Tuesday, October 18, 2011

जीवन Transit नै हो त!

आज transit मा flight कुरेर बस्दैछु, अलि अगाडी facebook मा लेखेको कुरा सम्झना आयो। जीवन एउटा transit त रहेछ, यात्राको शुरुवात जन्मबाट हुन्छ अनि अन्त्य मृत्युमा, बाँचुन्जेल त transit मै हो।यो यात्राको शुरुदेखि अन्त्यसम्म बालककाल, जवानी र बुढेशकालका विभिन्न transit मा त हुन्छौ हामी। यसैक्रममा धेरै मित्रहरु पनि भेटिन्छन जसले यात्रालाइ राम्रो गरी अगाडी बढाउन सजिलो बनाउछन। कहिले कुनै transit मै यसरी अल्मलिन पुगिन्छ कि, अर्को flight नै छुट्न पुग्छ; जीवनमा पनि तेही हो कहिलेकाहिँ बाटो नै भुल्न पुगिन्छ। हुन त जीवन कहिले एकदम सरल लाग्छ र कहिले भने यस्तो जटिल हुन पुग्छ कि यस्तो जस्तोसुकै परिभाषा पनि अपुग हुन पुग्छ

ब्लगमा नलेखेको पनि धेरै भैसकेछ। आज यो airport मा Wifi free रहेछ, तेही बहानामा भए पनि लेखिने भइयो। भर्खर facebook हेर्दैथिएँ, एकजना भाईको message आएको रहेछ; खै त दाइ अचेल लेखाई हरायो त! केही अगाडि त अलि लेखिन्थ्यो नै; अचेल लेखाइ कम भएकै हो। लेख्ने बिषयको कमी त हैन, समयको कमी भने हो। हुन त यो समय भन्ने कुरो पनि मिलाउन नसकिने नै त होइन, एउटा बहाना त चाहिने हो आफ्नो कमजोरी लुकाउन को लागि; म पनि तेही गर्दैछु। "Facebook मा पनि activity छैन नि त!"यसमा भने कम गरेकै हो। केही उलेख्य कुरो भए त लेख्नु, मिनेटपिच्छे के गर्दैछु भनेर के लेखिरख्नु र। हुन त कुनै बेला आफु पनि लेखिरहिन्थ्यो; तेस्तो मिनेट पिच्छे त हैन। कहिलेकहिँ लाग्छ आफ्नो व्यक्तिगत मनागढ़ंते कुरो लेखेर के संसारलाइ सुनाइरहनु ठिक हो र। यो ब्लगपनि लेख्दै गर्दा पनि आफ्नो मामलामा अलि व्यक्तिगत हुन पुग्छ; मेरो व्यक्तिगत कुरो कसलाई तेति पठनीय होला र भन्ने सोचाईले पनि लेख्न कमी भएको हो। म पनि अलि चर्चित भएको भए त यस्तै खोकाई पनि पत्रिकामा छापिन्थ्यो होला, मान्छेले पैसा तिरेरै पनि पढ्थे होलान। तेसको अर्थ पैसा नआउने भो भनेर लेख्न छोडेको भने होइन है, गफकै सिलसिलामा भनेको मात्र हो। 

जीवनको कुरा गर्दै थिए, आफ्नै व्यक्तिगत गफमा पो पुगियो त। Facebook र जीवनकै कुरा गर्दै बिबेक भाईले आफ्नो ब्लगमा लेखेको पनि मन पर्यो सार्है मलाई त। "Life is just like facebook. People will like your problems, may be a few will comment, but you just have to figure it out yourself. People are busy updating their own problems" हुन पनि हो सबैजना आ-आफ्नो धुनमा हुन्छन, कसलाई फुर्सद यहाँ। कसले कसको कुरा पढ्ने, सुन्ने र खै, अचेल सबैजना समीक्षक :)



 

Saturday, August 27, 2011

कार्यशील जिन्दगी बगिरहने नदी हो

कार्यशील जिन्दगी बगिरहने नदी हो

जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन
जुन नदीमा  बग्दैजाँदा कहिले फुल भेटिन्छन

जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन्
जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन

पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो
बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ
भन्ने कुरा सत्य हो पुर्खाहरु भन्ने गर्छन
कार्यशील जिन्दगी बगिरहने नदी हो


सानै छँदादेखि सुनेको बालगीत हो यो। तेतिखेर सायद शब्दमा ध्यान दिइएको थिएन। रामेशको संगीतमा रहेको हो यो गीत, शब्द भने मन्जुलको हुनुपर्छ तर पक्का भने छैन। नभन्दै कार्यशील जिन्दगी बगिरहने नदी नै त हो नि। केहि कार्य गर्ने जोश जाँगर नै त हो हाम्रो जीवनरुपी नदीको बग्नुको कारण। केही नगरिकनै जीवन बिताउन खोज्नु पनि एक प्रकारले रोकिनु त हो, नबगेपछि फोहोर हुनु स्वाभाविक नै त हो। तेसैले जीवनलाइ बग्ने नदीजस्तै बनाऔ र सफा र स्वच्छ बनौ

Thursday, April 14, 2011

गफै त हो

लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि, यस्तो सोचिन्थ्यो आफु पनि। के नै बुझिएको छ र बुझ्ने कुरो लेख्नलाई त। कति कुरो बुझ्नु, संसार अथाह छ बुझेरै पनि के सकिन्छ र। बुझ्नेले पनि के नै नाप्या छन र। देशको बारेमा कुरो के गर्नु गरिसाध्य भए पो। वास्तै नगरिकन पनि बस्न नसकिने, वास्ता गर्यो भने झनै बस्न नसकिने। कुरा यस्तो छ। नेतालाई कति गाली गर्नु, अरुलाई खै कसलाई पो गालि गर्नु, जानेको काम तेही हो अरुलाई गाली गर्ने। आफुले केहि गर्न सक्या होइन, ठाउमा बसेका तिनै नेता छन तिनैलाई त हो नि गाली गर्ने। धान भाको भए बरु कति बालि हुन्थ्यो होला यो संबिधान त खै आउने पो हो कि होइन। भ्रस्टाचारी नेता जेलमा पर्यो रे, राम्रो समाचार हो रे। खै सबै जनता नै भ्रस्ट भएको ठाउँमा एउटा नेतालाई थुनेर के पो होला र। घुस खाएर चारतल्ले घर ठड्याउने खरदारलाई प्रगति गरेको भन्ने समाजले तेही घुस नखाने एउटा अधिकृतलाई मुर्ख भनेर तक्मा दिन्छ भने। उसैपनि एकवर्षपछि एउटा किताब हातमा लिएर जेलबाट निस्कने त होला। छाप्न खोज्नेको पनि लाइन होला। राम्रा लेखकका किताब छाप्न त उही हो।

