तर गाउँकै स्कुल्मा पढाउने अवसर आयो उस्लाई। उस्ले पनि नाइ भनेन। उस्को गणित र बिज्ञानमा राम्रो दख्खल थियो र स्कुलमा राम्ररी नै जम्यो भन्नुपर्‍यो। बाबु खेतिपाती गर्थे छोरो स्कुल्मा पढाउने,आमा घरको काम सम्भाल्ने। जीवन राम्रै चलिरहेको थियो।

५ बर्षा बितिसकेछ उस्ले स्कुलमा का…