रिसर्च भन्ने कुरो गरिदैछ, कहिले सिध्दिने हो अत्तोपत्तो छैन। गीत पनि बजिराको छ। नारायणदाइको गीत, जति सुने पनि वाक्क नलाग्ने, शब्द पनि गहन, संगीत पनि र स्वर पनि। यो Tensor को नोटेशन भन्दा त संगीतको नोटेशन पो रमाइलो होला बरु। तेसो भनू त खै Guitarमा पनि त Chord भन्दा पर पुगीएन। Notation को त कुरै नगरुं। स्वर पनि राम्रै लाग्थ्यो खै पिकनिकबाट अगाडी पुगिएको होइन। लौ अब त break पनि लिनु पर्यो, तितो कफी सुरुप्प परेपछि पो जाँगर चल्छ कि। हुँदा हुँदा यस्तो तितो पनि खान सकिने पो भैयो त गाँठे। यी मोटा किताबका ठेली भन्दा त उपन्यास पढ्न नै रमाइलो बरु। कर्णाली ब्लुज पनि सिदिगो, John Wood पनि पढेर सिदिगो, खालिद होसनी पनि सिदिगो अब के पो पढ्ने होला। हुन त पढेर के पो सिदिन्छ र। यत्रा लेखक छन्, यत्रा किताबहरु छन्। लौ Midnight Children पो शुरु गरियो त। हुन त धेरै पढेर पनि के नै हुने हो र। हात्ती पढेर ठुलो भाको हो र ? पढेर ज्ञान हासिल पो हुन्छ कि भनौ भने बढी बदमासी गर्ने, भ्रस्टाचारीहरु सबै धेरै पढेलेखेका भेटिन्छनGeneralize गर्न खोज्या होइन है, एउटा कुरो नि मनमा आको। Internet बन्द गरे रे ISP हरुले, अर्को समाचार आयो फेरि। जसले जे गरि पनि हुन्छ नि लोकतन्त्र आको छ देशमा। Call Bypass गर्नेलाई कारवाही गर्ने भनेको रे, आफै गर्दा रैछन जस्तो छ, दुख पाउने आखिर जनता। उसै त बिजुली कम, आको Time मा पनि इन्टरनेट कम भयो भने त गार्हो पो पर्ला त। हुन त के नै गार्हो होला र, सबै सहने बानि जो परिसक्यो। गर्नु पनि के र, ४६ मा पनि आन्दोलन गरेकै हुन् , ०६२/०६३ मा पनि गरेकै हुन्। कति गर्नु अब त आन्दोलन पनि।

के हो निराशावादी कुरो मात्र पो गरियो कि के हो? मान्छे त म तेस्तो होइन त। नयाँ वर्ष आएको बेला अब सबै नयाँ र राम्रो होस् भन्नु पर्ने बेलामा के JPT पो लेख्न गइएछ। एउटाले सोध्यो फेरि, तैले त Facebook को Wall मा २०६८को शुभकामना लेख्या छस नि? हामी अरु कुरामा पछि भएपनि Time मा त तिमीहरु भन्दा अघि रहेछौ नि  देखिस। मैले पनि गफ दिएँ। गफ त दिइयो, यो विक्रमादित्य भन्ने कुन चरो को नाउँ हो त्यो त आफुलाई पनि थाहा छैन। जे होस् नयाँ वर्ष आयो, जमघट गर्ने एउटा बहाना त मिल्यो सबै भन्दा खुशीको कुरो तेही हो। नेपालीहरुले चियापसलमा बसी बसी जानेको कुरो नै तेही गफ गर्न हो, त्यो त गर्नै पर्यो नि। आफु पनि त खाँटी नेपाली परियो। धन्न यतातिर चिया पसल छैन, नत्र त तेती पो बास हुन्थ्यो होला। नेताले देश बिगारे, यो देशमा System नै छैन भन्यो, पत्रिका पढ्यो अनि आफुले पनि दिनभरी गर्ने भने केहि होइन। यसरि नै चलेकै छ चल्न दिउ न, आखिर पशुपतिनाथले चलाएको देश न हो, फेरि पनि उनैले हेर्लान नि। System को कुरा गर्दा काम गर्दै गरेको System मा कुन्नि के जाति Error आयो। ल धन्यबाद! अब यहि त बाँकी थियो। उताबाट पनि गुनासो आयो फेरि खालि Computer मा झुन्डीएर हुन्छ र? के गर्ने त तेस्तो निराश पनि छैन डोरीमै झुन्डीउ भने पनि। हे हे हे,  आखिर गफै त हो। लौ त, नयाँ वर्ष २०६८ सबैको शुभ होस्।   

       

Friday, February 25, 2011

घृणा-लिप्सा

हामी स्कुल पढ्दा गोरखापत्र संस्थानले निकालेको पत्रिकाहरु खुब पढिन्थ्यो। विषेशगरि युवामंच। तेस्तै साहित्यिक पत्रिका मधुपर्क पनि पढिन्थ्यो कहिलेकहिँ। तेस्तै बेलामा पढेको एउटा कथा(लघु) सम्झिए अहिले। कसले लेखेको भने याद छैन, तर शिर्षक भने यहि नै हो जस्तो लाग्छ। आफुले लेखेको नभए पनि रमाइलो लागेर यहाँ प्रस्तुत गर्दैछु।

आज मोटे थाकेर घर आएकोछ। हुन त कहिले पो थक्दैन थियो र! सामान राखेर गाडा गुडाउनु त्यो पनि काठमाण्डौंको सडकमा। थाकेपछि कहिलेकहिँ यसो लोकल घुट्क्याएर पनि आउने गर्छ। आज पनि तेस्तै मध्ये एक दिन पर्यो। जे भए पनि मोटेलाई बेलुका भने भात नखाई सुत्ने बानी छैन। जुन स्थितिमा भए पनि घर आएर खाना खाएर सुत्छ। कान्छी अर्थात मोटेकि स्वास्नी। उ पनि कालिमाटीबाट तरकारी ल्याएर यतै चोकको एउटा कुनामा बेच्छे। काम त गर्ने पर्यो नत्र  काठमाण्डौं जस्तो ठाउमा डेरा गरेर कसरि बस्नु। कामबाट आएर खान तयार गरि बुढो कुर्दै बसेकी छे कान्छी। मोटे आएपछी खाना खाने बेला भो। खानासंगै मोटेको कराउने क्रम जारि भो। कस्तो नमिठो खाना बनाकी हँ? यत्रो दु:ख गरेर आउछु अलिकता मिठो पकाएर खुवाउन सक्तिनस!” “नुन पनि कत्ति हालेकी हो, खान नसक्नी बनाइँछे नि, छ्या अनुहार पनि हेर्न कस्ती छ, औसीको रातजस्तो। कुन साइतमा यस्तिसंग बिहे गर्न पुगेछु भने। आफ्नै कर्म यस्तो मोटे फत्फताउदै खाना खादै थियो, कान्छीले कुनै जवाफ दिइन। मान्छेलाई पो जवाफ दिन जांडलाई के दिनु भन्ने लाग्यो उसलाई। पच्न पनि पचिसक्यो उसलाई।

मैनबत्तिको उजेलोमा के गरेर बस्नु, बत्ति भए त यहि पुरानो थोत्रो टिभी भए पनि हेर्थे होलान। कान्छी सुत्न गइ। छिडीको तल्ला, चिसोको बेला सानो खाट भएपनि दुइजनालाई पुग्ने नै देखिन्छ। कान्छी भितापट्टी फर्केर सुत्छे। मोटे पनि बत्ति निभाएर आउछ। कान्छी, ए कान्छी, निदाइसकेकी। मोटे कान्छीलाई अँगालो हालेर सोध्छ, रिसाको हो मसंग, कति पर सुतेकी अलि एता आइज न!

Wednesday, December 22, 2010

आफ्नै पुस्ताको बारेमा

उमेर बित्दै गैरहेको छ हुन त समय पनि त बित्दै गैरहेको छ नि। मान्छेहरु भन्छन नि तन बुढो भए पनि मन भाको छैन भनेर। बर्षै साल जन्मदिन आउँछ, बुढो बनाएर जान्छ। तरपनि आफु भने जहिले पनि उस्तै छु जस्तो लाग्दो रहेछ। अस्ति भर्खर स्कुल पढ्दाको साथीसंग कुराकानी भयो, तेही स्कुल पढ्दाकै उमेरमा पुगेजस्तो भयो। College पढ्दाको साथी भेट्दा उस्तै अनुभव हुन्छ, तर समय त निकै गैसकेको पो रहेछ त। हुन त जीवनका तीन दसक उमेर त जाबो छोइएको हो, तैपनि समय निकै बितेको जस्तो अनुभव हुँदोरहेछ। नेपालीको औसत उमेरको हिसाब गर्ने हो भने पनि आधा त गइ त हालेछ नि। हुन त शेर बहादुर देउवा त युवा नेता हुने ठाउँमा म किन बुढेसकालको कुरा गरिराको होला। हामी र हाम्रो उमेरका पुस्ताले नेपालमा धेरै परिवर्तनहरु आफ्नो युवाकाल भित्रै हेर्न पाइएकोले पनि तेस्तो लागेको पो हो कि। तेही भए आज आफ्नै पुस्ताको बारेमा केहि कुराहरु गर्न मन लाग्यो। हाम्रो उमेरमा घटेका केहि घटनाहरु र परिवर्तनको कुरा गर्न मन लाग्यो

राजनीतिको कुरा गर्दा हामी सानो हुँदा नेपालमा पंचायत ब्यबस्था थियो। सानोमा राजनीतिक चेतना तेती नभएता पनि राजा भनेका ठुला मान्छे हुन्, उनको कुरा काट्न पाइन्न भन्ने चाही ज्ञान थियो। तेस्को लगतै देशमा आन्दोलन भयो ४६ सालको, प्रजातन्त्र आयो। त्यो समयमा अरु कुरा नबुझे पनि पम्फादेवी, मण्डले चै खुब सुनियो। प्रजातन्त्र आएको अरु कुरा बाट थाहा नभए पनि रुख र सुर्य चिन्ह चै खुब देखियो चुनाव ताका। साथी साथीमा रमाइलो कुरा हुन्थ्यो, को कांग्रेस-को कम्युनिस्ट भनेर। तेस्तै हल्लाखल्लाको बिचमा ५ रुपिया तिरेर कुनै बिधार्थी संगठनको सदस्य पनि बनियो तर पनि राजनीतिको र पनि बुझिएको थिएन। राजनीतिमा घात अन्तर्घातको कुरा को बिच माओबादीले सशस्त्र आन्दोलन पनि शुरु गरे। खै यो प्रजान्त्रले नपुगेर हो वा यसमा लड्न नसकेर हो, थाहा थिएन (हुन त अहिले पनि छैन)। यहि बिचमा संसदीय अभ्यासका नयाँ नयाँ रुप पनि देखियो। फेरि राजाको शासन हुदै, आन्दोलन, वार्ता हुदै राजसंस्थाको अन्त पनि देखियो। जे जति पनि देखियो, व्यक्तिमा र राज्यको शासन गर्ने कुरामा फरक देखियो, अरु केहि भने फरक देखिएन। एउटा कुरा चै परिवर्तन भयो, मान्छेले आन्दोलन गर्न चै सिके

हामी सानो छदाँ सुन्ने भनेको रेडियो नेपाल नै थियो। नेपाली गीतहरु, शनिबार दिउसो आउने नाटक, जे थियो रेडियो नेपाल नै थियो। तेसो त short wave तिर येसो घुमाएर हिन्दी गीत पनि सुन्न पाइन्थ्यो। टेलिभिजन आएपछी भने tele-film र अरु कार्यक्रमहरु पनि  हेर्न पाइयो।प्रतिभाको डबली भन्ने कार्यक्रम त अझै सम्झिन्छु म चक्रब्युहू, टाढाको बस्ति, निमित नायक खुब चर्चित थियो। दुरदर्शनबाट आइतबार आउने महाभारत पनि कम्ति रमाइलो हुन्नथ्यो। पछी Dish-Antenna आयो।तेसपछी त Zee TV  र अरु च्यानल पनि शुरु भए। तेतिखेर Wrestling  हेर्न भने खुब रमाइलो लाग्थ्यो। यस्तै बिचमा नेपालमा FM Radio शुरु भयो। तेसपछी त संचार जगत झन अगाडी बढ्यो। निजि television channel हरु शुरु भए। अहिले त इन्टरनेट पनि सहज हुन थालिसक्यो। Wave Magazine निस्किदा यसले हामीलाई wave generation भन्थ्यो, अहिले भने जताततै इन्टरनेटले गर्दा अहिलेको पुस्तालाई त facebook generation भन्नुपर्ने स्थिति आइसक्यो। हुन त अहिले नेपालमा त चरा र मुसा बाहेक सबको facebook account छ। अलिक अगाडी hi5 भन्ने popular थियो, अहिले हरायो त्यो पनि। सबै परिवारका मान्छे कोहि न कोहि बिदेश तिर छन् फोटोहरु हेर्न सजिलो, facebook के मोहनी लगाइसक्यो हामीलाई। social networking अब हामी पनि बिदेशीका जस्तै कम्प्युटरमा गर्ने भैसक्यौ। जे सुकै होस, facebook को पनि जय होस्

पढाईको कुरा गर्दा हामी I.Sc. पढ्न Ascol जाँदा खासै २-४ ओटा बाहेक नाम चलेका निजि कलेज थिएनन। अहिले त घरैपिच्छे 10+2  भैसके। एक हिसाबले त राम्रो हो, तर कति त college हुन् कि पैसा कमाउन खोल्या उध्योग हुन बुझ्न गार्हो छ। जे होस् अहिले स्कुल पढ्नै भनेर India जाने चलन भने हटेको छ कम्तिमा। अनि अचेल विदेश जाने त लहर नै छ। हामी I.Sc. पढ्दा त Toefl दिने रे फलानोले भन्ने नै news झैँ हुन्थ्यो। विदेशमा गएर पढ्ने कुरा त राम्रै हो तर बुझ्दै नबुझी हतारिएर जाने बानि भने बढ्दो छ हाम्रोमा। आधा भन्दा बढी यो उमेरमा विदेश जानेले राम्रो पढेको चै भेटेको छैन मैले। यो त भयो स्नातक गर्न नै विदेश जानेका कुरा तेस बाहेकका त झन के कुरा। डाक्टर, engineer त झन पढाई सिद्दिनासाथ भाग्न तयार। हुन त देशको राजनीतिक अवस्थाले गर्दा केहि उल्लेखनीय काम हुन सकेको छैन, अनि को बस्न खोज्न त देशमा पनि। तर एउटा कुरा चै अचम्म लाग्छ मलाई। कोहि नेपालमै बसेर काम गरेको मान्छे छ भने, उसलाई त केहि गर्न नसक्ने मान्छेको रुपमा हेर्न थालिसके। म आफु पनि सम्झन्छु, Collegeमा पढाउदा ताकाको कुरा, "सरको कहिले बाहिर जाने? कि जाने विचार नै छैन।" नेपालमै बस्नु भनेको त अपराध नै गरेको जस्तो गर्ने बा। हुनपनि विदेशबाट पढेर आएको मान्छे भन्नासाथ उसलाई हेर्ने नजर नै बेग्लै छ अनि के गरुन त उनीहरु पनि। नेपालमै दुख गरेर बसेको मान्छे भन्दा लम्फु भएपनि विदेशबाट आएको भन्नासाथ तलब देखि सब कुरा नै अलग 

पहिले पहिले हजुरबाको पालाको उखान सुन्या जस्तो हुन लागिसक्यो यो उमेरमै हाम्रो कुरा पनि, अहिलेकै पुस्ताले पत्याउन गार्हो। ८/९ रुपियामा १ लिटर मट्टीतेल पाइन्थ्यो भन्ने कुरा उखान नै भयो नि अब त। ५० पैसाका सिसाकलम, २ रुपियाका कापी, १/२ रुपियामा पाइने बिस्कुट उखान नै भयो नि। भनेपछि हाम्रो उमेर संगै महंगी पनि बढेर बराबर भैसकेछ। यी कुराको List लामो छ, Nursing Home (तर्सिंग होम) को शुल्क, बिधालयको शुल्क, Kathmandu को जनसंख्या, मोटरसाइकल र mobile phone को लहर, गुच्चा र चुंगी देखि Computer Game सम्मको Transition, आलु र प्याजको भाउ, फूटबल देखि Cricket सम्मको छलांग, Dail up देखि Broadband internet सम्मको पहुँच आदि। त्यहि भएर हाम्रो पुस्ताले जति अनुभव सायदै अरुपुस्ताले पाए होलान, र यहि अनुभव आन्दोलन र ढुंगा हानाहान बाहेक उपलब्धिमुलक काममा लाग्यो भने त देशलाई पनि पक्कै फाइदा हुँदो हो